बुद्ध धम्मको सिद्दान्त

कर्म
कर्म सिद्धान्त बुद्ध धम्मको आधरभसुात सिद्धान्तहरु मध्य अति महत्वपुर्ण सिद्धान्त हो । यस अबधारणा जटिल र गहन छ । यसको आकर्षक पक्षहरु ले अन्य दार्शनिकहरु, धर्म शास्त्रिहरु र सर्वसाधरण व्यात्तिहरु लाई उत्सुक्ता सिर्जना गरेको छ । कर्म नैतिकता र कारण को आधार बनेको छ र जिवन बुझन को लागि यो महत्वपुर्ण पक्ष को रुपमा रहेको छ साथै यस्।ले दुख को चक्रको स्वभाव बुझन सहयो गर्दछ । कर्म संगै परिणाम जोडियको हुन्छ । जिवनमा सुख शान्ति समृद्धि प्राप्त गर्ने मार्गमा यसको भुमिका अति महत्व रहेको छ ।

कर्म अवधारण ः कर्म संस्कृत शब्द हो र सयसको अर्थ हो कार्य वा काम । कर्म हाम्रो शरिर मन र वचन बाट हुने कार्यहरु हुन । हामिले हाम्रो दैनिक जिवन गरिने सबै कार्यहरु कर्म हुन । मनले बिचार गर्ने शरिरले गरिने बिभिन्न कार्यहरु र मुखबाट निस्कने शब्दहरु यि सबै कार्यहरु कर्म अन्र्गत हुन र तिनिहरुले कर्म लाई योगदान दिन्छ ।

कर्म को नियम कसैलाई दुख वा सुख दिन बनायको होईन । यो प्राकृतिक नियम वा बिज्ञान को प्रख्यात नियम कारण र असर मा आधारित छ । प्रकृतिक नियममा जस्तै फल पाके पछि रुख बाट जमिनमा खस्छ , आगोको ज्वला माथितिर लाग्छ र पानि माथि बाट तलतिर बहन्छ , हवा को बढि चाप क्षेत्र बाट कम चाप भयको क्षेत्र तर्फ बहन्छ । यो सिद्धान्त पुर्बग्राहि र आवेगहिन रहित वा अप्रत्यासित नभई कार्यको परिणाम वा कार्य , बिचार र बोलि को प्रतिक्रिया हो ।

कर्म र पुनर्जन्म ः कर्म को अर्को रुप उर्जा (पदार्थको रुप ) हो । वैज्ञानिक मत अनुसार पदार्थ न सृजना हुन्छ न क्षय हुन्छ । यसको रुप परिवर्तन हुन्छ । कर्म जन्म मृत्यु र पुनर्जन्म को चक्र(संसारिक) संग जोडियको छ । कर्म यो संसारिक चक्र हांक्ने चालक हो । कसैको पुनर्जन्म को प्रकृति र अवस्था पहिलो जिवनमा गरियको कार्यहरुका नैतिक गुण को परिणाम हो । केहि कार्यहरु को परिणामहरु अहिलेको जिवनमा पनि देखा पर्छ । यस जिवन देखा नपरेका अर्को जिवनमा देखा पर्न सक्तछ । त्यस्कारण कर्मको अवधारण लामो अबधि सम्म नैतिकता र अध्यत्मिक जिवनमा बढावा दिने हुन्छ ।

कर्मको आशय र परिणाम ः बुद्ध धम्ममा कर्म बुझन को लागि ईच्छा आवश्यक तत्व हो । हाम्रो ईच्छा शत्ति नै कर्म हो । यहि ईच्छा शक्त्ति अनुसार नै जो कोहि ले शरिर, बोलि र बुद्धिले कार्य गर्छ । यसको अर्थ हो नैतिक र मनोबैज्ञानिक रुपमा कार्य गरिन्छ कर्म को परिणाम लाई प्रभाव पर्दछ । कर्मको परिणाम ब्यात्तिको जिवनमा उसको चेतनामा कुशल अकुशल कार्यहरुको छाप हुन्छन । ति चेतनमा भयको छाप अनुसार शरिर मन र बोलिले कार्य गर्दछन । सद गुणि कार्यहरुको फाईदाजनक नतिजा तर्फ लान्छ वा सुख शान्ति समृद्धि बनाउछ ा अकुशल कार्यहरुको परिणाम दुख कष्ट चिन्ता तर्फ लान्छ ।

कर्म र बुद्धत्व को मार्ग ः बुद्ध धम्म को मार्ग, निर्वार्ण प्रप्त गर्नु हो ा यसको लागि कर्मको सिद्धान्त जानकारि हुन आवशयक हुन्छ । कर्म को सहि प्रयोग गरि जन्म र पुनर्जन्म को चक्र समाप्त गर्न आवशयक हुन्छ । बुदिष्टहरुले आफना उद्देश्य राखि सजकता पुर्बक निर्णय लिन्छ र नैतिकपुर्बक असल कर्महरु गरि ठिक तरिकाले जिवन यापन गर्दछ । यस्ले आध्यात्मिक प्रगति र बुद्धत्व प्राप्त गर्न सहयोग गर्दछ । व्यात्तिगत बिकाश को लागि पनि यो कर्म को नियम त्यतिकै लागु हुन्छ । यसको लागि व्यात्तिहरुले आफनो जिवनको उद्देश्य राखि बुद्धिमनिपुर्बक उद्देश्यअनुरुप कर्महरु पहिचान गरि कर्म गर्दैजानु पर्दछ । यस परिप्रेक्ष मा अष्ट आर्य मार्ग ले महत्वपुर्ण सहयोग र प्रोत्सहित गर्दछ साथै मार्गदर्शकको रुपमा कार्य गर्दछ ।

कर्म बुद्ध धम्मको जटिल तथा गहन सिद्धान्त हो । यो दण्ड र ईनाम दिने बयबस्था होईन बल्कि ब्रमाण्डको अन्तर्निहित नियम हो , जिवनमा गरिने कार्यहरु र अस्तित्व संग गहिरो पुर्बक अन्तर समबन्ध रहेको छ । कर्म लाई राम्रोरि बुझि त्यस्को प्रयोग सहि ढंगले गरेमा ब्यात्तिहरुलाई नैतिकवान आचरण र जिम्मदारि र सजगतासाथ जिवन यापन तर्फ गहकिलो आधार प्रदान गर्दछ । यस्ले अध्यात्मक बृद्धि र बुद्धत्व प्राप्ति को लागि बुदिष्टहरुलाई मार्गदर्शक हुन्छ । त्यस्कारण कर्मको अवधारणा दर्शन वा धार्मिक सिद्धान्त मात्र नभई नैतिकपुर्बक बांच्ने र अध्यात्मिकता को बिकाश को शिक्षा दिने समाग्रि पनि हो ।

कर्म को दैनिक जीवन मा मह्त्व

परिचय ः यो सिद्धान्त कोे प्रयोगले नैतिकरुपमा र जीवनको सर्वोपरि बिकास को लागि महत्वपुर्ण मार्गदर्शनको रुपमा रहेको छ । सर्व साधरण मानिसहरुले कर्म को नियम लाई बुझि कर्म गर्दा तिनिहरुका दैनिक जिवन चेतनशील प्रबद्र्धन गर्न इमान्दारिता लाई बढवा र परस्पर सम्बन्ध बृद्धि गर्न सकिन्छ ।

चेतनशील जिवन को बढवा :

कर्मको अति शक्तिशाली प्रभाव सजगता र चेतनशील जिवन लाई बढावा दिन्छ । ब्यात्तिहरु लाई हरेक कर्म, शब्द र बिचार हरु को परिणाम हुन्छ भनि जानकारी प्रदान गर्दछ । यस कुरो लाई बुझि तिनीहरु कार्यहरुमा बढि जागरुक र सजगता र प्रोत्साहित हुने हुन्छ । यो सजगता ले जीवनको महत्वपुर्ण निर्णय लिन सकिने मात्र नभई हरेक दिनको कार्यहरुमा र प्रतिक्रियाहरूमा, बिचारशिल बन्न बढवा दिन्छ । कर्म हाँक्ने हाम्रो ईच्छा शक्ति भएकोले हामिले हाम्रो ईच्छा गहकिलो रुपमा बुझि हामिले हाम्रो जीवनमा ईच्छा शक्ति र यसको भुमिका लाई चिन्तन मनन गरि यसको सहि प्रयोग गरि जीवनलाई सुख शान्ति समृद्धि तर्फ लान सकिन्छ ।

इमानदारिता र बलियो नैतिक सिद्धान्त भयको गुण को बृद्धि ः

बुद्ध धम्मले सद्‌गुण कर्महरूले सकारात्मक नतिजा ल्याउने मा र असद कर्महरूले नकारात्मक नतिजा ल्याउनेमा ठोकुवा गर्दछ स । यसले व्यक्तिहरुलाई नैतिक आचरणलाई महत्व दिने कर्म गर्न प्रोत्साहित गर्दछ तिनीहरुलाई जिवनममा इमानदारिता बनि बस्नु शक्तिशाली उत्प्रेरणा मिल्छ । यसले एकातर्फ व्यक्तिहरुलाई इमान्दार, दया र करुणा हुन प्रोत्साहित गर्दछ भने अर्का तर्फ तिनीहरुलाई हानिकारक बानि ब्यहोरा जस्तै झुठो बोल्ने चोर्ने वा अरु हरुलाई हानि नोक्सान गर्ने कार्यहरु बाट टाढा राख्दछ ।

पारस्परिक सम्बन्धलाई बढावा ः

कर्मको नियम ले सकारात्मक कर्महरू गर्न प्रोत्साहित गर्दछ । यस किसिमका सकारात्मक कर्महरू जस्तै अरु हरु लाई मदत गर्ने मिठो बोल्ने राम्रो ब्यवहार गर्ने जव ब्यात्तिहरुले तिनीहरुले अरु हरु प्रति गरेका कार्यहरु स्विकार्छ भने तिनिहरुका आफनै अनुभवहरूमा प्रभाव पार्छ । तिनीहरुले पनि अझ बढि अरु हरुलाई आदर दया समझदारिपुर्बक ब्यबहार गर्न थालिछ । यस किसिमको स्विकृति ले सम्बन्धमा बढि सदभाव समझदारी र परस्पर आदरलाई बढावा दिन्छ ।

आराम र आशा को प्रदान :

कर्मलाई बुझेमा प्रतिकुल र कठिनाई को बेलामा पनि सुबिस्ता र आशा प्रदान गर्दछ । कठिनाइमा बितेका दिनहरूको कार्यहरुको फल हुन सक्ने कुराहरुलाई बुझेर व्यक्तिहरुलाई आफनो उद्देश्य प्राप्ति को लागि संघर्षको भावना पैदा गर्न सकिन्छ । सकारात्मक कार्य ले र कष्टकर समयहरूले आशाको भावना जागृत गरि धैर्यता लाई उत्प्रेरणा दिन्छ र भविष्यको अवस्था सुधार गर्न सकिनेछ ।

ब्यक्तिगत र आध्यात्मिक बिकास को मार्गदर्शक ः

कर्म को नियम ले ब्यक्तिगत र आध्यात्मिक बिकास को मार्गदर्शक रुपमा मदत पुरयाउदछ । यसले निरन्तर आत्म सुधारको को लागि प्रोत्साहित गर्दछ । ब्यात्तिहरु कर्म प्रति तिनीहरु सचेत रहन्छ र तिनीहरुले सकारात्मक भ|वनहरु लाई कार्य र बानि ब्यहोरा मा उतारि गहन जागरुकता साथ ब्यक्तिगत बिकास गर्दछ । धार्मिक परिप्रेक्षमा कर्मले व्यक्तिहरुलाई अध्यात्मक बिकास को लागि अनुकुल वातावरण जिउन मार्गदर्शनको रुपमा कार्य गर्दछ ।

सारांश ः

दैनिक जिवन देखि धार्मिक आर्थिक कार्यमा कर्मको महत्व रहेको छ । यसले नैतिक जिवन बनाउन , सचेतन शिल भई कार्यहरु गर्न मदत गर्छ । कर्मको नियम ले सम्बन्धमा सदभाव, ब्यात्ति बिकास को ब्यवहारिक मार्गदर्शक रुपमा सहयोग प्रदान गर्दछ । कर्मको नियमहरु बुझे भने आवश्यकता अनुसार सन्तुलित तथा अर्थपूर्ण जिवन जिउने तर्फ डोहरयाउदछ । यसले जीवनको जटिलता लाई पार गर्न मुर्तरुपमा तरिकाहरु, नैतिक र सचेतन शिल जिवन को मार्गचित्र प्रदान गर्दछ ।

कर्मको त्रिताल

परिचय ः पुरानो कहावत आज तिमी के छौ हिजो तिमीले गरेका कार्यहरुको नतिजा हो र आज तिमीले जे गर्छौ त्यसले भोलिको दिनमा कस्तो हुने हो त्यसको रुप रेखा बनाउने छ । यो कर्मको अवधारणा को ब्यवहारिक अभिव्यक्ति हो । यसले कार्य, परिणाम र ब्यात्ति रुपरेखा कोर्न लागेको समय र तिनिहरुका जिवन को जटिल अन्तरक्रिया लाई महत्व बारे संकेत हो । यसमा बितेका कार्यहरूले वर्तमान र वर्तमान को कार्यहरूले कसरी भविष्यको रुपरेखा लाई प्रभाव पर्दछ भन्ने कर्मको सिद्धान्त लाई उल्लेख गरिन्छ । हाम्रो पहिलेको कार्यहरु र वर्तमानको अवस्थामा हामिले गरेका कार्यहरु निर्णयहरु हाम्रो जीवनमा अमिट छाप भै रहन्छ । तिनीहरुले हाम्रो अनुभव निर्धारण गर्दछ , हाम्रो दृष्टिकोण को रुप दिन्छ, हामि को हौं भनि परिभाषित गर्न महत्वपुर्ण भुमिका खेल्छ ।

कर्मको नियम अनुसार पहिले गरेका राम्रो नराम्रो कार्यहरु को नतिजाहरु वर्तमान समयमा देखा पर्दछ । जस्तै यदि कोहि मानिस पहिले आफनो सम्पुर्ण समय अध्ययनमा र ज्ञान हाँसिल गर्न समर्पित गर्दछ भने, आज तिनीहरु शिक्षित वा विद्धान कहलाउँछ । अर्को यदि पहिले कोहि निरन्तर अस्वस्थकर खाना छनौट गर्छ भने तिनीहरुले अहिले प्रतिकुल स्वस्थ्य हात लाग्छ । त्यसकारण अहिले को हाम्रो जीवनको अवस्था बितेका कार्यहरु र अहिलेको निर्णय को संयुक्त सं गालोको प्रकटिकरण हो ।

वर्तमान को कार्य र भविष्यको नतिजा ः जव भूतकाल ले वर्तमान काल उल्लेखनीय रुपमा प्रभाव पर्दछ भने वर्तमान पनि उत्तिकै शक्तिशाली हुन्छ भविष्यको रुपरेखा कोर्न । आज गरेका हरेक कार्यहरु समुन्द्र वा तालको लहरहरू झै कार्यहरुको छापहरूको लहरहरू हाम्रो जीवनमा सिर्जना हुन्छ जुन भविष्य मा फैलिन्छ । ति कार्यरुपि लहरहरूले हाम्रो अनुभवहरु संग प्रतिकृया हुन्छ सोहीअनुरुप हालको कार्यहरु को परिणाम भविष्यमा हुनेछ ।

वर्तमानमा सचेतन शिल, नैतिक , र बुद्धिमान पुर्वमा गरेका निर्णयहरु हाम्रो भविष्यको लागि बिउ को रुपमा बिकास हुन्छ ं । उदाहरण को रुपमा आज खाना को लागि स्वस्थकर खाना छनौट र व्यायाम भोलिको लागि राम्रो स्वस्थ्य को लागि जग तयार बन्छ । त्यस्तै गरि आज दया र करुणा गर्ने कार्य गरेमा भविष्यमा बलियो र सकारात्मक सम्बन्ध लाई बढवा दिन्छ ।

कर्मको सिद्धान्त अनुसार कर्म को नतिजा कर्मको प्रतिबिम्ब हो जसरी व्यक्तिलाई आफनो छांयां ले पछि लाग्छ त्यसैगरि कर्म को नतिजाले कर्म लाई पछयाको हुन्छ । अर्थात हामिले जानि नजानि जे जस्तो शरिर मन र वचन बाट भयको कार्यहरु ति सबै हाम्रो आफनो छांयां को रुपमा शरिर लाई पछाई रहेको हुन्छ ।

यो जान्नु योग्य हुन्छ कि कर्मको नियम अनुसार बितेका कार्यहरु बारे निर्णय गर्दैन र बितेको कार्यहरु ले पूर्वनिर्धारित हाम्रो जीवनको हरेक को बिस्तृत पक्षहरुको यसले संकेत पनि गर्दैन । यसको सट्टामा यसले प्रवृति बताउँछ वा कुन दिशा तर्फ जाँदैछ संकेत गर्दछ । कर्मले कार्य र परिणाम बिचको सम्बन्ध बारे ब्याख्या गर्न मदत गर्दछ । यसले घातक मनोवृत्ति लाई बढवा दिदैन बदलामा यसले सकारात्मक भविष्य सिर्जना गर्न सक्रिय आदत लाई प्रोत्साहित गर्दछ ।

निस्कर्ष ः कर्मको सारमा, त्यो बिचार हो, आज तिमी जे छौ हिजो तिमीले के गरौ त्यसको प्रतिफल हो र आज तिमीले जे गर्छौ भोलि कस्तो हुनेहरुको त्यसको रुपरेखा कोरिन्छ । यसले हामीलाई जिम्मा दारि बहन गर्न र सचेतन शिल जिवन तर्फ लाने अमूल्य पथ प्रदर्शक रुपमा सहयोग प्रदान गर्दछ । हाम्रो कार्यहरुको दिर्घकालिन प्रभाव पहिचान गर्नाले हामिले राम्रो निर्णय लिन लाई शक्ति प्रदान गर्दछ ा फलस्वरुप हामिले इच्छाएको बस्तुहरुको आपुर्ति र सामानजस्यपुर्ण भविष्य को लागि मार्ग तयार हुन्छ । कर्मको अवधारणा बुझेर जीवनलाई एक पटक मा एउटा निर्णय गर्ने बानि को बिकास गरि हाम्रो भावी जीवनको हामि आफै आर्किटेक्ट बन्ने सहयोग प्रदान गर्दछ ।

कर्म को नतिजा

कर्मको सिद्धान्त बुद्ध धम्मको बिचारहरूको केन्द्र हो । कर्म को नतिजा अर्थ हो जो कोहीको कर्म वा कार्यको नतिजा वा परिणाम खुलासा गर्नु हो ।

े शारिरिक वा मानसिक वा मौखिक बाट भएको कर्म बिउ को रुपमा मनको सुक्ष्म अंगमा हुन्छ । ति कर्मको नतिजाहरु तुरुन्तै वा भविष्यमा कुनै बेला प्रकट हुने हुन्छ । कार्यको नतिजा को प्रकट लागि मनको महत्वपुर्ण भुमिका खेल्छ ।

कर्म र कर्मको नतिजा लठ्ठी संग दाँज्नु सकिन्छ ा मानौ लठ्ठी को फेद कर्म हो भने लठ्ठी को टुप्पो कर्मको नतिजा । लठि को फेद चलायमान टुप्पो पनि चल्छ । कर्म गर्ने बितिकै कर्म कर्मको नतिजा तय हुन्छ । कर्म र यसको नतिजा ब्यक्तिm र उसको छाँया जस्तै हो । ब्यक्तिm बाट छाँया कहिले अलग हुन सक्तैन व्यक्ति जांहा गए पनि संग संगै छाँया ले पछाई रहेका हुन्छ ।

हिन्दु धार्मिक परंपराहरुमा अन्तरर्गत व्यक्तिहरुले गरेको पाप कर्म बाट पूजा आजा कूखूरा बोका बलि वा नरिवल चढाउँदा पाप कर्महरू बाट क्षमा र मूतिm पाउन सकिन्छ र मृत्यु पछि पाप र पुण्य कर्म आत्मा संग संगै जान्छ र यमराजले पाप र पुण्य को लेखा जोखा गरी दण्ड सजाय र पुरस्कृत गर्ने बिश्वास रहेका छ । बुद्ध धम्म अनुसार आत्मा र अलौकिक देवी देवताहरुको को लागि कुनै स्थान दिएको छैन । व्यक्तिले गरेको पाप र पुण्य कर्म वा सकारात्मक र नकारात्मक कर्म मेटेर मेटिन्दैन ढिलो वा चाँडो भोग गर्नू पर्दछ र मृत्यु पश्चात पाप र पुण्य कर्महरू सूक्ष्म मनले बोकेर लग्छन् र पाप र पुण्य कर्महरू वापत को दण्ड सजाय वा पुरस्कृत गर्ने निर्णय कर्म शक्तिले गर्ने बिश्वास राख्दछ ।

कर्मको नतिजाको प्रकट

सबै कर्मको नतिजा भोग्नु पर्दैन जस्तै पानीमा टेकेको पाइला को छाप बस्दैन र बालुवामा टेकेको पाइला केहि दिनमा मेटिन्छ । तर ढुड.गांमा कोरेको वा लेखेको कहिले मेटिन्दैन । त्यस्तै हामिले गरेका कर्महरूमा कतिपय मनमा बस्दैन र कतिपय कर्महरू केहि दिन बस्छ र हामिले सदाको लागि बिर्सन्छ । त्यस्ता कर्महरूको पाक्ने अबस्था हुदैन अनि ति कर्म शुन्यमा परिणत हुन्छ । त्यस किसिमका कर्महरू को फल भोग्नु पर्दैन । जस्तै समाचार सम्बन्धि पत्र पत्रिका पढ्ने कर्म ।

कतिपय कर्महरू जीवन भर नबिर्सने हुन्छ स। जस्तै मनमा बिझेका , मनमा गडेका , बारम्बार मनमा आइरहने बिचारहरू र बारम्बार गरिने कर्महरूले हाम्रो मनमामै छाप बनाउँछ । यसरी मनमा परेका कर्महरूको छापहरू ढिलो वा चाँडो नतिजाहरु प्रकट वा भोग्नु पर्ने हुन्छ ।

कर्मको अनुसारको नतिजा प्रकट हुने बुद्ध धम्मको सिद्धान्तको केन्द्रबिन्दु हो । यो बिशाल ब्रह्माण्ड को अस्तित्व बिभिन्न कारणहरु र अवस्थाहरु बिचको जोडदार गहकिलो अन्तरक्रिया को नतिजा हो ।

कर्म बहुआयामिक हुन्छ । केहि कर्मको बिउ को नतिजा सजिलै बुझन सकिने हुन्छ भने अधिकांश कर्महरूको बिउ सुक्ष्म हुन्छन । कर्मको शक्ति र स्पष्टता ले कर्मको नतिजा को निर्धारण गर्दछ ।

जटिल कारणहरु र अवस्थाहरु को अन्तरक्रिया र प्रतिकृया बाट कर्मको नतिजा प्रकट हुने हुन्छ । यस अनुसार कर्मको नतिजा प्रकट को लागि असंख्य अवस्थाहरु र कारणहरूमा मा भर पर्दछ । कर्म को नतिजा प्रकट हुनको लागि आवश्यक हुने सबै किसिमका अवस्थाहरु मध्य कुनै एउटा मात्र अवस्था अभाव भयमा पनि नतिजा प्रकट हुदैन र कर्म को बिउ सुसुप्त अवस्था रहने हुन्छ । तसर्थ कर्म को नतिजा प्रकट हुन उपयुक्त अवस्थाहरु हुन अति आवश्यक हुन्छ स। जस्तै बालि बिरुवाको बिउ उम्रन लाई सबै पहिले बिउ चाहिन्छ त्यस पछि माटो, पानी, सूर्यको किरण र उपयुक्त वातावरण पनि आवश्यकता हुन्छ । बिउ उम्रन आवश्यक हुने सबै तत्वहरु मध्य कुनै एक तत्व को मात्र अभावमा बिरुवा उम्रन सक्तैन ।

कर्म को नतिजा को प्रकृति जटिल भयको र जटिल जालो को अवस्थाहरु र कारणहरु गर्दा कर्महरू को नतिजाहरु ठिक समयमा भविष्य वाणी गर्न सम्भव छैन । कर्मको नतिजा प्रकट हुने प्रकृया जटिल भएको कारण यो रहस्यमय रहेको छ ।
बुद्ध धम्मको उपदेशहरूमा केहि अन्तर्दृष्टि माध्यम ले कसरी र कहिले यि कर्मको फल हुन सकिने छ उल्लेख छ । कपिय कर्महरूका नतिजाहरु तुरुन्तै वा छिटो प्रकट हुन्छ । जस्तै यदि कसैले अरु कसैलाई हानि नोक्सान गर्छ भने तुरुन्तै पश्चताप को अनुभव हुन्छ वा प्रतिवादको सामना गर्नु पर्छ । यदि कोहीले अरु हरुलाई सहि मदत गर्छ र तुरुन्तै आनन्दको भावना ईच्छा पूर्ति हुन्छ ।

कर्मको नतिजा ढिलो वा चाँडो प्रकट हुने मा निश्चित छ । यदि कर्मको नतिजा यस जीवनमा जे जति प्रकट हुन्छ , प्रकट हुन नसकेका नतिजाहरु अर्को जन्ममा प्रकट हुन्छ । कर्म को नतिजा प्रकट हुने प्रकृया एक जन्म देखि अर्को जन्ममा अर्को जन्म देखि अर्को जन्ममा निरन्तर चलिरहने प्रकृया हो ।

नकारात्मक कर्म हटाउने

भौतिक विज्ञानको नियम अनुसार उर्जा न सृजना गर्न सकिन्छ न नष्ट गर्न सकिन्छ , तर यसको रुप परिवर्तन गर्न सकिन्छ । कुनै पनि कर्म गर्न उर्जा आवश्यक हुन्छ बिना उर्जा केहि पनि कर्म हुन सक्तैन । अतः कर्म उर्जाको अर्को रुप हो । जस्तै पानी लाई चिसो गरेमा बरफ तातो गरेमा वाष्प, बरफ लाई तातो गरेमा पनि, र वाष्प लाई चिसो गरेमा पानी । कर्म यहि नियम अनुसार संचालन हुन्छ । बुद्ध धम्म अनुसार सकारात्मक कर्म को नतिजा सकारात्मक हुन्छ नकरात्मक कर्मको फल नकारात्मक हुन्छ ा नकारात्मक कर्महरूलाई रुपान्तरण गरी जर देखि नै शुद्ध गर्ने हो। जस्तै पोसिलो खाना खाने गरेमा शरिर र मानसिक ह्रिष्ट पुष्ट हुन्छ । दिन रात नशालु पदार्थ सेवन गर्नाले शरिर तथा मानसिक अंगहरु नाश हुदै जान्छ सर यदि समयमा औषधि उपचार गरि पोसिलो खाना खाने बानि गरेमा शरिर तथा मानसिक अंगहरु पहिलेको अवस्थामा आउने हुन्छ स। यसको अर्थ हो नसालु पदार्थ सेवन, नकारात्मक कार्य र औषधि उपचार र पोषक खाना खाने बानि भनेको सकारात्मक कर्म वा नकारात्मक कर्म को शुद्धिकरण हो स।

जो केहीले यस जीवनमा जानि नजानि सकारात्मक कर्म वा नकारात्मक कर्महरू गरेका हुन्छन स। पुर्व जन्मको पनि सकारात्मक र नकारात्मक कर्महरू को छाप हाम्रो चेतनामा हुन्छ । त्यसकारण कर्म गर्दा पहिलो मा नकारात्मक कर्म को छाप चेतनामा प्रवेश गर्ने नदिने दोस्रोमा चेतना मा भएको नकारात्मक कर्महरू प्रकट हुने अवस्था नदिने, र तेस्रोमा नकारात्मक कर्महरूलाई जरा देखि नै शुद्ध गर्ने सबैको जीवनको उद्देश्य हुनु पर्दछ । जीवनको ति उद्देश्य हाँसिल गर्न सकारात्मक कार्य लाई जिवन को अंग बनाउन सकेमा न नकारात्मक कर्महरू शुद्ध गर्नु पर्छ , न नकारात्मक कर्महरू प्रकट हुने अवस्था हुन्छ र न नकारात्मक कर्म ले चेतनामा प्रवेश पाउँछ । सकारात्मक कर्म प्रोत्साहित केहि कार्यहरु यस प्रकार छन ।

जानकारी र आत्म निरिक्षण ः पहिलो चरणमा कर्मको सत्यताको पहिचान र स्विकार गर्नु । यसको अर्थ कर्म को परिणाम हुन्छ र नकारात्मक इच्छाले प्रेरित कार्य आफै लाई र अरु हरुलाई दुख तर्फ लान्छ ।

सद्‌गुण कार्य गर ः असद्‌गुण कर्म प्रति सकारात्मक र सदगुणकारि कार्यहरु गरि सन्तुलन गर । दया उदार र करुणा जस्ता कार्य गर यसले नकारात्मक कर्मलाई निष्प्रभावित गर्छ ।

पश्चताप र शुद्धिकरण अभ्यास ः बौद्ध धम्म को परंपरामा नकारात्मक कर्म को शुद्धिकरण गर्ने बिशेष अभ्यासहरु छन जस्तो कि बज्रसत्वको ध्यान (टिबेटिएन बौद्ध धम्ममा) गर
ह्रदय देखि कुकार्यहरूको पश्चताप गर्ने रसद्‌गुण कार्यहरु गर्ने द्दढ ईच्छा बनाउ । यस्ता कर्महरू ले अशुद्ध कर्महरू शुद्ध गर्नमा मदत गर्छ ।

सजगता र ध्यान ः गहन सजगता को अभ्यास गर्ना ले कार्य गर्नाले कर्म र त्यसको परिणाम बारे धेरै होसियार हुन्छ स।
ध्यानले नकारात्मक आदत मुल कारण लगाव, लोभ , र अज्ञानता लाई सम्बोधन गर्न मदत गर्छ ।

अध्ययन र मार्गदर्शन खोज ः बुद्धको उपदेशहरू अध्ययन तथा अभ्यास गर वा धम्मले नैतिक आचरणको गहन जानकारी प्रदान गर्छ । अनुभवि गुरुहरू संग मार्ग दर्शन खोज र तिनीहरुले शंकाहरू स्पष्ट गर्दछ र शुद्धिकरण को मार्ग पहिल्याउन मदत मिल्छ ।

ईच्छा र कार्य को र तिनीहरु बाट पछि आउने को नतिजा बिचको अन्तर प्रतिकृया को रुपरेखा बुझन प्रदान गर्दछ स अनात्मा र कर्म ः को अव्दुतिय पक्ष हो बुद्ध धम्मअनात्मा लाई जोड दिने गर्दछ । बुद्ध धम्मा स्थायी आत्मा हुदैन जसले कर्म संचय गर्छ यसको सट्टामा कर्म चेतना को प्रवाह को रुपमा लिइन्छ । कारण र असर निरन्तर हरेक पल अर्को अवस्थामा प्रवाह भइरहन्छ । कर्म केही ः शब्द संस्कृत शब्द बाट सिर्जना भयको हो र यसको अर्थ कार्य वा काम हो । बुद्ध धम्ममा भौतिक कार्य मात्र नभई कार्यको पछि को ईच्छा लाई पनि जनाउँछ ।

मनमा धारण गर ः पांच वटा धारणा कायम राख्ने नैतिक आचरण को लागि प्रतिबद्धता गर । यि धारणा मार्ग दर्शनको लागि कार्य गर्दछ स। पांच वटा धारणा हरुमा हत्या, चोरि, यौन दुराचार, झुठो बोल्ने र नशा लिने कर्महरू नगर्ने प्रण गर ।
परापिकारि कार्यमा लाग्नु ः निस्वार्थ सेवामा लाग्नु स्वयमसेवक, दान दिने कार्यहरूले नकारात्मक कर्म लाई प्रतिवाद गरि सकारात्मक कर्म लाई सहयोग प्रदान गर्छ ।

पुण्य कार्यमा समर्पण हुनु ः राम्रो कार्य गरेपछि वा आध्यात्मिक अभ्यास पछि सबै प्राणिहरु लाई भलाइको आफुले कमाएको पुण्य समर्पण गर्ने । यस किसिमको निस्वार्थ कार्यले जो कोहीलाई सकारात्मक प्रभाव लाई बढवा दिन्छ

नियमित प्रतिबिम्ब ः नियमित आफनो कार्यहरु बिचार र बोलि वचन को प्रतिबिम्बित गर्न अभ्यास गर । यस किसिमको आत्म निरिक्षण ले आफनो सुधार गर्नु पर्ने क्षेत्र पहिचान गर्न मदत मिल्छ सर सद्‌गुण जिवन को महत्व लाई अझ स्साुद्दढ गर्छ ।

अशुद्ध कर्म लाई शुद्ध गर्ने निरन्तर यात्रा हो । यसको लागि निष्कपट ईच्छा को प्रयास र समर्पण चाहिन्छ । बौद्ध धम्मको सिद्धान्तहरू अंगालेर र तिनीहरुलाई दैनिक जीवनको अंग बनाएमा जो कोहि ले बिस्तार बिस्तारै रूपान्तर र नकारात्मक कर्म को बन्धन बाट छुटकारा प्राप्त गरि बिशाल शान्ति करुणा बुद्ध को जिवन तर्फ जानेछ ।

अनित्य को फाईदा

अनित्य
अनित्य बुद्ध धर्मको आधारभुत सत्य हुन । अनित्य ब्रह्माण्डको प्रकृया हो । भौतिक बस्तुहरु र मानसिक अबस्था र जिवन निरन्तर परिवर्तन र क्षणिक स्वभावको हो । अनित्य हामि भित्रको अन्तर्दृष्टि बाट सत्यको प्रकृति बुझि र दुख बाट छुटकारा पाउन सकिने जानकारी दिने महत्वपुर्ण माध्यम हो ।

यस पृथ्वीमा जे जति अस्तित्वमा छन तिनीहरु परिवर्तन र कुहिएर नासिएर जान्छन् । कुनैपनि बस्तुहरु बिना परिवर्तन नभई स्थिर रहन सक्तैन । हाम्रो शरिर, भावना, बिचार र बाहिरी संसार को बस्तुहरु अनित्य हुन । हरेक चिजहरु उत्पति हुन्छ केहि क्षण रहन्छ र अनि नष्ट हुन्छ । अनित्य को स्वभाव अस्तित्वको पक्षमा नकारात्मक होईन बल्कि यो प्राकृतिक नियम हो ।
अनित्य सबै मानिसहरुको र बस्तुहरु बिच को अन्तर सम्बन्ध सम्झाउने प्रकृया हो किनभने हरेक बस्तुहरु निरन्तर परिवर्तन को प्रवाह को स्थितिमा हुन्छ | यस बाट अलग केहि पनि रहन सक्तैन । अनित्य को बिषय जटिल बिषय हुन धेरै कारण र अवस्थाहरु को जटिल जालोको प्रकृया ले निरन्तर एक अर्कालाई प्रभाव पारि रहेको हुन्छ ।

बुद्ध धम्म को सिद्धान्तमा अनित्य को स्थान उच्च रहेको छ । पद लाई हेरौं जति सुकै ठुलो पदमा भएको भएता एक दिन अवश्य नै त्यस पद बाट अवकाश हुन्छ । त्यस्तै गरि अन्य पदहरुका को अवस्था पनि त्यस्तै हो । पृथ्वीमा हावापानी लाई हेरौं कहिले रात कहिले दिन कहिले गरम कहिले जाडो कहिले सुख्खा कहिले बर्ष कहिले आंधिबेरि कहिले हुरी , कहिले बाढी पैरो । हाम्रो शरिर लाई हेरौं जन्म हुदाँ सानु बालकको रुपमा रहन्छ बिस्तार बिस्तारै जवान हुन्छ त्यस्तैगरी बुढा अनि मृत्यु हुन्छ । मानिसहरु को शरिर भित्र हर पल परिवर्तन भैरहेको हुन्छ । आज देखेको ब्यक्ति लाइ भोलि देख्दा त्यहि ब्यक्ति कोे शरिर भित्र धेरै परिवर्तन भैसकेको हुन्छ । किनकि हरेक मिनेटमा हाम्रो शरिरमा लाखौ कोषिका मर्छन् र लाखौ कोषिका जन्म हुन्छ न

न। बैज्ञानिक हरुका भनाई अनुसार हरेक सात बर्षमा शरिर को सम्पुर्ण अंगको कोशिकाहरु नयां केशिकाको रुपमा परिवर्तन भयको हुन्छ ।
त्यस्तै मन लाई हेरौँ त्याे त छिन छिन मा परिवर्तन भैरहेको हामि पाउँछौं । हरेक क्षण कैयौं बिचारहरू उठ्छ अनि हराउँछ । मानिसको हरेक अबस्था बाल जिवन यौवन बृद्ध अबस्था, तिनिहरुका अवस्था अनुसार मन तथा स्वरुप परिवर्तन भैरहेको हुन्छ । हरेक परिवर्तनमा आफनै बिशेष किसिमको प्रकृया हुन्छ । अतः यस पृथ्वी र पृथ्वीमा भएको जीव जन्तु , बालि बिरुवा ढुड.गा माटो हवा पानी हरपल परिवर्तन भैरहेको छन
अतः अनित्य को सिद्धान्त अनुसार मानिसहरु सधै दुखि भएर बाँच्न पर्ने बाध्यता छैन । सधै सुख भएर बाँच्न सम्भव पनि छैन । किनकि यहां सबै नित्य छैन सबै अनित्य छन ।
बुद्ध धम्म को को आधारभुत सिद्धान्त बस्तुको कुनै पनि दुई बा सो भन्दा बढि बस्तुहरूका अन्तर निर्भरता बाट उत्पति भएको हुन्छ र कुनै पनि घटना वा प्रकृयाहरूमा कारण र अवस्था हुन्छ । साथै बिचार र सो अनुसारको को ब्यबहार ले प्रत्यक्ष रुपमा व्यक्तिको सुख र आनन्दको महस्सुास र अनुभव ले तिनीहरुको जीवनमा महत्वपुर्ण भुमिका खेल्छ । सुख र दुख घनिष्ट रुपमा आफनै किसिमले जोडिएको हुन्छ । सुख दुख र आनन्द भित्रि संरचना बाट मात्र उब्जने होईन बाहिरका कारण हरु को अबस्थाबाट पनि उब्जने हुन्छ । तसर्थ भित्रि मानसिकता मात्र नभई बाहिरी भौतिक संसार सँगको सम्बन्ध पनि बुझन अति महत्वपुर्ण हुन्छ । अनित्य दुख र सुख संग घनिष्ट रुपमा जोडिएको छ । बस्तुहरु अनित्य भनेको अर्थ हामि ले कुनै मनि बस्तु लिई राख्नु सम्भव हुदैन । निरन्तर लिईलाख्नु र अनित्य बस्तुहरु प्रतिको मोहले दुःखको कारण बन्दछ । गरिब हरुले गरिबी बोकिरहुन्जे गरिबी को दुख सहिरहनु पर्दछ भने धनिहरु को धनकै पछि लागि रहन्दा दुख र अशान्ति भोग्नु पर्ने हुन्छ । अतः क्षणिक र परिवर्तन अबस्यभाबि कुरोलाई नबुझि हामि आनन्द को अनुभवहरूमा भौतिक बस्तुहरूमा डुबिरहेका छौ । यस्ता बस्तुहरूमा टांसिरहन्दा ईच्छा चक्रको सिर्जना हुन्छ , निराशा र असन्तोषको भावना सिर्जना हुन्छ । सबै बस्तुहरुको अनि त्यता स्वभावलाई लाई बुझि बुद्ध धम्म लम्बि हरु बस्तुहरूप्रति लगाव र असंलग्नता को भावना को प्राप्त गर्दछ । जीवनको प्रकृति क्षणिकता लाई स्विकारि तिनीहरुले लोभ र घृणा लाई त्यागि दुख लाई कम गरि मनको शान्ति प्राप्त हाँसिल गर्न तर्फ लाग्दछ ।

करुणा र साहनुतिलाई प्रोत्साहित गर्दछ ।
बुद्ध धम्म लम्बि हरु ध्यान को अभ्यासमा अक्सर अनित्य लाई गहिरो रुपले सत्यता लाई बुझन चिन्तन मनन गर्दछ । अनित्य लाई हेरि तिनीहरुले आफना बिचार र भावना , तिनीहरुले मनको स्वभावमा बिकास गर्छन । तिनीहरुले अनित्य अंगालेर ज्ञान र लक्ष अन्तिम को नजिक पुगि दुःखको चक्र र पुनर्जन्म बाट मुक्ति प्राप्त गर्दछन् ।

समष्टिमा अनित्य दुःखको मसुल हो । अनित्य अंगालेर अभ्यास कर्ता हरुलाई क्षणिक टँसाई त्याग्न र वर्तमान क्षणको गहन जानकारी प्राप्त गर्न मदत गर्दछ । गरिबी बोकेर दुख को जिवन बिताई बस्नु झन दुःखको भुमरीमा पर्नु हो । अतः यि कुरा लाई ध्यानमा राखि अनित्यको ध्यान र मनन चिन्तन गरि अनित्य लाई बुझि सोहि अनुरुप ब्यवहारमा उतारि हामिले हाम्रो दुख तथा समस्या बाट छुटकारा पाउन प्रयास गर्नु पर्दछ ।

लगाव मा कमि ः सबै बस्तुहरुको क्षणिक स्वभाव भएको कुरोलाई बुझेर भौतिक बस्तुहरूमा लगाव कम गर्छ । नातादार तथा साथि संगिनी एक दिन छोडेर एक्लै जानु पर्ने कुरोलाई जानकारी हुने हुदाँ तिनीहरु प्रति पनि लगाव कम हुनुको साथै आफनो घमण्ड पना पनि कम हुन्छ । फलस्वरुप दुख, निराशा, कुण्ठा चिन्ता आदि बाट कम हुने हुन्छ ।

वर्तमान लाई सम्मान मा बृद्धि ः जिवन परिवर्तनशील स्वभाव भएको ले भोलि के हुन्छ कसैलाई थाहा नहुने। यसै अनित्य बुझि वर्तमान क्षण लाई पुर्ण रुपले सम्मान गर्न प्रयास गर्छ । हरेक अनुभवहरु अव्दुतिय र महत्वपुर्ण हुन्छ र ति अनुभवहरु भविष्य को जीवन को लागि मार्गदर्शन बन्छ र बितेका दिनहरु पुन कहिले नफर्किने तथ्य लाई बुझि जीवनको हरेक क्षणलाई बढि सम्मान गर्ने तर्फ लाग्छ ।

अपरिहार्य परिवर्तन को तयारी ः जीवन अनित्य छ । जीवनको मार्गमा मन परेका व्याक्तिसँगको बिछोड, बिरामी हुनु बृद्ध अवस्था र मृत्यु अपरिहार्य घटनाहरु हुन । अतः जीवनमा अनित्य स्विकारि अघि बढन ले जीवनका कतिपय अपरिहार्य घटनाहरु लागि तयारी गर्न सकिन्छ । यसरी अनित्य स्विकारि अघि लाग्दा आई पर्ने परिवर्तन का क्षण सहन सक्ने हुन्छ ।

सबै बस्तुहरु को साथ साथै आफनो जिवन समेत अनित्य छ भनि मनमा राखि पाइला चाल्दै जाँदा मृत्यु र मर्न देखि डर कम हुन्छ । यसरी जीवन र मृत्यु को चक्र प्राकृतिक नियमको बोध भएपछि स्वतन्त्र र शान्ति पुर्बक बाँच्न सकिन्छ ।

व्यक्तिगत बृद्धि ः अनित्य लाई स्विकारी जीवन संचालन गर्दा अनित्य व्यक्तिगत बृद्धि र बिकास हाँक्ने शक्ति हुन्छ । यदि कसैले हालको जीवनको अवस्था स्थाई होईन भनि बुझेमा यसले सकारात्मक परिवर्तन र अनुकूलन तर्फ प्रेरित गर्न सक्छ ।

करुणा र समझदारी लाई सहयोग दिन्छ ः संसारको सबै जना अनित्य नियम भित्र पर्दछ । एक ढिलो वा चाडो मृत्यु लाई वरण गर्नु पर्ने हुन्छ । मृत्यु साथ पाप र पुण्य कर्म मात्र जाने कुरो लाई बुझि मानवताको भावना जागृति हुने र समझदारीलाई बढवा दिने हुन्छ । यसले अरु हरु प्रति दया र करुणा बृद्धि गर्ने तर्फ लान्छ ।

गुनासो र आक्रोश हट्छ ः यदि कसैले जीवन प्रकृति नै अनित्य हो भनि आत्मसाथ गर्छ भने तिनीहरुमा भएको हानि गर्ने र आक्रोश सजिलो साथ हट्छ । तिनीहरुले नकारात्मक भावना क्षणिक हुन्छ र यस्ता भावना ले अरु हरुलाई भन्दा आफैलाई बढि हानि गर्छ भनि जान्छ |

ध्यान को अभ्यास मा गहिरिन्छ ः जो कोहि ध्यान गर्छ भने अनित्य का ध्यानमा को अभ्यासमा बढि गहिराई तर्फ जान्छ । निरन्तर बिचारहरूको परिवर्तन देखेर सत्यता को प्रकृति ले बढि अन्तर्दृष्टि लाई गहिराई तर्फ लान्छ ।

परोपकारी कार्यहरुमा प्रोत्साहित गर्छ ः जो कोहीलाई भौतिक सफलता र व्यक्तिगत प्रशंशा अनित्य हुन भनि बोध गर्छ । तिनीहरुले परोपकारी कार्यहरु जसले अरु हरुको जीवनमा धेरै बेर सम्म प्रभाव पार्छ भनि बुझने गर्छ र परोपकारी कार्यहरूलाई प्राथमिकता दिने तर्फ उत्प्रेरित हुन्छ ।
प्राकृतिक बिधि लाई स्वीकार्य ः ईकोलोजिकल र वातावरणीय परिप्रेक्षमा अनित्य सुन्दर द्दश्य , सबै प्राणिहरु र हावापानी र संसारको निरन्तर परिवर्तन भै अवस्था बुझेर तिनीहरुलाई बढि प्रसंशा र आदर गर्ने तर्फ लाग्छ ।
। सारमा अनित्य बुझाइले परिवर्तनकारी जीवनको अन्तर्दृष्‍टिको गहिराई तर्फ लाने, बढि करुणा र दुख घटाउने हुन सक्छ । यसले व्यक्तिहरु लाई जीवनको परिवर्तन को बहाव लाई प्रतिरोध नगरी तिनीहरु तालमा बग्दै जानु सीकाउछ ।

निर्भर उत्पति बुद्ध धम्मा
बुद्ध धम्मको निर्भर उत्पतिको सिद्धान्त अत्यन्त महत्वपुर्ण मानिएको छ । यस अनुसारका कुनै पनि अभौतिक भौतिक बस्तुहरुको उत्पति को लागि बिशेष अवस्थाको आवश्यक हुन्छ र त्यस बिशेष अवस्था नरहेमा ति बस्तुहरुको उत्पति पनि रोकिन्छ । अवस्था को उत्पति हुन पनि बिशेष कारणहरु हुन्छन ति कारणहरु रोकेमा अवस्था को उत्पति हुन बन्द हुन्छ । जस्तै बर्षा पानी बोकेको बादलमा भर पर्दछ यदि त्यस्ता बादल भयमा बर्षा हुन्छ । बादल नभयमा बर्षा हुदैन । पानी बाट बरफ बन्नु । यहां बरफ अवस्था हो । पानी आफै बरफ हुन सक्तैन त्यो तापक्रम निर्भर गर्दछ । कान अवस्था हो संगित को धुना कानको को माध्यम बाट मनमा पुग्छ अनि हामि रमाउ छौं ।

बुद्ध धम्म मा निर्भर उत्पतिको संक्षिप्त चार आर्य सत्य हो । यि चार आर्य सत्यहरूमा दुःखको कारण र अवस्था निर्मुल गर्न ब्याख्या गरेको छ । पहिलो आर्य सत्य दुख हुनु, दोस्रोमा दुःखको कारण तेस्रोमा दुःखको निवारण चौथामा दुःखको निवारण मार्ग हुन । दुखः अरु केहि बस्तुहरूमा अवस्था को कारण बाट उत्पति हुन्छ , दुख उत्पति गर्ने अवस्थाको कारणहरु हुन्छन र ति कारणहरु निर्मुल गरे भने दुखः समाप्त हुन्छ । ति दुःखको कारणहरु निर्मुल गर्न को लागि आर्य अष्ट मार्ग हुन ।
यस संसारमा भयको दुख पिडा अशान्ति जस्ता जटिल समस्याहरु लाई यि चार आर्य सत्यहरूले समधान गर्न सकिन्छर भन्ने जस्तो लाग्छ तर आर्य सत्यहरू हेर्दा साधरण देखेता पनि यि आर्य सत्य को अष्ट आर्य मार्ग लगायत ति आर्य सत्य संग सम्बन्धित बिभिन्न सिद्धान्तहरू, बिचार र कार्यहरुलाई बुझेर अभ्यास गरेबाट ति समस्याहरु को समधान हुने हुन्छ । तसर्थ निर्भर उत्पति को सिद्धान्त लाई बुझेमा बुद्धको उपदेशहरू स्पष्ट हुन्छ । त्यसको अभ्यास बाट दुःख पनि नास हुन्छ
यस किसिमको अन्तर्दृष्टि को महत्व प्राचिन काल देखि रहि आयको छ भनिएको छ (जसले निर्भर उत्पति देख्छ धम्म देख्छ निर्भर उत्पति देख्छ) परनिर्भरता सिर्जना बुद्ध धम्मको महत्वपुर्ण सिद्धान्त हो र यसले प्रकृति र घटनाका कारणहरूको स्पष्ट पार्छ । यसले सबै बस्तुहरूका अन्तर सम्बन्ध र अन्तर निर्भर सबै बस्तुहरु बिशेष अवस्था को आधारमा उत्पति हुने कुरालाई जोड दिएको छ । निर्भरता उत्पति को सिद्धान्त अनुसार केहि पनि बस्तु अलग अस्तित्वमा रहन सक्तैन । यसको अर्थ हो हरेक घटनामा उत्पन्न वा अस्तित्व हुन्छ , किनभने कारण र असरको जटिल जालो हरेक घटना बाट अरुको अस्तित्वका उत्पति हुन्छ । अनित्य र अनात्म मा निहितार्थ ः निर्भर उत्पति माध्यम बाट मुख्य बुद्ध धम्मको अर्काे दुईवटा अवधारणा हरु प्रकाशमा आउछ ः अनित्य र अनात्मा । सबै बस्तुहरु अवस्थामा आधारित हुन्छ र जव अवस्थाको वातावरण परिवर्तन आउछ तिनीहरु समाप्त हुन्छ । सबै बस्तुहरु क्षणिक छन साथै हरेक बस्तुहरु अन्तर निर्भरता को तत्वहरुको नतिजा हुन । स्थायि रुपमा आत्मा को अस्तित्व रहन्दैन वा घटनाका जटिल परिचय हो । आत्मा ईश्वर को बरदान , अटल अबिनाशि भयको बिश्वास रहेको छ । बुद्ध धम्म ले यस संसारमा भयको सबै बस्तुहरु परिवर्तन शिल छ र सबै बस्तुहरु निर्भर उत्पति अनुसार उत्पति हुन्छ । निर्भर उत्पति को उदाहरण को रुपमा १२ सम्बन्धको चक ले निर्भर उत्पति को प्रतिनिधित्व गर्छ । १ देखि १२ सम्म को चक्रले दुःखको प्रकृया को उदाहरणहरु हुन । यसमा अबिद्याको क्रम बाट शुरु भई अघि बढेर बिभिन्न अवस्था हुदै चेतना नाम रुप छ ज्ञानेन्द्र को आधार , सम्बन्ध, भावना, लोभ , मोह , बन्ने, जन्म , अन्ततः दुख ः पुगेर अन्त हुन्छ ।
चक्र तोड्ने ः निर्भर उत्पति लाई बुझे मुक्तिको मार्ग स्पष्ट हुने उल्लेख छ । १२ सम्बन्धको चक को क्रम तोड्न बिशेष गरि अविद्या लाई हटाउन पर्दछ । अविद्यालाई ज्ञान र बुद्धि ले नाश गर्दछ । ज्ञान र बुद्धि ले सम्पुर्ण दुख को प्रकृया समाप्त गर्दछ स।
दैनिक जीवनमा यसको प्रयोग ः बस्तुहरु उत्पति अनगिन्ती तत्वहरूका अन्तरक्रिया र आपसी सबन्ध जोडिएको कारणहरु र अवस्थाहरूको नतिजाहरु हुन । यसको अर्थ दुखः जटिल हो र यसको न्युनिकरण को लागि ब्यवहारिक तहमा र अन्तर्दृष्टि हाँसिल गर्न सकिन्छ । सजगता ले दुख कम गर्नु को साथै यसले करुणा, समझदारी लाई बढवा दिन्छ र नकारात्मक प्रतिक्रियाहरु घटाउँछ ।
निर्भर उत्पति र अन्तर प्रतिकृया ः अन्तरप्रतिकृयाले सबै बस्तुहरूका अन्तरसम्बन्ध लाई जोड दिन्छ । तत्वहरु को घनिष्ट अन्तर सम्बन्ध भयको कारण हाम्रो अस्तित्व रहेको छ । ब्रह्माण्ड , पृथ्वी र प्रणिहरु बाँच्नको लागि हवा पानी बोट बिरुवाहरु यि सबै निर्भर उत्पति को सिद्धान्त अनुसार भयका हुन । सम्पुर्ण प्राणिहरु पनि अन्तरक्रिया र अन्तर सम्बन्धको उत्पति हुन । निर्भर उत्पति महत्वपुर्ण सिद्धान्त हो यसले अस्तित्वको प्रकृति बारे गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ । जिवन, अन्तर निर्भरता को जालो मात्र नभई ब्रह्माण्डलाई बुझन र दुःख लाई कम गरि सुख शान्ति र समृद्धि तर्फ लाने मार्ग पनि हो।

निर्भर उत्पति बिभिन्न पक्ष
बुद्ध धम्मको अन्तर निर्भरता सिद्धान्त बिभिन्न दर्शनहरू परिस्थितिमा, माध्यामिक परंपरा को केन्द्रमा रहेको छ ा सबै बस्तुहरु अरु धेरै बस्तुहरूका निर्भरता उत्पन्न हुन्छ । निर्भर उत्पति अनुसार यस संसारमा केहि बस्तु पनि अलग अस्तित्वमा रहनसक्दैन । असंख्य बस्तुहरु अवस्था र कारणहरु नतिजा हुन । यस दृष्टिकोणले हेर्दा यो ब्रह्माण्ड बिशाल छ र अन्तर जोडाई को जालो जाहां प्रत्यक बिन्दुमा बाट असंख्य अरु बस्तुहरु निर्भर पर्दछन् ।
जिवन को जालोमा आत्म ः पश्चिमा हरु, हिन्दु आदि को परंपराहरुमा आत्म को अवधारणा लाई प्रोत्साहित गर्छ ा यद्यपि बौद्ध परंपरा अनुसार निर्भर उत्पतिको सिद्धान्तले आत्मा लाई स्थान दिएको छैन । आत्मा स्विकार्ने परम्पराले आत्मा अमर छ र यो ईश्वरले प्रणिहरुलाई प्रदान गरेको हो भन्दछन् । बौद्ध धम्मको परम्परामा यस ब्रह्माण्ड मा सम्पुर्ण बस्तु अनित्य छन यहां केहि पनि नित्य छैन र जति पनि उत्पति भयका छन ति सबै निर्भर उत्पति सिद्धान्त अनुसार भयको छन । हामिले खाने खाना सास फेर्ने हवा सामाजिक संरचना , हाम्रो पहिचान र अस्तित्व गहिरा पुर्बक बाहिरी तत्वहरु संग गांसियको छ । हाम्रो बिचार र भावना संस्कृतिको मापदण्डहरु पुर्ब अनुभवहरु र हाम्रो वरिपरिका व्यक्तिहरुले प्रभाव पार्छ । अन्तर सम्बन्ध ले पुनः रुप दिने कुरालाई आत्मसाथ गरि हाम्रो पहिचानलाई बुझि बढि उनीहरुप्रति हाम्रो सहानुभूति र करुणा प्रोत्साहित गर्नु पर्दछ ।
परिस्थिति र वतावरणिय चेतना ः ईकोलोजिकल परिप्रेक्षमा इकोसिस्टम कार्यविधिमा निर्भर उत्पति घटना हो । बिरुवा जनावर र जीवाणु हवा पानी सबै एक जटिल संजालको सम्बन्ध को प्रकृया मा अर्कामा निर्भर छन स। जनावरहरु को बिष्टले माटो र बिरुवाहरु लाई मदत गर्छ । बालि बिरुवाहरूले मानब तथा जिबजन्तुहरु जीवाणु लाई खानेकुराहरु दिन्छ । माहुरीले फुललाई सेचन गर्छ जसले गर्दा फल फल्छ अरु जनावरले खान्छ । यो जटिल जालो ले बनेको जिवन निकै कमजोर रहेको छन । एउटा जाति हराउनुले समुद्र छाल को जस्तै प्रभाव पार्छ जसले सम्पुर्ण इकोसिस्टम अस्थिर बनाउँछ । हवा पानी मल जल माटो ससुर्यको किरण को अभावमा बालि बिरुवा को अस्तित्व रहन्दैन बालि बिरुवा को अनुपस्थिति मा जि जिवाणुहरुको अस्थित्व रहन्दैन । यस ईकोलोजिकल सिस्टममा कुनै एक वा दुई प्रकृयामा व्यवधान आयमा सम्पुर्ण सिस्टममा प्रतिकुल प्रभाव पर्दछ ।
मानविय क्रियाकलाप ः जस्तो कि वनजंगल मास्नाले प्रदूषण बृद्धि हुन्छ, जंगली जीव जन्तु हरुको विनाश हुन्छ । खोला नाला ताल तलैयमा बढि माछा मार्नाले माछा हराउन सक्छ । जथाभावि बाटो बनाउनुले र अनियन्त्रित तरिकाले बसोबास गर्नाले बाढी पैह्रो को बृद्धि हुन्छ । अतः निर्भर उत्पति को दृष्टिकोणले हेर्दा ति घटनाहरुले मार्मिक बनाउँछ । हामिले गरेका परिवर्तन र नोक्सान यि जटिल ब्यबस्था हामिहरुका लागि हानिकारक छन । यदि यि अवस्था लाई कमजोर बनाउदै लगेमा हाम्रो जिवन को अस्थित्व मा नै संकट आउन सक्छ ।
ब्रह्माण्ड सम्बन्धि अन्तर जोडाई ः ब्रह्माण्ड स्तरमा, जोडाई को घटनाहरुले अन्तर हामिहरुलाई निर्भर उत्पति सम्झना दिलाउँछ । हाम्रो शरिर कार्बोन अक्सिजन नाइट्रोजन तत्वहरु जस्ता बनेको छ । हाइड्रोजन र अक्सिजन तत्व को सम्बन्ध ले पानी बनेको छ । ब्रह्माण्डमा भयका सबै एटम न्युट्रोन, प्रोटोन र इलेक्ट्रोन को उत्पति निर्भर उत्पति अनुसार बनेका हुन । हाम्रा वरिपरि भयका बिशाल ब्रह्माण्ड हामीहरु संग जोडिएको छ । थप ब्रह्माण्डको परिचालक सिद्धान्त गुरुत्व आकर्षण देखि बिद्युत चुम्बकीय सम्म मिलेर जिवन लाई आवश्यक हुने वातावरण कार्य गर्दछ । जटिल शत्तिहरुका सन्तुलन नै नतिजा नै हाम्रो अस्तित्व हो । यि सबै बस्तुहरूका गहन अन्तर जोडाई को नियम नै यस ब्रह्माण्डमा हाम्रो उपस्थिति सम्भव भयको हो ।
निष्कर्षमा निर्भर उत्पति आधारभुत सत्य हो यसले प्रणिहरुको प्रकृति र अस्तित्वको लाई दिएको जोड चिन्तन मनन गर्नु आवश्यक छ । सबै चिजहरूको गहकिलो अन्तरसम्बन्ध लाई पहिचान गरेर सद भावना वातावरण बिकास गरि , अरु हरु प्रति प्रेम, सहानुभूति सहअस्तित्व लागि कार्य गर्न आवश्यक हुन्छ । हामि ले हाम्रो आफनै चमत्कारी अस्तित्व प्रति श्रद्धा बढि भन्दा बढि बढावा दिनु पर्छ । संसारमा अक्सर खण्डित अनुभुति हरु,समग्रातको दृष्टिकोण प्रदान गर्नु पर्दछ र यस संसारमा जटिल जालो को सम्बन्धले हामिहरुलाई बाँधि राखेका कुरो लाई सम्झेर संसारमा चलि आईरहेका नकारात्मक भावना र घटनाहरु लाई निर्भर उत्पतिको दृष्टिकोण बुझेर कार्य गर्न अति आवश्यक हुन्छ ।

རྟེན་ཅིང་འབྲེལ་བར་འབྱུང་བ་

२ अन्तरसम्बन्ध को श्रृखलाबद्ध चक्र

अवस्था ः (१२अन्तर सम्बन्ध) निर्भर उत्पति गहन सिद्धान्त को उदाहरण हो । कसरी चेतनाले कार्य गर्दछ । यसले क्रमिकरुपमा १२ अन्तरसम्बन्धात्मक तत्वहरु जसले हाम्रो जीवनको रुप रेखा कोर्छ र मनलाई संचालन गर्दछ भनि प्रस्तुत गरेको छ र अचेतन रुप बाट दुःखमा धकेल्छ ।

निर्भर उत्पति सिद्धान्तको उत्तम प्रयोग बारे १२ अन्तरसम्बन्ध को क्रमबद्ध चक्र तल उल्लेख गरिएको छ । यस चक्रमा मानसिक र शारिरिक प्रकृयाहरू क्रमबद्ध रुपमा उल्लेख गरिएको छ जाहां प्रत्यक प्रकृया आवश्यक अवस्था पछि आउने प्रकृयाको लागि प्रस्तुत गरिएको छ । चक्रको पहिलो खुड्किलो अविद्या को क्रम बाट शुरु भै अन्तिम खुड्किलो दुख मा टुंगियो छ ।
१) अज्ञानता ः यो बाह्र चक्रको पहिलो पाइला अज्ञानता हो । यि चार आर्य सत्य र आर्य अष्ट मार्ग को संरचना को माध्यम बाट बनेको तथ्य लाइ नबुझनानै अज्ञानता हो । जव हामिले दुख को कारण बारे अनभिज्ञ हुन्छौ तव हामिले सजिलो साथ सुखी र शान्तिलाई गलत तरिकाले बुझने गरिन्छ । यस बाट सुख लाई आनन्द प्राप्त भएन भन्नु गलत हुन्छ । अबिद्याको सबै भन्दा महत्वपुर्ण लक्षण हाम्रो मानसिक दुख बाहिरी घटनाको कारण ले भएको भन्ने बिश्वास हो । निर्भर उत्पतिले सुधारात्मक कार्य को लागि हामि भित्र भयको मानसिक जिवन दुःखको को भुमिका भयको औंल्याउँछ ।
यस भन्दा पछिका सबै प्रकृयाहरू यस अविद्यामा नै भर पर्दछ । अर्को शब्दमा अविद्या अरु ११ प्रकृयाहरूमा पनि समावेश भयको हुन्छ ।
२ ) ईच्छा शक्तिको प्रयोग को गठन ः चार आर्य सत्यहरूलाई बेवास्ता गरि बाहिरी संसार संग हामिले कृया र प्रतिकृया को गर्ने गर्दछन् । बाहिरी संसार मा अबिद्याको कारण बाट जतिपनि कृया प्रतिकृया हुन्छन ति सबै हाम्रो ईच्छा शक्ति बाट परिचालित हुन्छन । ति कृया र प्रतिकृया को आधारमा हाम्रो मन मष्तिष्कमा त्यसै किसिमको छाप पर्न जान्छ । मन मष्तिष्कमा पर्न गएको ति छापहरूले हाम्रो स्वभाव र अनुभवहरु बन्दछ । ति छापहरू वा अनुभवहरूले हाम्रो पहिचान बनाउँछ ा
३) चेतना ः चेतना छ किसिमका हुन्छन । कान चेतना, नाक चेतना , जिब्रो चेतना, आँखा चेतना, शरिर चेतना, मन चेतना । चेतना पुर्बग्रहि नभई तटस्थ रहन्छ । जेजस्तो गठन प्रकृया बाट बनेका छापहरू चेतनमा पर्छ ।
छवटा ईन्द्रियहरु चेतनाको ढोकाहरु हुन यहि ईन्द्रियहरुको जगमा मानसिक गठन को प्रकट गर्दछ यसले रुप दिएको हुन्छ र तिनीहरुले निर्देशित गरेको हुन्छ । पहिले को कार्य र अनुभवले सिर्जना गरेको स्वभाव र दृष्टिकोण , हाम्रो मनको चेतनाले देखेर , सुनेर, बिचार गरेर , स्वाद पायर, सुँघेर , स्पर्श गरेर प्राप्त गरि बाँदर जस्तै यता उति मनको चेतनामा दौडिरहन्छ । चेतना ले अनुभवहरु लाई अघि बढाउने कार्य गर्दछ । कारण र प्रभाव चेतना प्रबित्ति हो जव कार्य सम्पन्न भयको हुन्छ त्यस समयमा यो शक्ति जगाउने चेतना को रुपमा रहेको हुन्छ । छोटो समयमा त्यो कार्य सम्पन्न भयको तुरुन्त कारण लादिएको चेतना बन्दछ । यो चेतना तटष्त ईकाई हो जुन पहिले संचित सद र असद गुणहरुसंग घुलमिल हुन सक्ने शक्ति हुन्छ किनभने यो तटस्थ हो र कुनै किसिमको पहिले संचित संग रंगीन सक्छ यदि दुई वटा कडा बास्नादार बस्तु जस्तै लहसुन र चन्दन मिसायमा एक अर्का लाई प्रभाव पार्छ र यस बाट लहसुन र चन्दनको मिलावट बन्दछ । त्यसतै लहसु र बासना कम भयको तिल सँगको मिलावट ले लहसुन को बढि पभाव भएको मिलावट बन्दछ । यस किसिम बाट कार्यहरूले आफनै किसिमको छाप चेतनामा छोड्छ ा चेतनमा छापिसकेको सकारात्मक र नकारात्मक कर्मले भविष्यको जिवन लाई प्रभाव पार्द छ ।
४) नाम र रुप ः मानसिक र भौतिक सम्बन्धको घटना हो । हामिले बस्तुहरूमा प्रति कस्तो कसरी ध्यान पुर्‍याउ त्यसको प्रभाव चेतनामा पार्छ र त्यहि हाम्रो शरिर र मनले अनुभव गर्छ ।
ईन्द्रियहरुको बस्तुहरु संग भयको सम्पर्क मा निर्भरमा हाम्रो अनुभव , अवधारणा , ईच्छा आदि भर पर्छ । जस्तै खाने कुरा संग जिब्रोको सम्पर्क, हुदा एक किसिमको अनुभव अवधारणा (छाप ) उत्पन्न हुन्छ । ति खानेकुरा मिठो भएमा आहा कस्तो मिठो नमिठो भएमा क्या नमिठो भन्ने गर्छ । कुनै एक आदिबासिले कम्युटर देखेमा पहिले उसले एउटा बाकस देख्छ अनुभव गर्छ र सम्पर्क ले बिचार गर्छ पाउने ईच्छा गर्छ स।

अतः नाम र रुप यहि अनुभव , अवधारणा , सम्पर्क, ईच्छा, बिचार र ध्यान (चाख लाग्दो वा महत्वपुर्ण ) को समग्र को रुप हो । अर्थात तत्व टिप्नु , परिभाषा गर्नु , पत्ता लाउनु , चेतना मा भयको तथ्य संग प्रतिक्रिया गर्नु ।
हाम्रो पुरा संसार नाम र रुपले बनेको छ । चेतनाको कारण ले हामीहरुको लागि मात्र रुपको संसार उपस्थिति रहेकोछ र कसरी हामिले बुझ्छौं यो पुरा मात्रमा हामीसंग भयको मानसिक अबस्था , मनोवृत्ति र अनुभव हो । एउटा घर आर्किटेक्ट वा घर निर्माण कर्ता हेर्ने भन्दा घर नहुनेहरुले हेर्दा बिभिन्न किसिमको द्दष्टिकोणहरु उत्पन्न हुन्छ । यस किसिम ले हामिले आफनै किसमिसको संसार बनाउ छौं ।

५छ इन्द्रिय जग र मन को जग ः यस छवटा ईन्द्रियहरु वा इन्द्रिय जग जस बाट बाहिरी संसार बुझिन्छ छ । इन्द्रिय जग छ प्रकार छन तिनीहरु यस आँखाको जग . कान को जग, नाक को जग , जिब्रो को जग, आँखा को जग, शरिर को जग, मनको जग ।
यि भित्रि इन्द्रिय जगहरू पुर्ण अंग होईन । शरिरको र मानसिक कृयाकलाप गर्ने तत्वहरु घनिष्ट सम्बन्ध साथ कार्य गर्दै छ । यि इन्द्रिय जग पछिको जन्ममा सबै किसिमका अनुभुति उत्पन्न गरेर हाम्रो अनुभव बनाउँछ । बच्चा आमाको कोखमा हुदा बिभिन्न समयमा भित्रि इन्द्रिय पुर्ण हुने हुन्छ । यी सबै एकै पटक पुर्ण बिकास हुदैन आमा को कोखमा बच्चा शरिरको बृद्धि को साथसाथै ईन्द्रियहरु बिकास हुन्छ । कुनै अवस्थामा स्पर्श गर्न सक्ने क्षमता बिकास हुन्छ त्यसपछि स्वाद गन्ध सुन्ने र हेर्ने बिकास हुन्छ ।
साधारणतया १२ इन्द्रिय क्षेत्रहरु हुन्छन । ६ बाहिरी ६ भित्रि क्षेत्र । । १२ सम्बन्धमा भित्रि ६ इन्द्रिय क्षेत्रहरुको तिनीहरुको आमाको कोखमा क्रमश बिकास हुन्छ र ६ बाहिरी बस्तुहरु पहिले नै अस्तित्वमा उपस्थित रहेको हुन्छ । भित्रि इन्द्रिय क्षेत्रहरु भित्र सुक्ष्म पदार्थहरु हुन्छन । जस्तै स्वादको क्षेत्र जिब्रो मात्र होईन जिब्रोमा भयको सुक्ष्म पदार्थ जसले स्वाद दिन्छ । ईन्द्रियहरुमा भयको सुक्ष्म तत्वहरु तत्वहरु परिपक्व भयपछि तिनीहरुले हेर्न सुन्न, सुघ्न, स्वाद लिन र छुन अनुभव गर्न सक्छ । पंच ज्ञानेन्द्रिय र मन , जसले मानसिक बस्तुहरुको व्याख्या गर्छ सोहि अनुरुप बिचार र भावना बन्दछ ।

६सम्पर्क ः ईन्द्रियहरु, बस्तु र चेतना बिचको प्रतिक्रिया हो । हामिले प्रत्यक्षरुपमा अनुभवहरु गरेको मिठो, नमिठो र तटस्थ अनुभव लाई ईन्द्रियहरुलाई निर्देशित गर्दछ । भित्रि इन्द्रिय जग बस्तु र इन्द्रिय चेतना यि तिन तत्वहरु साथसाथै रहेर बाहिरी संसार वा बिचार र भावनाहरू संग सम्पर्क हुन्छ स। ईद्रियहरु द्वारा प्राप्त अनुभवहरु वास्तवमा संसार कस्तो छ भनि ब्यात्तिहरुले अनुमान गर्दछ । जस्तै स्पर्श आँखाको चेत जग, बस्तु को द्दश्य र द्दश्य चेत चेतना संग संगै कार्य गर्दछ । मानसिक प्रकृयामा पहिले स्पर्श कार्य गर्छ मनको बस्तु सँगको सम्पर्क यो साधरण कार्य हो । मनको सम्पर्कमा एक पल्ट आयपछि अर्को पल्ट मानसिक तत्वहरुले बस्तुको विशेषताहरु को जानकारी हुन्छ ।
सरसर्ती हेर्दा बस्तु ईन्द्रियको अंग र त्यस क्षण को चेतना ले तस्बिरको प्रतिक देख्छ वा अनुभव गर्छ त्यसकारण बस्तुहरुको सम्पर्कमा आयपछि बस्तुहरु आकर्षित आकर्षित वा तटस्थ छुट्याउ ।
७भावना ः यो इन्द्रिय संग सम्बन्ध हुन्छ आँखाको सम्पर्क बाट सिर्जेको भावना , कानको सम्पर्क बाट सिर्जेको भावना ,नाक सम्पर्क बाट सिर्जेको भावना , जिब्रो को सम्पर्क बाट सिर्जेको भावना , शरिरको सम्पर्क बाट सिर्जेको भावना , मन को सम्पर्क बाट सिर्जेको भावना । हामिले जुन बस्तुहरु संग सुखद, अप्रिय , तटस्थ अनुभव गरिन्छ । अनुभव भावना प्रिय , अप्रिय , र तटस्थ को अनुभव तव हुन्छ जव हाम्रा भित्रि चेतना को जग बाहिरी बस्तु संग सम्पर्क हुन्छ स। यस घटनामा चेतनाको पनि उपस्थिति मा हुन्छ अनुभव मानसिक तत्व हो जसले बस्तु को अनुभव गर्छ । यो एउटा असरदार रुप हो जुन बस्तुको अनुभव गरिएको हुन्छ । यो गुणको प्रभावकारी अनुभव जसले या त प्रिय , या अप्रिय वा तटस्थ को जनाउँछ । वेदना शब्दले भावना को प्रतिनिधित्व गर्दैन वेदना बुद्ध धम्मको सन्दर्भमा प्रिय र अप्रिय वा सुख र दुख को अनुभव संग सम्बन्ध राख्दछ । अप्रिय सँगको सम्पर्क बाट जानकारी को आधारमा यो मनमा सजिलै आउँदैन , वास्तवमा यस बाट छुटकारा चाहन्छन्, तटस्थ , हामिले तटस्थ अनुभव हुन्छ । यसलाई न निरन्तर दिइन्छ न त छोडिन्छ ।

८ द्दढ ईच्छा ः ईन्द्रियहरु को सम्पर्क बाट राम्रा बा नराम्रा वा तटस्थ भावना उत्पन्न हुन्छ । मनमा रुप को लागि ईच्छा, आवाज को लागि ईच्छा , गन्ध को लागि ईच्छा , स्वाद को लागि ईच्छा र स्पर्श को लागि ईच्छा । गहिरो आनन्द दिने अनुभव र भावना ले द्दढ ईच्छा को उत्पति गर्छ । गहिरो आनन्द दिने ईच्छा र अनुभव दिने बस्तुहरु हुनु बाट टाढा रहनु पर्दा दुखदायी वा अप्रिय अनुभव हुन्छ स। बाह्रौं सम्बन्धमा द्दढ ईच्छा लाई जोड दिएको छ स। द्दढ इच्छाले कर्मको शक्ति लाई बढावा दिन्छ । यस्ता गहिरो आनन्द दिने ईच्छा र अनुभव व्दरा प्रेरित भै गरेका कार्यहरु बाट हाम्रो मनमा छाप उत्पन्न गर्दछ स। यहि छाप हामिले हामि संगसंगै बोकेर लान्छौ वा अर्को सम्बन्धको तत्वहरु सम्बन्ध बनाउछौं । ।
९गहिरो लगाव ः लोभ लालसा ।
यदि कसैको ईच्छा अनुसारको उद्देश्य उपलब्धि हुन्छ भने अनि ति द्दढ ईच्छा र अनुभवहरु बाक्लिन्दै जान्छ फलस्वरुप लोभ को सिर्जना हुन्छ स। द्दढ इच्छाको स्वभावले वा लालसा ले भावनात्मक रुपमा आसत्ति को प्रकट हुन्छ । द्दढ ईच्छा र लोभ बिच को फरकता, द्दढ ईच्छा (तृष्णा ) जुन प्राप्त नभएको वा भोग नगरेको । जस्तो कि चोर अन्धोझैँ अध्यारोमा सामान को लागि छामछुम गर्दछ जव चोरले अन्तमा उसले खोजेको सामानहरु हात लाग्छ । त्यस्तै एउटा व्यक्तिले रुखमा फल समात छ , समात्नु भनेको माया मोह (द्दढ ईच्छा ) बृद्धि गर्नु हो फल खानु को अर्थ हो अनुभव हुनु हो स। धेरै लोभि पना को रुप, ईच्छायको बस्तुहरु प्राप्त गर्न ईच्छा शक्ति जबर्जस्त हुनु हो ।

१० बन्ने ः लोभ लालसा को कारण ले शरिर बाणी र मन ले कर्मको सिर्जना गर्दछ । त्यसले अर्को जन्म को निर्धारण गर्छ । कर्म को गठन जसले अर्को अनुभव वा अवस्था लाई निर्धारण गर्दछ । एक पल्ट स्थितिको ढाँचा ले लगाव तर्फ ढल्कि पछि बन्ने प्रकृयामा हुन्छ यसलाई भव भनिन्छ । यसले कर्म को प्रवृति को नयां गठन बुझाउँछ । यो समससकारा भन्दा फरक रहेको छ ा समसकारा बितेका जिवन को प्रवृति जनाउँदछ जुन अहिलेको अवस्थामा कार्य गर्दछ । भव अद्यपि नयां स्वभाव र प्रवृति को सिर्जना गर्दछ र जुन अनुभव भविष्यमा मा तिनीहरुको फल फल्ने छ ।

११जन्म ः जन्म को पहिचान को आधार को अवस्था यो ११ औं निर्भर उत्पति होस । यो यथार्तता पुनर जन्म बाट नयां जिवन वा अस्तित्व हुन्छ । यो भव को शक्तिले वा आवश्यक अवस्थाहरु को अन्तर सम्बन्ध र प्रतिकृया को नतिजा स्वरुप नयां जिवन को जन्म हो । पुर्ब जन्ममा परेका छाप मा आधारमा बिशेष स्थानमा र वातावरणमा जन्म हुन्छ । हरेक ले मानविय सकारात्मक र नकारात्मक गुणहरू बोकेर आएको हुन्छ । नयां अवस्था वा अनुभव सिर्जना गर्दै जाने शुरु गर्ने घटना को जन्म हुन्छ । जिवन, दुख बाट मुक्ति हुसन र सुख शान्ति र समृद्धि को साथै निर्वाण को अवस्था को अवसर प्राप्त गर्ने रहेका हुन्छ ।
१२ बृद्ध र मृत्यु ः ११ प्रकृया सँगको संयुक्त निर्भर उत्पति हो । अन्तिम को यो १२ को अवस्था बृद्ध र मृत्यु हो । बृद्धको अवस्था जीवनको सबै संरचनाहरु क्षय हुदै जाने हो स। जव हाम्रो अनुभवको निरन्तरता रोकिने हुन्छ , हामि मृत्यु भन्छौ । मृत्यु भनेको जीवनमा गरेका सकारात्मक र नकारात्मक कर्मको गह्रुँगो भारी बोकेर हिड्ने को प्रतिक हो ।
यो १२ श्रृखला धेरै लामो नामहरु छन ः बृद्ध, मृत्यु, दुखः, विलाप, दर्द, शोक र

यसको विश्लेषण दुई वटा अन्तरसम्बन्ध शक्तिहरु को बलको बहावले मनलाई दुख तर्फ अघि बढाएको हुन्छ । ति दुई हुन अज्ञानता र शक्तिशाली ईच्छा । अज्ञानता र शक्तिशाली ईच्छा अवस्था को रुप हो र यि दुई तत्व ले हरेक तत्वहरु लाई सहयोग प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्छ । हामि यसको प्रकृया बारे हामि सचेत हुन सक्नु पर्छ र क्रमबद्ध अन्तरसम्बन्ध भंग गर्न सकिन्छ स। यो बिजुलीको को तार काटे जस्तै हो । क्रमबद्ध अन्तर सम्बन्ध जांहापनि भंग गरेपनि यसको बहाव भंग हुन्छ र मुक्ति प्राप्त हुन्छ । अन्तमा चक्रले अविद्या लाई ज्ञान ले सम्बोधन गर्न र शक्तिशाली ईच्छा लाई सकारात्मक कार्यहरुमा प्रयोग गर्न सकेमा निरन्तर चलिरहने सांसारिक चक्र क्रम जो कोहीले भंग वा रोक्न सकिने हुन्छ स। फलस्वरुप दुखः को निर्मुल र बुद्धत्व प्राप्ति को मार्ग तर्फ अघि बढन सकिने छ स। बुद्धधम्मको मार्गमा लागेको व्यक्तिहरुको लागि यो १२ जोडाई बुझन अति महत्वपुर्ण छ । यसले पुनर्जन्म र दुखः को चक्र को समाप्त गरि भित्रि मनको प्रकृति बुझने अन्तर्दृष्टि र मार्ग चित्र दिन्छ । निर्भर उत्पतिमा दुख र यसको समधान को मार्ग संग संगै रहेको हुन्छ । यसमा बिचार गर्नु पर्ने कुरा के हो भने अनुक्रममा भयको अवस्थाहरु भंग गर्न नसकिने होईन , तिनीहरुलाई परिवर्तन गर्न सकिन्छ वा उत्पन्न हुने आधारहरु लाई रोकि जस बाट दुख बाट मुक्ति पाउन सकिनेछ स। यो पनि भनिएको छ १२ मध्य कुनै मा पनि चार आर्य सत्य प्रयोग गरेमा दुःखको उल्झन बाट मुक्ति प्राप्त हुन्छ ।