परिचय
बुद्ध धर्म होईन बुद्ध धम्म
धम्मको उत्पति
बुद्ध धम्म र बिज्ञान
मनको बिज्ञान
जीवनको बिज्ञान
बुद्ध धम्म र दैनिक जिवन
बुद्ध धर्म होईन बुद्ध धम्म
सिद्धार्थ गौतम बुद्ध को उपदेशमा आधारित धम्म, बौद्ध धर्म नाम ले प्रख्यात छ । धम्म लाई धर्म को नाम ले प्रचार प्रसार हुनमा धम्म बारे ज्ञान नहुनेहरु को प्रयास हुन सकिन्छ या त धम्म हिन्दु धर्म अन्तर्गत हो भनि प्रचार प्रसार गर्नेहरुको दुषप्रयास हुन सक्छ । सत्य के हो भने धर्म र धम्म को बिच आकाश र जमिन को फरक रहेको छ । धर्म अन्तर्गत सर्ब शक्तिमान संसारको सृष्टिकर्ता ईश्वरलाई पुजिन्छ र जगतको पालन र नियन्त्रण कर्ता ईश्वर भयको बिश्वास गर्दछ । धर्मले आत्मा अमर रहेको र यो अविनासि आत्मा सबै प्राणिहरुमा भयको बिश्वास गर्दछ । धर्ममा अन्ध बिश्वास तथा बलि प्रथा प्रचलन रहेको छ ।
बुद्ध धम्म ले चार आर्य सत्य र आर्य अष्ट मार्ग दुःखको निर्मुल गरि सुख शान्ति समृद्धि र निर्वाण को मार्ग भयको स्विकार गर्दछ । धम्मले सर्ब शक्तिमान ईश्वर न आकाशमा हुन्छ न जमिनमा छ भन्छ । अर्थात धम्म ले यस संसारमा अलौकिक ईश्वरको उपस्थिति लाई नकार्छ । धम्ममा न बलि प्रथा छ न अन्धविश्वास लाई स्थान नै दिएको छ । यस धम्म अनुसार यस संसारमा केहि अटल र नित्य छैन सबै अनित्य छन र यहां जे जस्तो छन ति सबै कारण र अवस्था को परिणाम हुन । तसर्थ यो बुद्ध धर्म होईन । बुद्ध धम्म हो ।
धम्मको उत्पति
सम्यक् सम्बुद्ध सिद्धार्थ गौतम बुद्ध को जन्म इशा पुर्ब ५६३ नेपालको लुम्बिनी मा भयको र ४८३ कुशिनगरमा परिनिर्वाण हुनु भयको थियो । बुद्धत्व प्राप्त पछि उहाँले ३० बर्ष धम्म को उपदेश प्रचार प्रसारमा गर्नमा बिताउन भयको थियो ।
बुद्ध धम्म संसार को पुरानो धर्महरु मध्य एक हो । बुद्धका उपदेशहरु ले वा बुद्ध धम्म ले संसारको अरु धेरै आध्यात्मिक र दार्शनिक परंपरा लाई प्रभाव पार्नूको साथै र कला सहित्य र संस्कृति मा पनि महत्वपुर्ण प्रभाव पारेको छ । भारत पाकिस्ताान अफगास्तिानमा प्राप्त शिलालेखहरु, चिनिया यात्रिहरुको भारत यात्रा बारे लिखित पुस्तकहरु, र प्रख्यात ईतिहासकारहरु अनुसार यो धम्म वैदिक र हिन्दु धर्म भन्दा पहिले देखि भारतमा मान्दै आयको देखिन्छ ।
बुद्ध धम्म एसिया को बिभिन्न देशहरुमा फैलाउन सम्राट अशोक को महत्वपुर्ण भुमिका थियो । भारतमा ईसा सातौं शताब्दि सम्म बुद्ध धम्मको प्रभुत्व रहेको देखिन्छ । नेपालमा पनि सम्राट अशोकको छोरी चारुमति आई बौद्ध बिहार र बौद्ध स्तुपाहरु स्थापना गरि बौद्ध धम्म स्थापना गरेकि थिईन । बुद्ध धम्म एसिया को बहु संख्यक मुलुकहरुले बुद्ध धम्म मान्दछ र युरोप र अमेरिका मा पनि यो धम्म फैलिने क्रममा रहेको छ ।
बुद्ध धम्म र बिज्ञान
बुद्धले प्रत्यक्ष अनुभव लाई महत्व लाई जोड दिनु भयको छ । यसले आफना अनुयायीलाई लाई आँखा चिम्लेर मेरो उपदेशहरूलाई स्विकार नगर भनि प्रोत्साहित गर्नू भयको छ । यसलाई व्यक्तिगतरुपमा अवलोकन र अनुभव परिक्षण गर ठिक छकि छैन हेर्नु र ठिक लागेमा मात्र उपदेशहरू पालन गर्नु भन्ने रहेको छ । यस किसिमको अनुभवजन्य ब्यवहारिक तरिका बैज्ञानिक विधिको जग हो ।
बिज्ञान को उद्देश्य हो बाहिरी संसार को ज्ञान को खोजि गर्छ । विज्ञानमा पदार्थ र उर्जा को आधारमा ब्याख्या गरिन्छ । स्पष्ट घटना र नतिजा देख्न सकिने र मापन गर्न सकिने तथ्याङक हुनु पर्दछ । बुद्ध धम्म को उद्देश्य हो दुख लाई निर्मुल र आध्यात्मिक ज्ञान हाँसिल गरि निर्वाण प्राप्त गर्नु हो । बुद्ध धम्म बिशेष गरि मन संग सम्बन्ध रहेको हुन्छ । अर्थात बुद्ध धम्म मा हुने घटना र नतिजाहरु प्राय सिधा सम्बन्ध देखिन्नन् र तिनीहरुलाई मापन गर्न नसकिने र तथ्याङ.कमा देखाउन नसकिने हुन्छ ।
तसर्थ बुद्ध धम्म बिज्ञान सँगको सम्बन्ध जटिल बिषय हो अद्यापि यसको यसको हरेक उपदेशहरू बैज्ञानिक विधिहरु को जगमा खडा भयको र आध्यात्मिक परम्परा, अवधारणा र बिचार कतिपय विज्ञानको सिद्धान्तहरू संग मिल्छ । बुद्ध धम्मको कर्म, अनित्य, निर्भर उत्पति, सजगता, ध्यानको सिद्धान्तहरू विज्ञानको चिकित्सा बिज्ञान भौतिक शस्त्र सामाजिक शस्त्र वतावरणिय बिज्ञान आदि बिज्ञान केहि सिद्धान्तहरू हरु संगसंगै मेल खाने छन । बितेका शताब्दी देखि आदरनिय दलाई लामाको सक्रियता मा बुद्ध धम्मको बिव्दान र वैज्ञानिकहरु बिच अध्ययन छलफल खोजि कार्य को साथै बुद्ध धम्म र बिज्ञान को बिचको सम्बन्ध र फरक बारे प्रयास भैरहेको छ
मनको बिज्ञान
बुद्ध धर्म लाई मनको बिज्ञान पनि भनिन्छ । यसमा मनको कार्य र यसको प्रकृति को सत्यता बुझन लागि ब्यबस्थित बिश्लेष्णात्मक दृष्टिकोण रहेको छ । बुद्ध धर्मको दृष्टिकोण मन नै अनुभवको मुख्य स्रोत हो र यो नै अस्तित्वको प्रकृति बुझन लागि प्रमुख मानिन्छ ।
मन, बस्तु जस्तो स्थिर वा निश्चित स्थानमा रहि रहने होईन । यो गतिशिल प्रकृयामा निरन्तर परिवर्तन र बिकास भइरहने वस्तु हो । बुद्ध धम्मको उद्देश्य नकारात्मक भावनहरु, भ्रमहरु र दुख को अवस्थामा रहेको मन लाई सकारात्मक अवस्थामा परिवर्तन गरि भित्रि मनमा सुख, शान्ति समृद्धिमा रूपान्तर गर्नु हो ।
बुद्ध धम्मको मुख्य शिक्षा भनेको अनित्यको अवधारणा हो । हरेक अस्तित्वमा रहेको बस्तुहरु को अवस्था निरन्तर परिवर्तन भइरहने र यस अनुसार हाम्रो बिचार भावना र अवधारणा निरन्तर परिवर्तन भइरहने हुन्छ । अनित्य लाई पहिचान र बुझेर व्यक्तिहरुले धेरै लचिलो बनि बिभिन्न परिस्थितिमा जीवनमा आउन सकिने चुनौतीहरु र कठिनाई हरु सामना गर्न सकिने क्षमता कोे मन लाई बिकास गर्नु हो ।
बुद्ध धम्मका अभ्यासमा अर्काे महत्वपुर्ण पक्ष हो, सजगता को प्रयोग वा बर्तमान क्षण मा सामिल हुन सकिने चेतनाको क्षमता । सजगता ध्यान को माध्यम बाट र अन्य अरु अभ्यासहरु द्वरा व्यक्तिहरुले अझ धेरै गहिरो गरि आफनै मन र यसमा समाहित सत्यताको प्रकृति बुझन को लागि बिकास गर्न खोजि गर्न सिकाउँछ र सबै प्रविधिहरु प्रति अझ बढि मात्रामा करुणा र साहनुभुति प्रदान गर्न सिकाउँछ ।
समष्टिमा बुद्ध धम्म मन र अस्तित्वको पकृति बारे बैज्ञानिक बिष्लेसणत्मक दृष्टिकोण ले आधुनिक बिज्ञान र मनोविज्ञान ले मान्यता र प्रशंसा को बृद्धि भएको छ । बुद्ध धम्मको धेरै अवधारणा र अभ्यासहरु बाट जस्तो कि सजगता ध्यान ले स्वस्थ तथा सुख शान्ति र समृद्धिको लागि प्रसस्त फाईदा हरु प्रमाणित गरेका छन ।
जीवनको बिज्ञान
बुद्ध धर्म जीवनको बिज्ञान हो । बिज्ञान मा कुनै पनि बस्तु वा सिद्धान्त प्रमाणित गर्नु भन्दा पहिले बस्तु वा सिद्धान्त लाई अवलोकन, विश्लेषण,र परिक्षण गर्दछ । यसरी गरे पछि ठिक देखिएमा मात्र प्रमाणित गर्दछ । बुद्ध ले भन्नु भयको छ कि मैले भनेका कुराहरुमा मैले भने भन्दैमा मान्नु पर्छ छैन मैले भनेका कुराहरु कति ठिक छ छैन हेर बिचार गर चिन्तन मनन अनुभव गर जस्तो कि सुनारले सुन हो कि होईन भनि ढुड.गा घोट्ने सुनलाई गालेर पत्ता लगाउँछ । यसरी मेरा उपदेशहरू जाँचि ठिक लागेमा मात्र मान ।
जो कोहीले बुद्ध धर्ममा अभ्यास गर्ने हरुलाई आफनो अनुभव र धारणाको प्रकृतिको सत्यता लाई ध्यान र चिन्तन र अनुसन्धान गर्न र प्रश्न गर्न प्रोत्साहित गर्दछ । यो यस्तो बिचारमा आधारित हो जो कोहीले पनि बाहिरी अधिकारी र दैविक हस्तक्षेप बिना आफनै प्रयासले उद्देश्य प्राप्त गर्न सकिन्छ ।
बुद्ध धम्ममा कारण र असर को सिद्धान्त लाई बडी महत्व दिन्छ । यसको शिद्धान्तहरु छ पारमिता र भावनाहरू उद्देश्यहरु र लक्ष लाई पछ्याई रहेको हुन्छन । हामिले गरिने कार्यले हाम्रो अनुभव कसरी कस्तो रुप दिन्छ सो को स्पष्ट उल्लेख छ । हाईपोथेसिसस लाई सहयोग को लागि बैज्ञानिक तरिकामा आधारित परिक्षण, प्रयोग र ब्यबहार लाई महत्व दिन्छ ।
बुद्ध धर्ममा जिवन, चेतना र मानवको अवस्था बुझन लागि बैज्ञानिक तरिका हो किनभने यसले अनुभव जन्य, अवलोकन , प्रयोग र विश्लेषण लाई महत्व दिन्छ ।
बुद्ध धर्मको चार आर्य सत्य मा दुख मानव जीवनको आधारभुत पक्ष रहेको छ । बुद्ध धर्मले दुख ईच्छा वा लालसा को संलग्नता बाट दुख को सिर्जना हुन्छ । सजकता, मनको एकाग्रता र नैतिक ब्यबहार बाट दुःखबाट छुटकारा पाउन सक्छ भनि सिकायो छ ।
बुद्ध धर्म को अर्को महत्वपुर्ण सिद्धान्त हो एक अर्का सँगको निर्भरको उत्पति यसको अर्थ हो सबै घटना अरु घटनाको निर्भरमा उत्पन्न हुन्छ । कारण र प्रभाव को बुझाई को अवधारणा बैज्ञानिक दृष्टिकोण रहेको छ ।
जीवनको बिज्ञान बुद्ध धर्म को अर्को महत्वपुर्ण सिद्धान्त हो अनित्य हो । सबै बस्तुहरु निरन्तर परिवर्तन र क्रमिक बिकास भैरहेको छ र यो प्रकृतिको सत्यता र भौतिक शास्त्रको नियम संग मेल खान्छ । शरिर मन र वचन सकारात्मक र नकारात्मक कार्य को औजार भएकोले ति तत्वहरूलाई सदा तन्दुरुस्त राखि सकारात्मक कार्यहरु प्रयोग गर्न प्रोत्साहित गर्दछ
बुद्ध धम्म र दैनिक जिवन
बुद्ध धम्म एउटा दर्शन र जिवन पद्धति हो जस्ले प्रेम खुशि रहनु करुणा सजकता र बुद्धि प्राप्ति को लागि जोड दिने गर्दछ । जिवन सुख शान्ति र समृद्धि को साथ बिताउन ब्यबहारिक मार्ग दर्शन प्रदान गर्दछ । यहां केहि तरिकाहरु दैनिक जिवनमा प्रयोग हुने उल्लेख छन ।
सजगता को अभ्यास गर । सजगता अभ्यास बुद्ध धम्मको केन्द्र भाग हो । यसको अर्थ हो अहिलेको क्षण लाई बिना ध्यान भंग वा मुल्याड.कन नगरि ध्यान दिनु हो । यो हरेक दिनको दैनिक जिवन मा आफनो सास फेर्दा, शरिर मा हुने सनसनि, आफनो वरिपरिका बस्तुहरुलाई ध्यान पुर्बक द्दष्टिगत गरि अभ्यास गर्ने हो । सजगतामा रहने बानिले तनाव कम गर्छ, एकाग्रता मा सुधार आउछ र शान्त र शान्ति को अनुभव हुने हुन्छ ।
करुणा तथा दयालु बन । सबै प्राणिहरु संग करुणा तथा दयालुभाव ले सम्बन्ध राख र हामि ले हाम्रो लागि र अरुको लागि करुणा प्राप्त गर्नु पर्दछ । यस्को अर्थ हो हामि आफु प्रति र हाम्रा वरिपरि जो छन ति प्रति दयालु बन, तिहिरुलाई बुझ र साहानुभुति देउ । करुणा र दया को अभ्याश गर्दा सबै संग गहिरो सम्बन्धको बिकाश हुने व्दन्द कम हुने सामंजस्यपुर्ण समाजको निर्माण हुने हुन्छ ।
संलग्न हुन कम गर । भौतिक बस्तुहरु धन सम्पति तथा अन्य संगको धेरै संलग्नता, नहुन प्रयाश गर्ने किनभने ति बस्तुहरुले दुख तिर लान्छ । यसको अर्थ हो हामिलाई काम नदिने बस्तु हरुलाई छोडि दिनु पर्छ । न्युनतमबाद को अभ्यास गर्ने । जिवन सरल र सामानन्य बनाउने र अति आवश्यक चिजहरुलाई मात्र ध्यान दिने ।
कृतज्ञता अभ्यास गर । बुद्ध धर्ममा हामि लाई के कमि छ भनि ध्यान दिनु भन्दा हामि संग भयको चिजहरु लाइ महत्व र जोड दिनु पर्छ र भयको ति चिजहरुको प्रति कृतज्ञ हुनु र प्रसंसा गर्नु पर्छ । हाम्रो जिवनमा कृतज्ञताको र अशिर्बादको भावना को जागरण गर्नु पर्छ । हामिले हाम्रो शरिर मन वचन र संसारको प्राकृतिक सुन्दरता लाई महत्व र प्रसंसा साथै कृतज्ञता र अशिर्बाद ठान्नु पर्दछ । कृतज्ञता अभ्याास गर्नाले जिवनमा सकारात्मक द्दष्टिकोण बिकाश गर्छ र चिन्ता घटाउछ ।
सबै प्रणिहरुलाई प्रेम गर । प्रेममा रुपान्तर गर्ने गहन शत्ति हुन्छ । यसमा हाम्रो जिवनमा बिशाल खुशि, सम्बन्ध, सुख, सुस्वस्थ्य ल्याउन सकिने क्षमता रहेको छ । यसले रोग निरोधक शक्ति बृद्धि गर्नु को साथै हाम्रो मानसिक तनाव चिन्ता, पिर , सुर्ता कम गर्दछ ।
अरुको खुशिमा खुला ह्रदयले रमाउ । यस किसिमको ब्यबहार बाट तिम्रो हर क्षेत्रमा सकारात्मक प्रभावको बृद्धि हुन्छ । यस्ले तिम्रो परिपक्वतामा बृद्धि गर्दछ । परिपक्वतामा बृद्धि हुनको अर्थ तिम्रो ज्ञान बुद्धि र बिवेक को बृद्धि हो । ज्ञान बुद्धि र बिवेक को बृद्धि भनेको जिवन यापन गर्ने उपयुत्त छनौट गरी गुणस्तरिय जीवन यापन बिताउन सकिन्छ ।
आफु र आफनो बिचार र भावना संग सचेत हुनु पर्छ भनि सिकाउछ र सकारात्मक गुणहरु कृतज्ञता उदारता दया र बुद्धि जस्ता गुणहरु प्राप्त गर्न प्रयास गर्नु पर्दछ । यि कुराहरु आत्म प्रतिबिम्ब पत्र पत्रिका अरु संगको अनुभवको आदान प्रदान र छलफल व्दरा प्राप्त हुन्छ र आफनो बिचार र ब्यबहार लाई जांचेर हेर्ने गर्दा आफु भित्र देखि आफैमा पे्ररणा जागरण हुन्छ र धेरै आत्म सचेत को बिकाश भयको हुन्छ ।
बुद्ध धम्मले यो संसार ईश्वरले ससृष्टि गरेको र ईश्वर ले ब्रमाण्ड नियन्त्रण गर्दछ भन्ने स्विकार गर्दैन । यो ब्रमाण्ड प्रकृतिक घटना हो ति घटनाहरु केहि नियम कानुन अनुसार चलिरहेको छन भन्ने बुद्ध धम्मको द्दष्टिकोण रहेको छ । बुद्ध धम्ममा केहि देवि देवताहरु उल्लेख गरियको छ । तिनिहरु पनि सर्बशक्तिमान वा अनन्त होईन तिनिहरु पनि उहि अनित्य को नियमको अधिनमा रहेको हुन्छ साथै तिनिहरु सबै कारण र अवस्थाको घटनाहरु अन्तर्गत संचालन हुन्छ । तसर्थ दुख बाट छुटकारा प्रप्त गर्नको लागि ब्यातिहरुले आफनै प्रयाश बुद्धि, करुणा र नैतिक ब्यबहार व्दरा हासिल गर्न जोड दिनु पर्छ । दुख बाट छुटकारा प्रप्ति को लागि देवताहरुको वा अलौकिक शतिको हस्तक्षेपमा भर पर्नु पर्दैन ।