छ पारा मिता
ूपारमिता संस्कृत शब्द हो यो साधरणतया महायान बौद्ध धर्ममा गरिने अभ्यास हरु जुन उद्देश्य हाँसिल गर्नको लागि आवश्यक हुन्छ । पारमिताको अर्थ हो पर्णता
महायान बौद्ध धर्ममा मोक्ष प्राप्ती को लागि पारमिता छ किसिमका अभ्यासहरु अपनाएको छ । छ पारमिता हरुमा दान, आचारसंहिता, धैर्य, परिश्रम, ध्यान, प्रज्ञा
पारा मिता को अभ्यासले तिन किसिमका बिष लोभ घृणा र भ्रम हटाउन, छ किसिमका पारा मिता दान, नैतिक आचारण , धैर्य, लगनशील, ध्यान, प्रज्ञा हाँसिल गर्नु हो। अभ्याशकर्ताहरुले बुद्धत्व प्राप्त गर्ने उद्देश्यले यि गुणहरु को बिकास गर्दछ बुद्धत्व को विशेषता प्रज्ञा करुणा र उपाय हो । छ किसिमका पारा मिता
पुर्णता वा त्यो गुण हो जसले पुर्ण ज्ञान को मार्ग हांसील गर्छ ससस। यस शब्द को अर्थ हो नदीे को एक किनारा बाट अर्को किनारामा पुग्नु हो । यसले के स्ांकेत गर्छ भने अज्ञानता र दुख लाई पार गरी पुर्ण ज्ञान र मुक्ति को किनारा वा पुर्ण ज्ञानको क्षेत्रमा पाइला टेक्नु हो ।
पारमिता थेरवाद मा दश पारा मिता मान्दछ तर महायानमा प्राय छ पारा मिता उल्लेख छ । यहां महायान को छ पार मिता को बर्णन गरिएको छ । दान पारा मिता, नैतिक आचरण, धैर्य, उर्जा, ध्यान र प्रज्ञा वा बुद्धि
यि छ पारा मिता महायान मार्ग का आधारभुत अभ्यासहरु र गुणहरु हुन र आफनो शरिर, वचन र मन शुद्धीकरण गरि बोधि ज्ञान तर्फ लाग्ने प्रमुख मार्ग हुन
१ दान
बुद्ध धम्ममा दान लाई उच्च स्थान प्रदान गरेको छ । यो पुण्य प्राप्त गर्ने र लगाव र लोभ को औषधि रुपमा प्रयोग गरीने आधारभुत अभ्यास हो । दान बिना स्वार्थ दिने सेवा को रुपमा लिने गरेको छ ।
पारा मिता पहिलो ः दुबै थेरबाद र महायान परम्परा मा दान लाई पारा मिता को पहिलो पंत्ति मा राखेको छ । दान दिने कार्य पुर्ण ज्ञान हाँसिल गर्ने मार्गको पहिलो अभ्यास हो । यसलाई आध्यात्मिक बिकासको लागि आधारभुत भुमिका को रुपमा लिईएको छ । अतः यसलाई पारा मिताको पहिलो स्थानमा दिएको छ ।
ड्ड दानको किसिमहरु
ड्ड भौतिक दान ः यस अन्तर्गत कपडा, खानेकुरा, औषधि र अरु भौतिक आवश्यक हरु पर्दछ । प्रायः साधरण मानिसहरुले दान, गुम्बा वा बिहार को समुदायहरु लाई दिने गर्छन । यस को साथै गरिब, अशक्त, बुढा बुढी र पशु पन्छीहरु लाई दान दिने गर्छन ।
ड्ड धर्म दान ः धर्म दान उच्च स्तरको दान को रुपमा लिएको छ किनभने यसले दुख बाट मुक्ति दिने हुन्छ । यस अन्तर्गत बुद्धको उपदेशहरु अरु हरुलाई सिकाउने र अभ्यास गर्न सहयोग गर्ने र धम्म बारे छल फल अनुभवको आदान प्रदान गर्ने ।
ड्ड निडर ः खतरा मा परेका व्यक्तिहरुलाई बचाउने वा निराशा र दुख र कष्टमा परेकाहरुलाई सान्त्वना दिने र निडरता साथ आपत, विपत दुःखमा र बिभिन्न चुनौतिहरुमा सामना गर्न प्रेरित गर्ने ।
परोपकारी भावना वा ईच्छा ः बुद्ध धम्ममा दान दान को लागि मात्र होइन । दान दिनु को पछाडि इरादा महत्वपुर्ण हुन्छ । दान बिना स्वार्थ करुणा, प्रेम र अरु हरुको फाईदा को लागि साँचो मनले प्रेरित भएको हुनु पर्छ । यस किसिमको दानले वर्तमान र भविष्यको जिवनमा सकारात्मक नतिजा दिन्छ । दान देखा सिखि वा देखवटि रुपमा दान दिने पनि होईन । यस किसिमको दानको खासै नतिजा प्राप्त हुदैन ।
लगावको औषधि ः दानको अभ्यासले लगाव, लोभ र आत्मकेन्द्रीतता लाई कम गर्न सहयोग गर्छ । दान दीनाले लगाव र स्वामित्व को प्रवृत्ति लाई प्रत्यक्ष चुनौति दिन्छ ।
पुण्य कर्म ः दानले सकारात्मक कर्म उत्पन्न गर्ने बिश्वास गरिएको छ । जसले यो जीवनमा रे पुनर्जन्ममा पनि अनुकुल नतिजा प्रदान गर्छ । तथापि दान बाट प्रभावकारी नतिजा प्राप्तिको लागि यो महत्वपुर्ण हुन्छ कि दान दिने व्यक्तिहरुको कुनै पनि बस्तुहरूमा बढि लगाव हुनु हुदैन ।
दान र ध्यान ः दान दिने कर्म ले ध्यान लाई परोक्ष रुपमा सहयोग गर्छ । दान बाट मन पश्चताप रहित, उत्साहित, लचिलो र एकाग्र हुन्छन ।
ठुलो ह्दय ः दानको अर्थ हो करुणा, माया दया र समानता जस्ता गुणहरु प्राप्त हुनु हो । अरु हरुको चाहनाहरु, भलाई र कल्याणलाई प्राथमिकता राखेर प्रेम र करणले दान दिने कर्म गरिने हुदा दान दिने व्यक्तिहरुको ह्दय ठुलो हुन्छ ।
पुण्य दान ः महायान परम्परामा बिना स्वार्थ सबै प्राणिहरुको भलाइको लागि बोधिसत्वको आदर्श लाई जोड दिन्छ । यस अनुसार दानको रुपमा भौतिक बस्तु भन्दा पनि समय, उर्जा र आफनो पुण्य अरु हरुको भलाई लागि प्रदान गर्ने गर्छ ।
दान सारमा बुद्ध धम्मम दान परिवर्तनकारी अभ्यास हो । यो बाहिरी वा देखावटी कार्य मात्र होईन । खुशीले दान दीनाले मन र ह्रदयमाले पनि खुशी प्राप्त गर्छ ,सबै प्रणिहरुको अन्तर सम्बन्ध पहिचान गरेर र स्वार्थ र लोभ को बन्धन लाई कम गर्छ ।
१ दैनिक जिवनमा दान
दानले ब्यातिmको जिवनमा महत्वपुर्ण सकारात्मक प्रभाव पर्दछ । अरुलाई दान दीनको अर्थ र महत्व कार्य र प्रयास भनेको उद्देश्य पूर्ति छर छिमेकी साथि भाई आफु भन्दा ठुलो भन्ने भावना को बिकास हुन्छ ।
दानदीनाले मूख्य फाईदा भनेको यसले जिवन र जिवनको महत्व बारे महसुस गराउँछ । जब हामि कसैलाई दान दिन्छौ हामिले उसको आवश्यकता पुरा गर्दैनौ यस बखत हामिले हामि भन्दा महान केहि बस्तु दिने काम गरेको हुन्छ । यसले चाहनाहरु आपूर्ति बारे बोध हुने र ब्यातिmगत सन्तुष्टि र आफनो मूल्यको जानकारी को बोध गराउँछ ।
दानले स्वेच्छाले दान दिने कार्यले अन्य अरु ब्यातिmहरु र समुदाय सँगको भावना सम्बन्धी नजिक ल्याउँछ । जब हामि अरुलाई दिन्छौं हामिले प्रत्यक्ष स्साहयोग मात्र गर्दैनौ समुदाय प्रति को भावना बनाउछौं र जिम्मेदारी बांडछौं। यसले आफनोतो बढावा दिन्छ साहनुभुति बृद्धि हुन्छ । समुदायमा आउने आपत र बिपति समाधान बलियो आधार तयार हुन्छ ।
दान दीनाले फाईदा ः ब्यातिmहरुको प्रत्यक्ष मूल्याकंन र कृतज्ञता बढाउँछ स। जव हामिले कसैलाई दान दिन्छौ हामि यसको लागि हामि कृतज्ञ हुनु पर्छ बिना प्रश्न दान लिन्छौ । यसले कृतज्ञताको भावना र जे हामि संग छ त्यसको प्रशंसा को भावना लाई बढावा दिन्छ । र आफनो समस्या प्रस्तुत गर्न सहयोग गर्छ र यथार्थ कुरामा संघर्ष
दान दीनाले शारिरिक तथा मानसिक मा सकारात्मक प्रभाव पार्छ बिभिन्न अध्ययनले जोजसले दान दिने गर्दछ तिनीहरु बढि सुखी र स्वास्थ्यकर र बढि लचिलो हुन्छ । दान दीनाले तनाव हटाउँछ र चिन्ता डिप्रेशन कम गर्छ ।
दान दिने कर्मले दिने र पाउने को जिवनमा महत्वपुर्ण सकारात्मक प्रभाव पार्छ । यस्लेदान दिनेको कार्य सम्बन्ध र कृतज्ञता बोध हुन्छ र यसले शारिरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
दान दिने नैतिक र अध्यात्मक कार्य मात्र नभई यस बाट व्यक्तिहरु लाई फाईदा हुने तथ्य बिज्ञान ले उल्लेख गरेको छ । तिनीहरु यस प्रकार छन ।
दान दिने कार्य बाट हुने मूख्य फाईदाहरुमा, सकारात्मक भावना र रसायनिक मस्तिष्कमा निसकिन्छ । अक्सिटकसिन असल हर्मोन हो । बिभिन्न अध्ययनले देखाएको छ यो हर्मोन सुखको अनुभुति हुनु, बिश्वास गर्नु र सामाजिक बन्धन संग सम्बन्ध छ । न्युरोटन्समिटर डोपामिन निकाल्न र कार्य गर्न सहयोग गर्दछ । यो न्युरोटन्समिटर डोपामिन आनन्द दिने संग सम्बन्ध छ ।
दान दीनाले शारिरिक तथा मानसिक मा सुधार सकारात्मक प्रभाव पार्छ । बिभिन्न अध्ययनले देखाएको छ दान दिनेको कम तनाव र चिन्ता र डिप्रेशन धेरै कम मात्रामा हुने हुन्छ । यस्तै गरि दाताको मुटुको स्वास्थ मा सकारात्मक प्रभाव पर्दछ र मुटुको रोग बाट मृत्यु हुने सम्भावना कम हुने हुन्छ ।
दान दीनाले मस्तिष्क तथा चेतनाको बौद्धिक कार्यमा सकारात्मक प्रभाव पार्छ । बिभिन्न अध्ययनले देखाएको छ दाता को उच्चस्तरको सोच बिचारको कार्य भैरहेको हुन्छ र दान नदिने को दाँजोमा भन्दा बढि दाताको स्मरण शतिm हुन्छ । सृजनाशिल प्रबद्र्धन गर्न र सिक्न मदत गर्दछ ।
दान दीनाले समुदायमा सकारात्मक प्रभाव पार्छ यसले समाजिक बन्धन को निर्माण र आफनोपनाको प्रबर्धन गर्दछ । अरुलाई दान दिने गर्नाले मानिसहरुमा बलियो सम्बन्ध र आफना आफना समुदाय संग बढि नजिकन ेभावना को बिकास हुदै जान्छ । यस बाट अपराधि क्रियाकलाप कम हुने र मानिसहरुको स्वास्थमा स्ुाधार हुदै जाने समुदाय सर्बपरि क्षेत्रमा बलियो बन्दै जाने हुन्छ ।
दानले नैतिक वा आध्यात्मिक दृष्टिकोण फाईदा मात्र नभई बिज्ञान को दृष्टिकोण ले पनि लाभदायक भएको पुष्टि भएको देखिन्छ । यसले मस्तिष्कमा सकारात्मक भावना र रसायनिक तत्व जारि गर्दछ र मानसिक तथा शारिरिक सुधार गर्दछ । ज्ञानात्मक कार्य र मस्तिष्क को स्वस्थ्य सुधार गर्छ र समुदायमा सम्बन्ध प्रगाढ बनाउँछ । यसले संसारलाई नै सुधार गर्ने शतिmशालि कल्यानकारि प्रबद्र्धन गर्दै लैजाने माध्यम हो ।
२ नैतिक आचरण
नैतिक आचरण बोधि ज्ञान को लागि यो आधारभुत अभ्यास हो । बोधि ज्ञानको लागि नैतिक आचरण, को साथै बुद्धि र समाधि त्रिकोणात्मक अभ्यास हो ।
नैतिक आचरण को गहन द्दष्टि
पांच उपदेशहरु ः आर्य अष्ट मार्ग अन्तर्गत को हिंसा नगर्नु, चोरि नगर्नु, यौन दुराचार नगर्नेसु, झुठो नबोल्नु,मन लाई धमिल्याउने र लापरवाही तरिकाले लागु पदार्थ सेवन नगर्नु । यि पांच उपदेशहरु बुद्ध धम्मको आधारभुत नैतिक नियमहरु हुन र तिनीहरुले ले हानि नपुराउने र पुण्य प्रदान प्रदान गर्छन ।
भिक्षु भिक्षुणी को लागि नियम ः भिक्षु भिक्षुणी को लागि बिशेष किसिमको आचरण को नियम छ स। यसलाई बिनय भन्दछ । यस नियम भित्र सयौं किसिमका ध्यान र आध्यात्मिक बिकास को लागी प्रभावकारी हुने उपयुक्त नियमहरु हुन्छन ।
उचित कार्य र वचन ः यिनीहरु आठ आर्य को अंश हुन । उचित कार्यले अरुहरुसंग सदभाव कायम गर्न प्रोत्साहित गर्छ । उचित वचन को अर्थ हो सत्य बोल्ने र सदभाव र फाइदाजनक हुनु पर्ने मा जोड दिन्छ ।
दश पुण्य कार्यहरु ः यि मार्गदर्शक हरु पांच उपदेशहरुको बिस्तारीत रुपरेखा हुन यसले विस्तारित रुपमा पुण्यात्मक आचरण को रुपरेखा प्रदान गर्छ । यसमा शरीरले गर्ने ( चोरि, हिंसा र यौन दुराचार नगर्नेसु )चार वटा वचन बाट हुने कार्य (झुठो नबोल्नु, अरुलाई भाँड्ने कुरा नगर्नु र अप शब्दहरु को प्रयोग नगर्नु, अर्थहिन गफ नगर्नु) र तिन मनको कार्य ( लोभ नगर्नु , खराब ईच्छा नपाल्नु र सहि दृष्टिकोण बनाउनु ) हुन ।
नैतिक मानसिक अनुशासन ः नैतिक आचरण बाहिरी व देखावटी कार्य मात्र नभई मन पनि अनुशासित हुनु पर्छ । यसको अर्थहो अरु हरुलाई अहित हुने कार्यहरु नगर्नु । असल ईच्छा र आफनो कार्य पक्का गर्न सजगता को अभ्यास गर्नु । कुनै पनि गरिने कार्यहरु बाहिरी र भित्रि बाट पुण्यात्मक हुनु पर्छ ।
करुण र माया दया ः सबै प्राणिहरु माथि शासन गरेर होईन तिनिहरुक लाई सहि हेर बिचार माया दया र चिन्ता गर्दा मात्र नैतिक आचरण सिर्जना हुन्छ । हरेक द्दष्टिकोणले करुणा र माया दया बुद्ध धम्मको मुटु हो ।
इच्छाको भुमिका ः बुद्ध धम्ममा गरिने कार्यहरु को नैतिक गुणको निर्धारण गर्नमा इरादाले प्रमुख भुमिका खेल्छ । बाहिरी कार्य हेर्दा राम्रै देखे पनि तर कर्म को नतिजा कार्य को पछाडि को इरादामा आधारित हुन्छ । अतः नैतिक आचरण को लागि कुनै पनि कार्य गर्दा शुद्ध इरादा हुन पर्छ ।
कर्मको फल ः बुद्ध धम्म ले कर्मको नियम लाई बिश्वास गर्छ । यस अनुसार पुण्य कार्य ले सकारात्मक नतिजा तर्फ लान्छ । पाप कार्यको नतिजा यसै जिवनमा वा अर्को जन्ममा नकारात्मक नतिजा भोग्नु पर्छ । त्यसकारण नैतिक आचरणले नैतिक कर्तव्य मात्र नभई यसले सुख र अन्तिममा मुक्ति को मार्ग तर्फ लान्छ ।
सारमा नैतिक आचरण ले जीवनमा आफैलाई र अरु हरुलाई कम हानि नोक्सानी र दुख कम दिई बाँच्न सकिन्छ । वास्तवमा नैतिक आचरण यो आफनै बुझाई र अन्तर सम्बन्ध प्रतिबिम्ब हो, र यो सबै प्राणिहरुलाई भलाई हुने तरिकाले पुर्ण ज्ञान तर्फ को मार्ग हिड्ने इरादा हो ।
२ दैनिक जीवनमा नैतिक आचरण
परिचय ःसमाज को न्याय र निष्पक्ष र समृद्धि को लागि नैतिक आचरण जग हो । यसको सिद्धान्त र मूल्य मान्यता ले व्यक्तिहरु र संस्था हरुलाई सहि निर्णय गर्न र जवाफदेही बनाउन निर्देशित गर्छ । संसारमा क्रिया र प्रति किया प्रति दिन जटिल भैरहेको अवस्थामा नैतिक आचरण बारे कडाई चडाई गरि बखान गरिरहनु पर्दैन । यस निबन्धमा नैतिक आचरण ले व्यक्तिहरुमाथि र संस्थाहरुमा महत्वपुर्णस प्रभाव पार्छ र यसले व्यक्तिहरुमाथि र संस्थाहरुमा ईमान्दारि र बिश्वास लाई बढवा दिने कार्यमा प्रभावकारी भुमिका खेल्छन् ।
नैतिक आचरण को परिचय ः नैतिक आचरण भन्नाले यस अन्तर्गत को सिद्धान्त र मूल्य मान्यता ले व्यक्तिहरु र संस्थाहरुको व्यबहार लाई निर्देशित गर्छ । यि सिद्धान्त र मूल्य मान्यता ले ईमान्दारि, निष्ठा, निष्पक्षता र अरु हरुलाई आदर गर्ने मार्ग तर्फ लान्छ । नैतिक आचरण आफुलाई र अरु हरुलाई पर्ने परिणाम लाई बिचार गरि निर्णय गर्ने गरिन्छ । यसले आफनो चाहना को साथै अरु हरुको भलाई को लागि प्रोत्साहित गर्छ ।
नैतिक आचरण को महत्व
बिश्वास बनाउनु ः चाहे व्यक्तिगत होस वा ब्यवसायिक कुनैपनि राम्रो सम्बन्ध को लागि बिश्वास जग हो । बिश्वास बनाउन र बिश्वास निरन्तर कायम गरि राख्नु नैतिक आचरण महत्वपुर्ण कडी हो । जव व्यक्तिगत र संस्था ले निरन्तर नैतिक आचरण प्रदर्शन गर्छन तिनीहरुले बलियो बिश्वास र आदर सम्मान आर्जन गर्छन ।
ईमान्दारि लाई प्रोत्साहित ः नैतिक आचरणको मुल्य र सिद्धान्तहरु ले व्यक्तिहरु लाई इमान्दारितापूर्वक कार्यहरु गर्न प्रोत्साहित गर्छ । नैतिक अचरण ले इमान्दारी प्रकट गर्छ । जव व्यक्तिहरुले नैकितामा अडिक रहन्छ चुनौतिपुर्ण अवस्थामा पनि सहि कार्य गर्न प्रतिबद्धता प्रदर्शन गर्छ ।
जवाफदेहिता लाई बढावा ः नैतिक आचरण लो व्यक्तिहरुलाई आफनो कार्यहरु प्रति जवाफदेहिता बन्न प्रोत्साहित गर्छ । यसले जवाफदेहिता को संस्कृति को सिर्जना गर्छ र आफनो निर्णय को परिणाम प्रति सचेत हुन्छन र सफल र असफल दुबै को लागि जवाफदेहिता स्विकार्न पछि पर्दैैनन ।
ब्यवसायिक परिवेशमा नैतिक आचरण ः
संस्थागत नैतिकता ः व्यापारिक संसारमा निरन्तर सफलता प्राप्ति को लागि नैतिक आचरण को नितान्त आवश्यकता पर्छ । व्यापारिक संस्था जसले नैतिक आचरण लाई प्राथमिकता मा राखि व्यबहार गर्छ त्यस्ता संस्थाहरुमा सकारात्मक संस्थागत संस्कृतिको सिर्जना हुन्छ र उच्चस्तरको प्रतिभा भएका व्यक्तिहरुलाई आकर्षण गर्छ । फलस्वरुप ग्राहकहरु र साहित्यकारहरु –कतबपभजयमिभच(संग राम्रो र बलियो सम्बन्ध कायम स्थापन गर्न सफल हुन्छन ।
व्यावसायिक नैतिक संहिता हरु ः धेरै जसो व्यवसायीहरुले नैतिक संहितहरु सम्बन्धको रुपरेखा बनाएका हुन्छन र आफनो सदस्यहरु बाट ति संहिता हरु पालन गर्न अपेछा गर्छ । ति संहिता हरु ले व्यवसायमा दुबिधा हुन बाट सुरक्षित भई कार्य गर्न त्यस निर्देशिका ले सहयोग गर्छ ा जसले गर्दा र तिनीहरुले सम्बन्धित क्षेत्रहरु को मुल्य मान्यता को परिधि भित्र सुनिश्चित भइ कार्य गर्दछ ।
नैतिक आचरण लाई चुनौतीहरु
क) दवाब र प्रलोभन ः व्यक्तिहरु र संस्थाहरुमा बिभिन्न किसिमका बाहिरी दवाब वा प्रलोभनहरु आउने हुन्छन र ति दवाब वा प्रलोभनहरु ले तिनीहरुको नैतिक आचरण प्रति प्रतिबद्धता लाई चुनौति हुन्छ । आफनो इमान्दारिता कायम राख्न यस्ता चुनौतीहरु लाई पहिचान गरी र उपयुक्त ढंगले सम्बोधन गर्न आवश्यक हुन्छ ।
ख) सांस्कृतिक र सामाजिक प्रभाव ः सांस्कृतिक र सामाजिक नियमहरुले नैतिक आचरण लाई प्रभाव पार्न सक्छ । कुनै संस्कृतिमा स्वीकार्य नैतिक आचरण को मुल्य र मान्यता लाई अरु संस्कृतिमा अनैतिक दृष्टिकोण हेरिन्छ । यस्ता फरक तामा सुरक्षित पुर्बक लक्षमा पुग्न महत्वपुर्ण र कठिन हुन्छ । यस्तो अवस्थामा सम्बन्धित क्षेत्रको नैतिक सिद्धान्त र मूल्य बारे सजगता भई कार्य गर्न आवश्यक हुन्छ ।
निष्कर्ष ः नैतिक आचरण स्थिर अवधारणा होईन, यो गतिशिल र सहि कार्य गर्न प्रतिबद्धता हो । यो व्यक्तिहरु र संस्थाहरुको जीवनका जटिलता लाई दिशा निर्देश गर्ने माध्यम हो । नैतिक आचरण लाई प्राथमिकता मा कार्य गर्दा निष्पक्ष र कल्याणकारी समाज स्थापना गर्न योगदान दिन्छ । यस किसिमको समाजमा बिश्वास, इमान्दारी र जवाफ देहिता प्रबल ता हुन्छ । यसले यस आधुनिक संसारमा हाम्रो जीवनको यात्रामा आइपर्ने बिभिन्न चुनौतीहरु लाई पार गर्दै सुरक्षित पूर्वक गन्तव्य स्थान पुरयाउछ । अतः हामी सबैले दिर्घकालिन रुपमा हाम्रो सुन्दर भविष्य बनाउने नैतिक आचरण का मुल्य मान्यता लाई पहिचान गरौं ।
हाम्रो जीवनमा नैतिक आचरणको महत्व
हाम्रो जीवन असल बनाउन, अरु हरु सँगको क्रिया र प्रतिक्रिया लाई प्रभाव पार्न र समाजको उत्थान गर्न व्यापक योगदान दिन नैतिक आचरणले महत्वपुर्ण भुमिका खेल्छ । हाम्रो जीवनमा नैतिक आचरण को बहु आयामिक प्रभाव पार्छ र यसले बिभिन्न पक्षहरुमा व्यक्तिगत सम्बन्ध लगायत , व्यावसायिक प्रयास र सामाजिक सदभाव बनाउन महत्वपुर्ण भुमिका खेल्छ ।
बिश्वास बनाउन ः नैतिक आचरण चाहे व्यक्तिगत होस वा ब्यवसायिक क्षेत्रमा होस बलियो बिश्वास को आधार हुन्छ । स्वास्थकर सम्बन्धहरु को लागि बिश्वास जग को रुपमा खडा भएको हुन्छ । व्यक्तिहरु जसले निरन्तर नैतिक आचरण प्रदर्शन गर्छ त्यस्तालाई अरु हरु ले पुर्ण बिश्वास गर्छन र यस किसिमको बिश्वास ले खुला संवाद , सहयोग र अर्थपुर्ण सम्बन्ध लाई बढावा दिन्छ ।
ईमानन्दारि लाई प्रोत्साहित ः इमान दारिले आफनो कार्य लगायत मूल्य मान्यता र सिद्धान्त लाई सहि स्थान मा राख्दछ । नैतिक आचरण ले इमान्दारिता प्रकट गर्छ र के गर्न ठिक हुन्छ भन्ने प्रतिबद्धता प्रदर्शन गर्छ । ईमान्दारि पुर्बक जीवन यापन गर्दा आत्म बल र सबै किसिमको असल कार्यहरु लाई बढावा दिन्छ ।
सकारात्मक सम्बन्ध लाई बढावा ः नैतिक आचरणले सकारात्मक र सम्मानजनक सम्बन्ध सिर्जना गर्न योगदान प्रदान गर्छ । अरु हरु लाई राम्रो, ईमान्दारि र सहानुभूति पुर्बक ब्यबहार गरेमा स्वास्थकर सम्बन्ध गर्न अनुकुल वातावरण सिर्जना गर्छ । सकारात्मक सम्बन्धले भलाई र आफनत्व को भावना लाई योगदान दिन्छ ।
व्यक्तिगत बिकास लाई अघि बढाउँछ ः नैतिक आचरणमा व्यस्त हुने व्यक्तिहरु आफनो व्यक्तिगत बिकास र आत्म सुधार गर्न प्रोत्साहित हुन्छ । जव व्यक्तिहरु नैतिक निर्णय लिन प्रयास गर्छन तिनीहरुमा मुल्य मान्यताको प्रतिबिम्बित हुन्छ र तिनीहरुले आफनो अनुभव र प्राप्त ज्ञान व्दरा आफैले आफैलाई बुझने गर्छ र आत्म छबि को प्रक्रिया व्दरा निरन्तर बिकास, सुखी, सन्तोष र अर्थपुर्ण जीवन बनाउन प्रोत्साहित हुन्छ ।
समुदाय प्रति सदभावना को सिर्जना ः नैतिक आचरण बिशेष व्यक्ति हरुमा मात्र सिमित नभई समुदायको सदस्यहरु मा सम्म फैलिएको हुन्छ । व्यक्तिहरु जो आफनै नैतिक सिद्धान्तमा अडिक रहि रहन्दा समुदायमा बिश्वास, सहयोग र समुदाय को मुल्य मान्यता जस्ता विशेषताहरु को सिर्जना गर्न योगदान दिन्छ । यसले समुदाय प्रति आफनत्व, सदस्यहरुमा सामाजिक एकता र कल्याण को लागि सहयोग को भावनाको जागरण हुने हुन्छ ।
समाजमा न्याय र निष्पक्षता को योगदान ः समाजमा न्याय र निष्पक्षता को स्थापना गर्न नैतिक आचरण को सख्त आवश्यक हुन्छ । जव सामुहिक रुपमा नैतिक व्यबहार लाई प्राथमिकता दिन्छ यसले संस्था को रुप लिन्छ र यस किसिमको ब्यवस्थाले समानता, निष्पक्ष र सबैको भलो हुने वातावरणको बिकास हुन्छ । समाजमा नैतिकता अनुसार व्यबहार गर्छन र यस बाट नैतिक सिद्धान्तमा आधारित समाजको स्थापना हुन्छ ।
व्यवसायिक सफलता ः व्यवसायिक क्षेत्रमा दिर्घ कालिन समय सम्म सफलता प्राप्त गर्न नैतिक आचरण को आवश्यक पर्छ । जव रोजगार दाताको मुल्य र मान्यता अनुसार कामदारहरुले कार्यक्षेत्रमा ईमान्दारि , जवाफदेही, र नैतिक पुर्ण निर्णय को प्रदर्शन गर्छ । अनि सकारात्मक संगठनात्मक संस्कारको बिकास हुन्छ र सामुहिक कार्य तभबm धयचप( लाई प्रोत्साहित गर्छ । यसले संस्था र व्यक्तिहरु को प्रतिष्ठा को बृद्धि हुन्छ ।
बिश्व नागरिक ः नैतिक आचरण कुनै समाज र देशको सिमाना भित्र मात्र सिमित नरहि विश्वको बिभिन्न समुदायहरुमा पनि फैलिन्छ । विश्वको जिम्मेवार व्यक्तिहरुले विश्वको चुनौतीहरु लाई सम्बोधन गर्न भुमिका खेल्छ जस्तो कि वातावरण को मुद्दा, गरिबी र असमानता । बिश्व स्तरको नैतिक पुर्ण निर्णय ले दिगो र निष्पक्ष र आफनो योग्यता अनुसा फल पाउन सकिने कुरा लाई योगदान दिन्छ ।
निष्कर्ष ः नैतिक आचरण, सुख सन्तोष र अर्थपुर्ण जीवनको एउटा अभिन्न अंग हो । यसले सम्बन्ध को रुप दिन्छ , व्यक्तिगत बिकास लाई योगदान दिन्छ र न्याय निष्पक्ष र सदभाव पुर्ण समाज बनाउन महत्वपुर्ण भुमिका खेल्छ ।स नैतिक आचरण लाई प्राथमिकता राख्दा व्यक्तिहरुले तिनीहरुको आफनै जीवन लाई र वरिपरिका व्यक्तिहरु को जीवन लाई पनि सकारात्मक प्रभाव पार्छ ।
३ धैर्यता
बुद्ध धम्ममा धैर्यता लाई उच्च स्थान प्रदान गरेको छ । यो अध्यात्मक मार्ग मा पाइला चाल्न को लागि महत्वपुर्ण गुण हो । पारा मिताको अभ्यास कर्ताहरुले पुर्ण ज्ञान तर्फ प्रगति गर्न धैर्यता को बिकास गर्न अति आवश्यक हुन्छ ।
बुद्ध धम्मको दृष्टिकोण बाट तल धैर्यता लाई उल्लेख गरिएको छ ।
तिन किसिमका धैर्यता हरु
क्षतिमा धैर्यता ः अरु हरु बाट क्षति वा आक्रमण को सामना गर्नु पर्दा प्रतिशोध वा रिस लाई हटाएर सहनु सक्नेह हुनु पर्छ
दुःखमा धैर्यता ः कष्ट, प्रतिकुल र कठिनाई हरु लाई स्विकार्ने र निराशा नहुने र तिनीहरुलाई सांसारिक अस्तित्व को स्वभाविक प्रक्रियाको एउटा अंगको रुपमा बुझ्नु पर्छ ।
धम्ममा धैर्यता ः गहन उपदेशहरु र यसमा भएको क्षमता लाई बुझने र स्विकार्ने साथै शुन्याता र अनात्म चुनौतिपुर्ण भए पनि बुझन कडा प्रयासहरु गर्ने ।
क्रोध को औषधि ः क्रोध र घृणा लाई बिष को रुपमा लिएको छ । जव उत्तेजना को सामना गर्नु पर्दा धैर्यता पक्का औषधि रुपमा कार्य गर्छ किनकि हामिले आवेगपुर्बक प्रतिकार गर्दैन जसले गर्दा नकारात्मक कार्यको सिर्जना हुन बाट रोकिन्छ ।
ध्यान मा सहयोग ः धैर्य पुर्ण मन ध्यानको बेलामा व्याकुलता र अवरोध को बिरुद्ध बढि लचकता हुन्छ । जव तुरुन्त नतिजा नदेखिए तापनि ध्यान कर्तालाई आफनो अभ्यासमा स्थिर भई रहन मदत गर्छ ।
अभ्यासमा स्थिरता ः अध्यात्मक को यात्रा आरोह र अवरोह हुन्छ । चुनौतिहरुको सामना गर्नू परेतापनि धैर्यताले हामीलाई प्रतिबद्धता साथ र लगातार अभ्यासमा रहिरहनु पक्का बल दिन्छ । खैर प्रगति ढिलो हुन सक्छ ।
करुणा लाई बढवा ः धैर्यता ले तिमी लाई हानि नोक्सानी गर्न खोज्ने वा गर्नेहरु, तिनीहरुको आफनो भ्रम र पहिले को कर्म को कारणले गर्दा भएको हो भनि जानि तिनीहरु माथि करुणादायि अवस्थामा रहिरहन मदत दिन्छ ।
अनित्य लाई बुझने ः धैर्यता को अर्को पक्ष हो अनित्यको सबै घटनाहरु बारे पहिचान गर्न संलग्न हुन्छ । धैर्य पुर्ण मानसिकलाई चुनौतिपुर्ण अवस्थाहरु वा गाह्रो लाग्ने भावनाहरु लगायत सबै चिजहरु परिवर्तनशील स्वभाव बारे बुझन मदत गर्छ ।अन्तर सम्बन्ध ः सबै प्राणिहरुको परस्पर सम्बन्ध हुने स्वभाव लाई बुझन ले धैर्यता लाई बढवा दिन्छ । जव हामिले हामीलाई हानि गर्नेहरु लगायत सबै एक आफसमा गहिरो सम्बन्ध र अन्तर निर्भर भएको तथ्यलाई बुझ्नाले सहनशीलता प्राप्त गर्न सजिलो हुन्छ ।
सजगता बाट धैर्यता प्राप्त ः सजगता को अवस्था मा हुदा आफनो प्रतिक्रिया र भावना बाट प्रत्यक्ष धैर्यता प्राप्त गर्ने प्रकृया हो । जव अधैर्य वा क्रोध उठ्छ हामि होसियार हुन्छौ अनि हामीहरुले प्रभावकारी उपाय खोज्न सक्छौं जस्तै लामो सास लिन्छौं वा आवेग पुर्ण को प्रतिक्रिया को नतिजा को प्रतिबिम्ब देख्छ ।
नैतिक बुद्ध धम्म को उपदेशहरुमा धैर्यता बचाउने ढाल जस्तै हो । यसले अभ्यास कर्ताहरूलाई हानि, अपमान, वा प्रतिकुलहरु लाई छेकि मनलाई शान्त र विचलन हटाउन पक्का गर्छ । यो भनिएको छ कि धैर्यताले अध्यत्मकता को द्दढताको जग बनाएर कुनै पनि चुनौति सहन र हटाउन सक्छ ।
३ दैनिक जीवनमा धैर्यता
धैर्यता सफलताको मेरुदण्ड हो । बाटो मा आइपर्नेअबरोधहरु बावजुद लक्ष हाँसिल गर्न यो अटल द्दढ संकल्प हो । कठोर वातावरण झेल्न सक्ने क्षमता, समस्या हल गर्ने स्वभाव जस्ता गुणले समस्याहरुको सामना गर्नु पर्दा पनि अघि बढन बल प्राप्त हुन्छ ।
धैर्यता सबै भन्दा शतिmशालि पक्ष हो र यसको मनोबृति वा मानसिकता रुपान्तर गर्न सक्ने क्षमता रहेको हुन्छ । जब हामि सबै भन्दा कठिन समयमा पनि मुस्किल चुनौतिहरुमा निर्धक्कसँग साथ ै हामि भित्र को शतिm द्दढपना झन बलियो रहन्छ ा ब्यबसायिक तथा ब्यतिmगत जीवन मानसिक द्दढपना महत्वपुर्ण सम्पति को रुपमा हुनेछन् ।
धैर्यता अर्को महत्वपुर्ण पक्ष ब्यातिmगत बिकास हो । जव हामि प्रतिकुलता बाट गुज्रिन्छौ हमिले हाम्रो क्षमता बारे बहुमूल्य पाठ सिक्छौँ । हामि साधन युतm भएको सृजनात्मक पुर्बक बिचार गर्न अनुकुल हुनु । यो पाठले जिवनको हरेक क्षेत्रको हरेक ब्यक्तिगत चुनौतीहरु पार गरि ब्यबसाहिक सफल हात लाउन मदत मिल्छ ।
लगनशीलता लक्ष प्राप्तिको महत्वपुर्ण कडी हो । पहाडको टुप्पोमा पुग्न वा सपना साकार गर्न प्रयासरत हुन्छौ लगनशीलताको विशेषता नै हामीलाई अन्तिम सम्म पुर्याउने हो । लगनशीलता कोगुण नै सबै भन्दा कठिन समयमा गुज्रनु पर्दा पनि अघि बढन शतिm प्रदान गर्दछ ।
लगनशीलता मुस्किल को समयमा अघि बढाउने मात्र नभै पछि सम्म त्यतिकै स्तरमा समर्पण राखि राख्न सक्दछ । े पहिलेको जोश जाँगर हराएर गएतापनि मनभित्र बलेको आगोलाई निरन्तर जलाई राख्न सक्ने क्षमता यसमा हुन्छ । मनमा लक्ष प्रति गम्भीरता र प्रतिबद्धता पहिलेको मात्रामा रहि रहन्छ । लामो अवधि को सफलता हाँसिल गर्न यो नै महत्वपुर्ण कुञ्जी हो । जो कोहि ले जीवनको कुनै क्षेत्रमा सफल प्राप्त गर्न चाहना राख्दछ स। तिनीहरुको लागि लगनशीलता अति आवश्यक गुण हो । अघिल्तिर को मार्ग गाह्रो र समस्याहरु भएको भए तापनि द्दढ संकल्प को साथ निरन्तर अघि बढने प्रकृया हो । द्दढसंकल्प कठोर समस्या संग झेल्न सकनेक्षमता समस्या हल गर्न विशेषता जसले बिघन बाधा लाई पन्छाएर लक्ष हाँसिल गर्न मदत गर्दछ । यो ब्यातिm बिकास र गोप्यमा रहेको क्षमता को उजागर गर्दछ ।
४ लगनशीलता
आध्यात्मिक मार्ग को यात्रामा लगनशील एउटा आवश्यक गुण मानिएको छ । यो पवित्र कार्यहरुको लागि र बोधि ज्ञान तिरको प्रयास हो ।
उर्जा को अन्तर द्दष्टि वा आफनो मानसिक जागरण
तल उल्लेखित मार्गहरु लगनशीलता संग नजिक सम्बन्ध छ ।
ड्ड उत्पन्न हुने तर उत्पन्न नभएको हितकर अवस्था रोक्नु
ड्ड अहितकर अवस्था उत्पन्न भएको लाई जान देउ वा बिर्सिनु
ड्ड उत्पन्न नभएको हितकर अवस्था लाई अगाडि ल्याउ ।
ड्ड उत्पन्न भएका हितकर अवस्थाहरु कायम राख र बृद्धि गर ।
बुद्धि संग सन्तुलन राख ः लगनशील लाई बुद्धि संग सन्तुलन राख्न जोड दिन्छ । बिना विवेक अत्यधिक मेहनत खेर जान्छ वा गलत प्रयास मात्र हुन्छ ।
आलश्यको बिपरित ः बुद्ध धम्ममा ध्यान र अध्यात्मीक अभ्यास को लागि मुख्य बाधा भनेको आलश्यपना हो । लगनशील आलस्य को औषधि को रुपमा कार्य गर्छ । यसले मेहनत र द्दढसंकल्प लाई बढवा दिन्छ ।
ध्यानमा लगनशील ः ध्यान को लागि लगनशीलताको बढि महत्वपुर्ण भुमिका हुन्छ । यसले अभ्यास कर्ताहरूलाई सजक बनाउँछ र निन्द्रा वा सुस्तता आउन नदिई एकाग्रता लाई पक्का बनाउँछ ।
पांच पक्षहरु सँगको सन्तुलन ः लगनशील प्रभावकारी बनाउन लगनशील लगायत बिश्वास, , सजगता, एकाग्रता, र बुद्धि को सन्तुलन हुन आवश्यक हुन्छ । बिश्वास र बुद्धि र लगनशील र एकाग्रता बिचको सन्तुलन विशेषगरि चरम नभई मध्य मार्ग कायम गर्न जोड देउ ।
अरुगुणहरु सँगको सम्बन्ध ः लगनशील अरु गुणहरु संग संगै पनि कार्य गर्छ । जस्तै धैर्यता संग चुनौति को बाबजुद पनि यो स्थिर रहि रहन्छ । बुद्धि संग, सहि ढंगले निर्देशित तर्फ पक्का रुपले प्रयास गर्छ ।
लगनशील अन्ध वा जंगली हात्ति होईन । यो जोश, बुद्धि को साथ लगनशिलतमा अडिक भै जो हितका रि कार्यहरु अभ्यास गर्छन ति अभ्यास कर्ताहरु अन्ततः बोधि ज्ञान को मार्ग तर्फ अघि बढ्छ र तिनीहरुले अध्यमिक यात्रा मा सक्रियता कायम राखि निरन्तर बृद्धि र शुद्धिकरण को खोज गर्छ ।
४दैनिक जीवनमा लगनशीलता
लगनशीलता मानविय गुण हो जुन आफनो उद्देश्य हाँसिल निरन्तर कडा परिश्रम गरि रहन्छ । यो सफलताको लागि आवश्यक समय र परिश्रम खर्च गर्न चाहन्छन् । जस्तै बाधा अडचन को सामना गर्नु परेतापनि विचलन नभई द्दढ संकल्प साथ परिश्रम कायम राख्दछ ।
लगनशीलताको महत्वपुर्ण पक्ष आफनो अगाडि भएको कार्यमा एकत्रित भै रहिरहनु सक्ने क्षमता हो । र परिघटना खासगरी आजको निरन्तर द्रुत गतिमा रहेको संसार संग जोडिएका बिभिन्न घटनाहरुले सजिलै बिचलित हुने हुन्छ तर जेजस्तो गाह्रो साह्रो र दिक्क लाग्ने कार्य भए तापनि जो ब्यतmी लगनशील हुन्छ त्यस्ता कुराहरुलाई ध्यान नदिई आफनो कार्य मा एकत्रित भई रहि रहने क्षमता हुन्छ ।
लगनशिलताकोअर्काे बहुमुल्य कुञ्जी लक्ष निर्धारण र हाँसिल गर्ने क्षमता हुन्छ । लगनसिल ब्यातिmले स्पष्ट र शुद्ध र तोकिएको समय भित्र सम्पन्न हुने लक्षको निर्धारण गर्न सक्ने क्षमता हुन्छ र लक्ष हाँसिल गर्नको लागि अथक रुपमा कार्य गर्दछ । तिनीहरु कार्य मात्र गर्दामा मात्र चित्त बुझदैन तिनीहरुलाई सहि बिकास र उन्नति र सहि नतिजा चाहन्छन् ।
लगनशिलताकोअर्काे प्रशंसनीय गुण भनेको प्रतिकुल अवस्थामा पनि लगनसिल भै कार्य गर्न सक्ने क्षमता हुन्छ । जति सुकै गाह्रो कार्य वा बाटोमा जति पनि बाधा अडचन तेर्सियो पनि लगनसिल ब्यतिm ले परिश्रम गर्न छोड्दैन । तिनीहरु लाई थाहा हुन्छकि तिनीहरुको निरन्तर मेहनत र परिश्रमको फल अन्ततोगत्वा हात पर्छ भन्ने बिश्वास को साथ लक्ष तर्फ अघि बढदै जान्छ ।
छोटकरीमा भन्नु पर्दा जो कोहि जिवनमा सफलता प्राप्त गर्न चाहाना छ भने लगनशीलताको आवश्यकता पर्दछ । यो सबै गुणहरुको जस्तै अनुशासन मानसिक एकत्रित द्दढ संकल्प आदि जग हो । लगशिलता बिना सहि मूल्य वा महत्व प्राप्त गर्न सम्भव हुदैन । लगनशील भएमा जे पनि सम्भव हुन्छ
५ध्यान
बुद्ध धम्ममा अव शोषण ध्यान अति महत्व पुर्ण पक्ष मानिएको छ । अव शोषण ध्यान भन्नाले गहिरो ध्यानको अवस्था हो जहाँ मन पुर्णरुपमा ध्यानको बस्तुमा लिन हुनु हो ।
बुद्ध धम्ममा ध्यानको प्रकृति ः अव शोषण ध्यान गहिरो एकाग्रता अवस्था जाहां जव मन पांच किसिमका हानीकारक हरु बाट स्वतन्त्र हुन्छ । पांच किसिमका हानिकारकहरुमा, खराब ईच्छा, मन यताउति हुनु, बेचैनी, चिन्ता, र शंका हुन ।
चार रुप ध्यान ः अवशोषनण ध्यान रुपको संसार संग सम्बन्धित ध्यान हो ।
पहिलो ध्यान ः यस ध्यान बिचारको प्रयोग हुन्छ ,ध्यानमा बिचार टिकिरहन्छ ा यसको विशेषता एकान्तले दिने खसुशि र सुखको भावना हो ।
दोश्रो ध्यान ः मन बढि एकाग्र हुन्छ र मनले बिचार लाई छोड्छ र गहिरो खुशी र सुखमा डुब्छ
तेश्रो ध्यान ः खुशीको अनुभव फिक्का हुदै जान्छ । सुखको सागर मा डुब्नु र सजगता को अवस्था हो।
चौथौ ध्यान ः खुशी र सुख हराउँछ र मन लाई गहिरो ध्यान र सजगता तर्फ लान्छ । शरिरमा कुनै बाधा अडचन ले ध्यान लाई हानि हुने हुदैन । जुन आनन्द र कष्ट बाट धेरै टाढा जानु हो ।
चार अरुप ध्यान ः यो अव शोषण ध्यान अरुप संसार संग सम्बन्धित छ ।
ड्ड रुप भन्दा टाढाको अनुभव तर्फ जाने ।, ध्यानिले अनन्त आकाश को अनुभव गर्छ
ड्ड अनन्त चेतना मा आधारित ः यहां पहिलो ध्यान चेतनाले अनन्त आकाश को ध्यान गर्छ ।
ड्ड शुन्यतामा आधारित ः शुन्यता को अनुभव गर्न ध्यानि ले अनन्त चेतना भन्दा पनि पर ध्यान गर्छ
ड्ड न अनुभव न अनुभव बिहीन पनि होईन मा आधारित ः यो अरुप अवस्थाको अति सुक्ष्म अव शोषण ध्यान हो ना यो पुर्ण अनुभवात्मक न पुरै अनुभवात्मक बिहीन ।
उद्देश्य र भुमिका ः ध्यान गहन र आनन्दित अवस्थाको हो र बुद्ध धम्म अनुसार यसको अन्त छैन । यसले पहिराई तिर जानको लागि ठाउँ (मंच) प्रदान गर्छ । ध्यानले मन लाई शान्त र तिखो पार्छ । यसले सत्यको स्वभाव बुझन बढि सक्षम हुन्छ ।
अन्तर्दृष्टि सँगको एकिकरण ः थेरवादमा एकाग्रता संग एकिकरण गर्न पूरा जोड दिन्छ । कोहि ध्यान कर्ताले पहिले ध्यान र अनि अन्तर्दृष्टि को लागि एकाग्रता को प्रयोग गर्छ ।
महायानमा ध्यान ः महायान परम्परामा ध्यान बढि महत्व प्रदान गरेको छ । यस यानमा ध्यान को अर्को रुप जस्तै शुन्यता को सजगता वा बोधि चित्त प्राप्त गर्न ध्यान गर्छ । पुर्ण ज्ञान हाँसिल गर्न सबै प्राणिहरुको भलाइको लागि परोपकारी दृष्टिकोण राखि ध्यान को अभ्यास गर्छ ।
निपुण ता र लचकता ः ध्यानमा गर्दैमा ध्यानमा निपुण ता प्राप्त हुने होईन तर ध्यानमा बाहिर र भित्र गर्न सक्ने लचकता क्षमता र कुशलतापुर्बक प्रयोग गरी बुद्धि र करुणा लाई बढवा दिनु सक्नु पर्छ ।
बुद्ध धम्ममा अव शोषण ध्यान अनुभावात्मक बौद्धिकता प्राप्त गर्न शक्तिशाली माध्यम हो , अन्तिम लक्ष साधरण अवस्था भन्दा धेरै टाढा को अवस्था हो । यसको उद्देश्य सत्यको वास्तविक स्वभाव बुझन र दुखकाट छुटकारा पाउनु हो ।
५ हाम्रो दैनिक जीवनमा ध्यान वा मानसिकता को एकाग्रता
मानसिकता को एकाग्रता शिपको चुरो हो र यो ब्यातिmको बिकास र सर्बपरि कल्याण को लागि आवश्यक तत्व हो । या बिशेष किसिमको कार्य वा बस्तुमा कसैको ध्यान एकत्रित गर्ने क्षमता र मानसिक उर्जा संग सम्बन्धित रहन्छ । यसले ब्यातिmको जिवनको हरेक पक्ष मा महत्वपुर्ण प्रभाव पार्छ ।
मानसिकता को एकाग्रता शैक्षिक तथा ब्यवसायिक सफलता महत्वपुर्ण भुमिका रहेको हुन्छ । ब्यातिm जो पढाईमा वा ब्यबशायमा एकाग्र हुन सक्दछ भनेका र सुनेका सम्झिरहने आफुलाई दिएको जिम्मेवारी कुशल तथा प्रभावकारी ढंगले सम्पन्न गर्दछ र अनुकुल निर्णय गर्दछ ।
मानसिकता को एकाग्रता आफनो बिकास र लक्ष हासिल गर्नको लागि महत्वपुर्ण हुन्छ । यसले आफनो अगाडि को कार्यमा मन एकाग्र हुन पुग्दछ र लक्ष तर्फ अय्रसर भै कार्य गर्न उत्रन्छ । लक्ष चाहे शिक्षा क्षेत्र को होस या ब्यवसायिक बा ब्यातिmगत होस । साथै मनको एकाग्रता ले समयको ब्यबस्थापन प्रभावकारी ढंगले गर्ने हुदा जुन लक्ष हासिल गर्न आवश्यक हुन्छ ।
मानसिक एकाग्रता स्वासथ्य मानसिक तथा शरिरको लागि अवश्यक हुन्छ । यो तनाव कम गर्न, स्मरण शतिmमा सुधार मन मस्तिष्क सक्रिय बनाउँछ । जिवनको तनाव कम गर्न सक्ने क्षमता राम्रो सिक्न र काम गर्न समाज प्रति उत्तरदायी हुन सक्ने मदत पुरयाउदछ ।
मानसिक मनको एकाग्रता स्वयम अनुसशित र स्वयम नियन्त्रण को लागि महत्वपुर्ण भुमिका रहेको हुन्छ । जव कुनै कार्यमा ध्यान एकात्रित गर्न सक्षम हुन्छ तव व्याकुलता र आवेगहरु पन्छाउन सक्ने क्षमता हुन्छ । यसले लक्ष भेदन गर्न सकिने ट्रयाकमा रहिरहन सहयोग गर्दछ ।
मनको एकाग्रता हो जुन शीप ब्यातिmकोसर्वाेपरि बिकासको लागि महत्वपुर्ण भुमिका रहेको हुन्छ । ब्यातिm बिकास शैक्षिक ब्यवसायिक क्षेत्रमा सफलता र लक्ष प्राप्त गर्न को लागि जिवन सुखी शान्ति समृद्धि लागि मनको एकाग्रता जस्तो शिपको चुरा नै हो । मनको एकाग्रता को बिकाशले स्वच्छ मानसिक र स्वस्थ्य शरिर स्वयम अनुशासित र नियन्त्रण उत्पादनशील जिवनको हर चाहनाहरुप्राप्त गरि सफल जिवन ब्यतित गर्न सक्दछ ।
बैज्ञानिक कारणहरु
मनको एकाग्रता यो बिशेष किसिमको कार्य वा बस्तुमा कसैको ध्यान एकत्रित गर्ने क्षमता र मानसिक उर्जा संग सम्बन्धित रहन्छ । यसले ब्यातिmको जिवनको हरेक पक्ष मा महत्वपुर्ण प्रभाव पार्छ । किन मनको एकाग्रता महत्वपुर्ण छ यसको पछाडि बैज्ञानिक कारणहरु यस प्रकार छन ।
मस्तिष्कको कार्य
मनको एकाग्रता मस्तिष्क कोे ध्यान र यसको जालो संग सम्बन्ध रहेको छ । ध्यान र यसको जालो मस्तिष्क को धेरै अंगहरूले बनेको हुन्छ फ्रन्टल करटेक्स पेराईटल करटेक्स र इन्टेरियर सिंगुलेट करटेक्स यि सबै अंगहरु मिलेर ध्यान लाई नियन्त्रण गर्दछ र व्याकुलता र आवेगहरुलाई छानेर सामुन्ने मा भएको कार्यमा ध्यान लाई एकत्रित गर्दछ ।
डोपामिन
डोपामिन न्युरोट्रान्समिटर मनको एकाग्रताको लागि महत्वपुर्ण भुमिका खेल्छ । ध्यान र प्रेरणा संचालन गर्नमा डोपामिन जिम्मेवार हुन्छ र यो मस्तिष्कमा कार्य गर्नेप्रणालि हो । निम्न स्तरको डोपामिन ध्यान सम्बन्धि समस्या र गाह्रो हुने हुन्छ ।
तनाव
तनावले मनको एकाग्रता महत्वपुर्ण प्रभाव पार्छ । तनाव हर्मोन जस्तै कि कोरटिसोल ले मस्तिष्कमा चाहिने नचाहिने धेरै कुराहरु उब्जाउँछ । कुनै बिशेष कार्यमा मनलाई एकत्रित गर्न मुूस्किल बनाउँछ । दिर्घ तनाव ले पिडित हरुलाई मस्तिष्क मा नै परिवर्तन ल्याउने गर्दछ प्रिफ्रनटल कोर्टेक्स जसले ध्यान दिने कार्यमा नकारात्मक प्रभाव पार्छ ।
पर्याप्त निन्द्रा
मनको एकाग्रता को लागि पर्याप्त निन्द्रा को आवश्यकता पर्दछ ।
सुतिने बेला मस्तिष्क ले सम्झनाहरु सुद्दढ गर्दछ र सूचनाको लागि तयार पर्दछ । । यो कार्य ध्यानको लागि आवश्यकता पर्दछ । निद्राको अभावमा ध्यान को लागि समस्या हुने र मन लाई एकत्रित गर्न गाह्रो हुन्छ ।
नियमित व्यायाम
नियमित व्यायाम पनि मनको एकाग्रता संग जोडिएको हुन्छ ।
व्यायाम ले मस्तिष्कमा रतm बहाव बृद्धि गर्दछ । फलस्वरुप मस्तिष्कम सकारात्मक प्रभाव पर्दछ जसले गर्दा ध्यान गर्न मदत पुग्दछ । साथै व्यायाम ब्रेन डेराईभ न्यट्रोफिक फयाकटसर संग पनि जोडिएको हुन्छ । यो प्रोटिन हो यसले मस्तिष्क कोसीकाहरूलाई बृद्धि र बाँच्न को लागि सहयोग गर्दछ ।
सारंस
मनको एकाग्रता मनको एकाग्रता जटिल मस्तिष्क कार्यबिधि जुन मस्तिष्कको धेरै अंगहरु को कार्य संग नजिक सम्बन्ध रहेको छ । जस्तै मस्तिष्क कार्यमा डोपामिनले तनाव कम गर्न, व्यायामले निन्द्रा र मनको एकाग्रता बनाउनमा भुमिका खेलेको हुन्छ । मनको एकाग्रता सम्बन्धि बैज्ञानिक कारणहरु लाई ध्यानमा राखि मनको एकाग्रता गर्ने कार्यमा सुधार गर्दै मनको एकाग्रता कायम गर्न प्रयास को लागि कदम चाल्नु पर्दछ ।
६ बुद्धि वा प्रज्ञा
बुद्ध धम्ममा बुद्धि लाई धम्म को मुटु मानेको छ र यसमा सत्यताको सहि स्वभाव को गहन जानकारी हुन्छ । बुद्धि बौद्धिक ज्ञान बाट होईन तर यो अनुभवात्मक जानकारी जुन अध्ययन र ध्यान बाट प्राप्त हुन्छ । यो बुद्ध धम्मको मार्गको प्रमुख अंग हो । बुद्ध धम्मको परिप्रेक्षमा बुद्धि को गहिराई पुगि बुद्धि बारे पत्ता लगाउने हो । प्रज्ञा को गहिराईमा निम्न बिषयहरुमा गहनरुपले बुझन आवश्यक छ ।
चार आर्य सत्य बारे बुझ ः दुख सत्य हो, दुःखको कारण, दुःखको समाप्ति र दुःखको अन्त को मार्ग, यि चार आर्य सत्य हुन । यि चार आर्य सत्य बुद्ध धम्म को आधारभुत सिद्धान्त हुन । यि चार आर्य सत्यहरु बारे गहिरेर बुझ । बुद्ध धम्म यि चार आर्य सत्यहरु र तल उल्लेखित विषयहरु बारे माथि बर्णन गरिएको छ ।
अनित्य लाई बुझ ः यहां सबै बस्तु परिवर्तनशील छन । कुनैपनि चिज स्थिर वा स्थाई रहन्दैन लगायत हाम्रो आफनो, जीवन हाम्रो भावना हाम्रो बिचार र हाम्रो वरि परि को संसार । यस लाई राम्रोरि बुझयो भने क्षणिक बस्तुहरु बाट हामीलाई छुटकारा पाउन मदत मिल्छ ।
अनात्मा लाई बुझ ः यहां स्थिर वा स्थाई केहि छैन । सबै प्राणिहरुमा परिवर्तन नहुने केहि छैन । त्यसकारण प्रणिहरुमा आत्मा जस्तो अपरिवर्तनिशिल बस्तु हुदैन । हरेक प्रणिहरुमा आत्म जुन परिवर्तन हुदै नहुने बस्तु हुन्छ भनि बूझनु यो गलत बुझाई हो ।
दुख बुझ ः सबै घटनाको अवस्था बारे गहन जानकारी गर र अनित्यको प्रकृति लाई नित्यको रुपमा बुझ्नाले सन्तोष प्रदान गर्न सकिदैन् । यहि नै दुःख को कारण हो
ेपुर्ण ज्ञान ः महायान बुद्ध धम्ममा प्रज्ञा पारा मिता को अर्थ सबै घटनाहरु को शून्यता बारे गहन जानकारी गर्नु हो । यसको अर्थ हो सबै घटनाहरु अस्थित्वमा अन्तर्निहित को कमि र अवस्था को कारण ले उत्पन्न हुन्छ । यो बुझ्नाले अज्ञानता र भ्रम को जरा नै उखेलिने छ ।
निर्भर उत्पति ः सबै घटना को उत्पति धेरै अवस्थाहरुमा निर्भर हुन्छ , अलग कुनै पनि बस्तुको अस्थित्व हुदैन ।
ध्यानमा प्रत्यक्ष अन्तर्दृष्टि ः जव ध्यान मार्गमा प्रगति गर्छ प्रत्यक्ष अन्तर्दृष्टिले सत्यको प्रकृति को गहन अनुभव गर्न सकिन्छ ।
प्रज्ञा द्वारा भ्रम को निवारण ः बुद्धि हाँसिल गर्नुको अन्तिम लक्ष नै भ्रम र अज्ञानता हटाउनु हो जुन दुःखको मुल जरा हो । जव कसैले अनित्य, अनात्म र दुख को सत्यता लाई पुर्णरुपले बुझ्छ र महसुस गर्छ अनि मुक्ति प्राप्त हुन्छ ।
बुद्ध धम्मअनुसार बुद्धि वा प्रज्ञा परिवर्तनकारी ज्ञान हो । यसलाई बुझेर जसले कार्य गर्छ तनिहरु दुख र पुनर्जन्म बाट छुटकारा हुन्छ । यो बोधि ज्ञानको अंग हो र यो अध्ययन र ध्यान को अभ्यास बाट मात्र प्राप्त हुन्छ ।
६दैनिक जीवनमा बुद्धि
बुद्धि एउटा जटिल तथा बहुआयामिक बैचारिक जसलाई मानविय इतिहासमा लगातार सम्मानित द्दष्टिले हेरिएको छ । बुद्धि को चुरो कुरा भन्नुनैे बुझन सकिने क्षमता सर धेरै राम्रो जिवन ब्यतित गर्न ज्ञानको प्रयोग हो । सहि फैसला र निर्णय जिवनको जटिलता बाट मार्ग पहिलाई आफैले आफुलााई पहिचान गरी उत्कृष्ट जिवन ब्यतित गर्न सकिने क्षमता हो ।
ज्ञान बुद्धि को महत्वपुर्ण घटक हो । बुद्धि ज्ञानको जगमा उभिएको हुन्छ । ज्ञान हामि अध्ययन अनुभव र देखेर र सुनेर प्राप्त गर्न सक्छौं । ज्ञान मात्र भएर हुन्न यसलाई बुझन सक्नु पर्दछ र यसको अर्थपुर्ण तरिका ले प्रयोग भएको हुनु पर्दछ । बिभिन्न किसिमका ज्ञानहरु का टक्र टाक्रि हरु जोडेर राम्रो ठुलो तस्बिर देख्ने गरि बनाउन सकिने क्षमताको आवश्यक हुन्छ ।
बुद्धिको अर्का महत्वपुर्ण पक्ष भावानात्मक बुद्धि हो । आफनै भावना बुझन प्रयोग, ब्यबस्थापन गर्न सक्ने क्षमता र सकारात्मक तरिकाले तनाव लाई राहत प्रदान दिने साधन हो । बुद्धि ले प्रभावकारी ढंगले सम्बाद गर्न, साहनुभुति प्रकट गर्न, चुनौति हरुलाई समाधान गर्न र झगडा लाई शान्त पार्न सहयोग गर्छ । बुद्धि भन्नाले सहि बुझने मात्र होईन यो हाम्रो र अरुको भावनालाई बुझने साधन पनि हो ।
बुद्धि मा आलोचनात्मक रुपमा वस्तुगत रुपमा सोच्ने सक्ने क्षमता हुन्छन । बुद्धिमा सुचना र बहस, तर्क हरुको विश्लेषण र अनुगमन गर्न सक्ने सहि र गलत छुटाउन सकिने क्षमता हुन्छ । यसमा सहि फैसला गर्न र धोका पुर्ण हो कि होईन र हेरफेर गरे नगरेको क्षमता हुन्छ ।
बुद्धिमान ब्यातिm संग नम्रता हुन्छ । तिनीहरु आफनो ससिमित्ता को होस हुन्छ । तिनीहरु सिक्न र बिकास गर्न तत्पर हुन्छन । तिनीहरु सबै कुरा को उतर भएको दाबि गर्दैन । तिनीहरु सधै नयां नयां ज्ञान र अनुभवको खोजिमा रहेको हुन्छ।
बुद्धि त्यो चिज होईन जुन एकै रातमा प्राप्त गर्न सकिने । यसको लागि आफनो सुधार को लागि प्रतिबद्धता र गल्ति बाट सिक्न ईच्छा हुन्छ । यो आफु भित्रको शान्ति र सन्तुलन ज्ञान जुन साँचो बुद्धि हामि भित्र बाट प्रस्फुटन हुन्छ ।
बुद्धि बहुमूल्य सम्पति हो यसले सुन्दर जिवन र सकरात्मक अन्तर द्दष्टि को बिकास गरि जिवनको जटिलता लाई समाधन गर्दै । यसको मूल आधार ज्ञान, नम्रता र बुद्धिमता भावनाको महत्वपुर्ण बिचार हो । योे आफनो सुधार, प्रतिबद्धता, गल्ति बाट सिक्ने चाहना जीवनभर जारि रहने कार्य हो । ज्ञान मात्र भएर हुदैन ज्ञानको अर्थ पुर्ण र प्रभावकारी रुपमा प्रयोग गर्नेक्षमता हुनु पर्छ । यो नै जिवनको हर चाहनाहरुको आपूर्ति र अर्थपुर्ण जिवन को कुञ्जी हो ।
तपाइँको नेपाली शब्दहरू यहाँ जाँच गर्नुहोस्