पंच बिष
बिष भन्नाले ति तत्वहरु हुन जसको हानिकारक प्रकृति हुन्छ र व्यक्तिहरुको मानसिक अवस्थालाई कुप्रभाव पारि तीनिहरुलाई दुख तर्फ लान्छ । पंच बिष अन्तर्गत अज्ञानता, लगाव, घमण्ड,
१अज्ञानता
अज्ञानता लाई बौद्ध धम्मा पहिलो र आधारभुत बिष (दुखः) मानिन्छ । अज्ञानता सबै दुःखको बिषहरु को जरा को रुपमा हेरिन्छ , किनभने यो गलत धारणा को मुल जरा हो । यसले धेरै अरु नकारात्मक अवस्थाहरूको सिर्जना गर्छन । बौद्ध धम्ममा अज्ञानता लाई महत्वपुर्ण स्थान किन ओगटेको छ भने यसले अरु धेरै सकारात्मक र नकारात्मक कार्य, बिचार र भावनाहरू पत्ता लगाउन मदत दिन्छ ।
अज्ञानता गलत अर्थ लाउने आधार ः अज्ञानता ज्ञानको कमि वा असचेत हुनु मात्र होईन स। यसले सत्यको सहि प्रकृति लाई गलत गरि बुझने र यसले अन्तर निर्भरता, क्षणिक र अन्तर्निहित मा कमि, निश्चित सार को मुलभूत सत्यता लाई नबुझि बरु घटनाहरु र आफैलाई समेत स्वभाबिक रुपमा अस्थित्व, ठोस र नित्य ठान्छन् ।
निर्भर उत्पति को चक्रको स्रोत ः बुद्ध धम्मले निर्भर उत्पति को सिद्धान्त सिकाएको छ । निर्भर उत्पति लाई प्रष्ट बनाउन को लागि उदाहरण रुपमा निर्भर उत्पति चक्र प्रस्तुत गरेको छ । यस अनुसार कारण र अवस्थाहरु ले दुख तिर लान्छ । यस चक्र अज्ञानता बाट शुरु हुन्छ । यसको प्रभावले मानसिक गठन सिर्जना हुन्छ , जुन चेतना हुदै जन्म बृद्ध र मृत्यु सम्म पुगि अन्त हुन्छ । यो चक्र पुनर्जन्म को बिधि र सांसारिक जीवनमा सदा को लागि दुख झेलिरहनु पर्ने उदाहरण प्रस्तुत गरेको छ ।
अज्ञानता अन्य अरु कष्टहरूको जरा हुन ः हानिकारक भावनाहरू र मानसिक अवस्था जस्तै लगाव (मोह) र घृणा उत्पन्न हुने कारणहरु को मुल जरा नै अज्ञानता हो । सत्यतालाई गलत बुझाइको कारण आनन्द वा सुखद दिने बस्तुहरूमा हामि टाँसिन्छौ र आनन्द नदिने लाई हामि अस्विकार गर्छौ । यस किसिम को प्रतिक्रिया, गलत बुझाई को आधार हो र यो नै दुःखको मुल स्रोत हो ।
सहि बुद्धि र बोधि ज्ञान प्राप्ति को लागि बाधा ः जव सम्म हामी अञ्जानको पन्जामा हुन्छौ बास्तविक बुद्धि अर्थात सत्यता को सहि प्रकृति को बोध उत्पन्न हुन सक्तैन । यो एउटा यस्तो पर्दा हो जसले साँचो घटना को स्वभाव अस्पष्ट बनाउँछ र यो ज्ञान बुद्धि हाँसिल व निर्वाण प्राप्त गर्नुमा मुल बाधा को रुपमा खडा हुन्छ ।
कर्म सँगको अन्तक्र्रिया ः अज्ञानताको कारण ले कर्मको सिर्जना गर्छ । यि कर्महरूले सत्यता माथि गलत अवधारणाले कार्य गर्छ ा फलस्वरुप दुःखको चक्रमा निरन्तर रहनु पर्छ । अज्ञानतालाई जरा देखिनै उखेलेर फालि दिए पछि मात्र कुनै पनि बस्तु वा कार्यहरु लाई स्पष्ट साथ बुझि कार्य गर्न सक्छ र नकारात्मक कर्महरु जम्मा हुने क्रम रोकिन्छ ।
बुद्ध धम्ममा अज्ञानताको औषधिको रुपमा बुद्धि र ज्ञान आर्जन गर्नु हो ः यस परिप्रेक्षमा ज्ञान र बुद्धि को अर्थ हो प्रत्यक्ष बुझ्नु र सत्यताको घटनाको स्वभाव को बोध गर्नु हो । बिशेष गरि अनित्य, अनात्म र चित्त नबुझ्ने अवस्था बारे सत्यता बोध गर्नु हो । ज्ञानको बिकास गर्नसु को लागि अध्ययन, चिन्तन मनन र ध्यान को माध्यम बाट ज्ञान को हाँसिल गर्न सकिन्छ र ज्ञान को ज्योति ले अज्ञानताको अन्धकार हटाउन सकिन्छ र मन लाई उज्वल पारि दुख बाट मुक्ति को मार्ग तर्फ प्रस्थान गर्न सकिन्छ ।
ब्यवहारिक जीवनमा अज्ञानता
अज्ञानता हामीहरुको जीवनको धेरै पक्षहरु हानिकारक हुन्छ । यसले धेरै दुख, निराशा, भ्रम र सबै भन्दा खराब अवस्था बनाउँछ ।
अज्ञानता भनेको कुनै बिशेष बिषयमा ज्ञान नहुनु हो र यो मूर्ख वा लठुवा को रुप पनि होईन ।
कसैलाई पनि सम्पुर्ण विषयहरुको ज्ञान हुदैन । जस्तोकि चिकित्सक लाई ईन्जिनियरिङ. विषयको ज्ञान हुदैन त्यस्तै र्इिन्जनियरलाई चिकित्सा विज्ञानको, त्यस्तै गरि साहित्यकार लाई रसायन शास्त्रको ज्ञान हुदैन ।
यहां धेरै क्षेत्रहरु यस्ता छन जांहा गल्ति गरेमा क्षमा पाउन सकिन्छ तर यस्ता यहां क्षेत्रहरु पनि छन जांहा गल्ति भएमा सजाय भोग्नु नैै पर्ने हुन्छ जस्तै कानुन थाहा छैन भन्दैमा कानुनले माफ दिदैन अर्थात कुनैपनि कानुन बिपरित कार्य गरेमा मलाई नियम थाहा भएन भन्दैमा सुख पाईदैन तपाई माथि कानुन अनुसार कार्यबाही हुन्छ । त्यस्तै बैंक वा बितिय संस्थाहरु बाट कर्जा लिएमा कर्जाको को ब्याज निरन्तर बृद्धि भैरहेको हुन्छ । बैंक वा वित्तिय संस्था लिने ब्याज बारे मलाइ थाहा वा राम्रो ज्ञान भएन भनेर सुख पाईदैन कुनै पनि हालतमा ब्याज तिर्नै पर्छ । यस्तै गरी यस्ता धेरै क्षेत्रहरु छन जांहा अज्ञानता को कारण ले गल्ति गर्नाले सामाजिक प्रतिष्ठा, आर्थिक क्षति र ज्यान समेत जान सक्ने पनि हुन्छन ।
भेदभाव र पुर्वग्राहि को पछाडि को शतिm नै अज्ञानता हो । स अतः कुनै पनि कार्य गर्नु भन्दा पहिले के गर्दै छ सो सम्बन्धि सोच्ने बिचार गर्ने र आवश्यकता परेमा अन्य जानकारहरु संग सर सल्लाह लिई ठिक ठिक लाग्छ भने त्यो कार्य गर्न राम्रो हुने हुन्छ तर त्यस सम्बन्धि जानकारी छैन भने तिमीले आफुलाई अज्ञानी भनेर ठान्नु पर्दछ र त्यस्ता कार्यहरु गर्न उपयुक्त हुदैन ।
जीवनको यात्रामा अज्ञानतालाई मान्य हुदैन र अज्ञानता बाट हुने नतिजा लाई टार्न सकिदैन् । जीवन आई पर्ने सामाजिक, शारिरिक, मानसिक तथा आर्थिक समस्याहरु अज्ञानता को नै मुख्य भुमिका हुन्छ स।
अज्ञानता संग लडाई गर्न समर्पण, ईच्छा शतिm र प्रयास हरुको जरुरत पर्दछ ा साथै यसको लागि मनलाई खुला राख्नु पर्छ र आवश्यक ज्ञान सिक्न पर्ने हुन्छ । कार्य गर्नु भन्दा पहिले एकपल्ट सोच्ने बानि बसालि कार्य थालनी गर्नु राम्रो बानि हो ।
अज्ञानता ले हामीलाई तल तिर धकेल्छ र अघि बढन रोक्छ । यसको एउटै उपाय हो ज्ञानको तलास । अतः कुन अवस्थामा कस्तो ज्ञानको आवश्यकता पर्दछ त्यस किसिमको ज्ञान को तलास गर्न यथेष्ट प्रयास गर्नु पर्दछ ।
अज्ञानता, बिशेष विषयहरुको सवालहरु वा अवस्थाको ज्ञान, बुझाई वा चेतना को कमि हो । अज्ञानता सामान्य अवस्था हो र प्राय सबै जसो ब्यतिmहरुमा यसको प्रभाव पर्दछ । तर यसलाई पहिचान गर्न र सम्बोधन गर्न नसकेमा नकारात्मक परिणामहरु भोग्नु पर्ने हुन्छ । यहां केहि मुख्य बुँदाहरु अज्ञानता बारे तल उल्लेख गरिएको छ ।
अज्ञानता कारणहरु ः अज्ञानता बिभिन्न तत्वहरु को कारणहरु हुन सक्छ । जस्तै शिक्षाको कमि, गलत सुचना, पुर्बग्रहि र चेतनशील क्रियाकलापको सीमितता । कतिपय अवस्थामा प्राप्त सुचना व्यक्तिहरुको मूल्य र विश्वासलाई चुनौति दिने खालको हुदाँ पनि उसले जान जानि बेवास्ता गर्ने वा आलाड. टालन गर्ने हुन्छ ।
अज्ञानता प्रभावहरू ः अज्ञानता ले ब्यतिmहरु र समाजमा मा बिभिन्न नकारात्मक श्रृखला र प्रभावहरू हुन्छन । गलत बुझाई गर्दा ब्यतिmहरुमा र समुहमा द्वन्द र अबिस्वास को वातावरणको सृजना हुन्छ । यसले हानिकारक क्रियाकलाप वा निर्णय जस्तो कि भेदभाव, पुर्वग्राहि आदि । अज्ञानताले ब्यतिmहरुको मौकाहरू र बृद्धि तथा बिकास र विज्ञानको प्रबिधि, समाजिक न्याय जस्ता क्षेत्रहरुको उन्नतिमा बाधा पर्दछ ।
अज्ञानता हटाउन ः अज्ञानता हटाउन शिक्षा, गहिरो चिन्तन र खुला दिमाग को आवश्यकता पर्दछ । बिशेष बिषयमा आफैले आफुलाई शिक्षित बनाउन पर्दछ । यसबाट मिथक र गलत धारण हटाउन मदत गर्दछ र त्यस सम्बन्धि जानकारी र चेतनाको बृद्धि हुन्छ । आवश्यक बिषयमा गहिरिएर चिन्तन गर्ने,े सुचना तथा तर्क लाई वस्तुनिष्ठ रुपमा मूल्याड.कन गर्न शीप वा कला को बिकास गर्ने र यस बाट र धारण र पुर्बग्रहि पहिचान गर्न मदत प्राप्त हुन्छ । खुल्ला दिमागले उठेका नयां नयां बिचारहरू ग्रहण गर्दछ र यसले हाम्रो आफ नो बिश्वास मूल्यहरूलाई बढवा दिन्छ र चुनौति हरुलाई सामना गर्न मदत प्राप्त हुन्छ ।
समाजमा भएको अज्ञानता लाई सम्बोधन ः सामाजिक स्तरमा अज्ञानता लाई सम्बोधन गर्न, सामुहिक प्रयास, शिक्षा को प्रबर्धन, सत्यमा आधारित सम्बाद र समावेशिता को आवश्यक पर्दछ । यसले शिक्षा मा सुधार, साक्षरता को प्रबद्र्धन र विविधता लाई प्रोत्साहाजनक संस्कृति को आदान प्रदान पहल गर्न मदत पुग्दछ । घटनामा आधारित ब्यबहार र नीति सृजना गर्न मदत दिन्छ र निष्पक्षता र समानता को प्रबद्र्धन गर्छ ।
निष्कर्षमा अज्ञानता ले ब्यातिmहरु र समाजमा मा बिभिन्न नकारात्मक श्रृखलाहरुमा प्रभाव हुने घटनाहरु सामान्य अवस्था हो । यसले सबै ब्यतिmहरुको स्तरमा प्रभाव पर्दछ र यदि यसलाई समयमा पहिचान गर्न र सम्बोधन गर्न नसकेमा महत्वपुर्ण नकारात्मक परिणामहरु भोग्नु पर्ने हुन्छ
अज्ञानताको बेफाइदा
गलत बुझाई ः ब्यातिmहरु र समाजमा बिभिन्न श्रृखला, नकारात्मक प्रभावहरू हुन्छन । अज्ञानताको कारण ले गलत बुझाई र सूचनाको गलत ब्याख्या ले द्वन्द र भ्रम तर्फ लान्छ । जव ब्यतिmहरु मा कुनै बिशेष बिषयमा जानकारी हुदैन तिनीहरुले गलत निष्कर्ष निकाल्छ र धारणा बनाउँछ वा गलत सुचना अनुसार कार्य गर्दछ ।
पुर्बग्राहि ः अज्ञानताले पुर्बग्राहि र भेदभावको जन्म दिन्छ । ब्यतिmहरुमा बिभिन्न संस्कृति, धर्म, जिवन शैली बारे बुझाई र ज्ञानको कमि ले गर्दा तिनीहरुमा पुर्बग्राहि निष्पक्षताहिन र असत्य धारण हुन्छ । फलस्वरुप हानिकारक कार्यहरु वा निर्णय गर्दछ ।
बृद्धि र बिकासका अवसरहरुको सीमितता ः अज्ञानताले ब्यातिmको बृद्धि र बिकासका अवसरहरु सिमित गर्दछ । जव ब्यातिmहरुमा बिशेष बिषय बारे जानकारी हुदैन सिक्ने अवसरहरु गुमाउँछ र नयां बिचारहरू तर्फ लाग्दछ ।
स्वस्थ्य को जोखिम ः अज्ञानताले स्वस्थ्य को जोखिम तर्फ लान सक्छ । जव ब्यातिmहरुमा स्वास्थ्य बारे राम्रो ज्ञानको कमि हुन्छ , तिनीहरु स्वस्थ्य खराब हुने ब्यबहारहरूमा ब्यस्त रहनु सक्छ र तिनीहरु आवश्यकता भएको बेला औषधि गर्न बिफल हुन्छ ।
राजनीति र सामाजिक अशान्ति ः अज्ञानताले राजनीति र सामाजिक अशान्ति सिर्जना गर्न सक्छ । जव ब्यतिmहरुमा नागरिक हक र जिम्मेदारी को ज्ञान हुदैन तिनीहरु प्रजातान्त्रिक ब्यवस्थामा सहभागि बन्न बिफल हुन्छ
२ लगाव वा लोभ
लोभ को स्रोत लगाव हो । बस्तुहरु, अनुभवहरु र बिचारहरू मा अडिग भई अत्याधिक ईच्छा गर्नु वा कुनै बस्तुहरूमा टाँसिरहने बानि लाई लगाव भन्छ । लगावमा ग्रसित हुने व्याक्हिरुमा बाहिरी अवस्था वा बस्तुहरूमा स्थायी सुख प्राप्त हुन्छ भन्ने भ्रमले जरा गाडेको हुन्छ । बुद्ध धम्ममा लगाव लाई दुःखको मुख्य कारण को रुपमा लिएको छ । बुद्ध धम्म लाई राम्रोरि बुझेर अभ्यास गरेमा लगावको स्वभाव सहि र गहनरुपमा जान्ने क्षमता प्रदान गर्छ र जीवन को अनि त्यता र मुक्तिको मार्ग को जानकारी प्राप्त हुन्छ । लगाव ले व्यक्तिहरुमाथि लोभ को सिर्जना गर्छ ।
दोश्रो आर्य त्यस अनुसार दुःखको स्रोत लालसा वा लगाव हो । हामि ले दुख पाउँछ किनभने हामि बस्तुहरूमा, अनुभवहरूमा बिचारहरूमा र नतिजाहरूमा गल्तीले हाम्रो सुखको लागि तिनीहरु स्थायी र आवश्यक हुन भनि बिश्वास गर्छौ । अनित्यको कारण ले जव ति बस्तुहरूमा परिवर्तन हुन्छ वा हामीलाई छोड्छ अनि हामीलाई पिडा र अशान्ति को अनुभव हुन्छ ।
अज्ञानता ले जरा गाडिएको ः लगाव को जरो नै अज्ञानता हो । अज्ञानता को कारण ले लगाव को आधारभुत सत्यको स्वभाव लाई गलत बसुझदछन । अज्ञानता ले बस्तुहरुको अस्तित्व र स्वतन्त्र जन्मजात सिद्ध भएको हामीलाई लाग्छ । यसकारण हामि स्वयंलाई पनि अलग भएको र सुखको अनुभवको लागि बाहिरी बस्तुहरु प्राप्त गर्न र ति बस्तुहरूमा लगाव हुनु पर्ने भ्रम को सिर्जना हुन्छ ।
लगाव को बिभिन्न रुपहरुः
भौतिक सम्पति ः नगद, सम्पति अन्य बहुमूल्य समानहरु प्रति लगाव
मानिसहरु ः नातेदार, परिवार, र प्रेमिका सँगको लगाव
दृष्टिकोण र बिचार ः दरोपुर्बक आफनो बिचार र विचारधारा मा टाँसिरहनु
पहिचान ः भुमिका, उपाधि, आफनो रुप, क्षमता, व्यक्तित्व प्रति लगाव
संवेदि आनन्द, ज्ञानेन्द्र सम्पर्क बाट प्राप्त आनन्द ः द्दश्य, आवाज, स्वाद, स्पर्श, र गन्ध बाट प्राप्त आनन्द प्रति लगाव ।
नतिजा ः कुनै कार्यको नतिजा, कुनै घटना र बिशेष किसिमको बस्तु पहिले भएको र अति राम्रो लागेको, अहिले त्यहि खालको बस्तु खोज्दा नपाउने ले निराशा पैदा हुन्छ ।
बुद्ध धम्मले न पूर्णरुपले संसारलाई न त्याग्नु नै भन्छ न सबैलाई आफनो इच्छालाई दबाउनु नै भन्छ । बरु यसले मध्य मार्ग अपनाउन सल्लाहा दिन्छ । यसको अर्थ हो इच्छाको र लगाव को स्वभाव बुझ र तिनीहरुको दास नबन र संसरिक कार्य मा पुरै न अल्झि जीवन संचालन गर्नु हो ।
मुक्ति को मार्ग ः बुद्ध धम्मको आर्य अष्ट मार्ग आधारशिला हो र यसले तिनीहरुलाई कसरी सम्बोधन गर्ने र लगाव देखि टाढा बस्न मार्ग दर्शन प्रदान गर्छ ।
ड्ड सम्यक बुझाई र सम्यक इरादा ले ईच्छा लाई पहिचान गर्न पुनः निर्देशन गर्न सहयोग प्रदान गर्छ ।
ड्ड सम्यक कर्म, सम्यक वचन र सम्यक जिविका ले नैतिक आचरण को लागि मार्गदर्शन प्रदान गर्छ जसले लगाव लाई कम गर्छ
ड्ड सम्यक प्रयास, सम्यक सजगता र सम्यक एकाग्रता ले ध्यानको महत्व लाई जोड दिन्छ र लगाव को पन्जा खुकुलो बनाउन मानसिक शत्ति प्राप्त हुन्छ ।
लगाव लाई बुद्धिमा रूपान्तर ः बज्रयान र महायान मा नकारात्मक भावनाहरू लाई बुद्धिमा रूपान्तर गर्न केन्द्रित रहेको हुन्छ । लगाव लाई जव बुझ्छ र त्यस लाई सहि ढंगले सहि माध्यम द्वारा बुद्धि र विवेक ले रूपान्तर गर्न सकिन्छ ।
सारमा, बुद्ध धम्मले लगाव एउटा डोरि हो जसले कसैलाई जन्म मृत्यु र पुनर्जन्म (सांसारिक जाल) संग बांधछ । यसको स्वभावलाई बुझेर नैतिक आचरण, ध्यान र बुद्धिले कसैले पनि बन्धन लाई खुकुलो पार्न सकिन्छ जसले गर्दा बढि स्वतन्त्र, सन्तोष र अन्ततः बोधि त्व प्राप्त गर्ने तर्फ अग्रसर गर्छ ।
लगाव वा लोभ दैनिक जीवनमा प्रभाव
यो धन सम्पति, शक्ति र अन्य बस्तुहरु प्रति तिब्र ईच्छा वा लगाव हुनु हो । यो अतृप्त ईच्छा जसले भौतिक बस्तुहरु प्राप्त गर्न र चाहिने भन्दा बढि जम्मा गर्न अथक प्रयासहरु जारि राख्छन् ।
लोभ र लोभि पना बिभिन्न रुपमा प्रकट हुन सक्छ भौतिक बस्तुको चाहना सामान्य ईच्छा देखि ज्यादै तिब्र ईच्छा हुने हुन्छ ।
बाहिरी समानहरु प्राप्त गर्न पाएमा आफनो सुख र आत्म मूल्य बृद्धि हुने विश्वासले गहिरो संग जरा गाडेको ले लोभ लाइ प्रज्वलित गर्छ । जो लोभि हुन्छन तिनीहरु आफनो सफलता र स्तर धेरै भन्दा धेरै धन सम्पति र अन्य भौतिक बस्तु जम्मा र प्राप्त गर्नु नै क्षमतावान तथा समर्थ ठान्छ र यहि नै समाजमा मान मर्यादा र प्रतिष्ठा, शक्ति, प्रभाव जमाउन सकिने माध्यम हो भनि बिश्वास गर्छन ।
लोभि पना जीवनको बिभिन्न पक्ष मा देखिन्छ , जस्तै पैसा को पछि भौतिक बस्तुहरुको पछि , सामाजिक प्रतिष्ठा वा नातेदार । आधारभुत आवश्यकता पूर्ति भएपनि यसलाई निरन्तर बढि भन्दा बढि प्राप्त गर्नै ईच्छा भैरहेको हुन्छ । यस किसिमको निरन्तर लोभ गर्नाले भौतिक समान प्राप्त गर्ने तर्फ मात्र अथक प्रयास भैरहनाले जीवन को अरु महत्वपुर्ण पक्षहरु नाता , व्यक्तिगत बिकास, मानसिक र शारिरिक स्वास्थ्यको वास्ता नहुने हुन्छ ।
लोभि पनाको एउटा डरलाग्दो बानि होे र यसले कहिले अन्त नहुने ईच्छा चक्र र असन्तोषको सिर्जना गर्छ । जति पनि जम्मा गरेको किन नहोस हरेक क्षण प्राप्त गर्ने भावना जागिरहेको हुन्छ र जम्मा गर्ने ईच्छा अकस्मात मनमा आइरहन्छ । निरन्तर बढि भन्दा बढि को लागि प्रयास भैरहनाले सत्यतालाई बिकृति तर्फ लान्छ । व्यक्तिले भौतिक बस्तुहरूलाई प्राप्ति लाई प्राथमिकता दिने ले जीवनको अर्थपूर्ण र जीवन को पूर्ति गर्ने जस्तै अनुभवहरु, नाताहरू र व्यक्ति बिकास पक्षहरु विकृत अवस्थमा पुग्छ ।
यद्यपि लोभ को नकारात्मक परिणाम व्यक्ति लाई मात्र नभई पुरा समाज लाई नै हुन्छ । जव जीवनमा लोभको शत्तिको वशमा पर्छे अनैतिक बानि, शोषण, अरु को भलाई को बेवास्ता गर्छन । यसले अरुलाई नोक्सान र बिश्वास लाई आघात पुर्याएर व्यक्तिगत फाईदा को लागि अग्रसर हुन्छ । यसले समाजमा असमानता सिर्जना गर्छ भौतिक बाद र उपभोग्यबाद लाई योगदान पुर्याइछ ।
लोभि पना को लागि मानसिक सोच र मूल्यको आवश्यक हुन्छ । यसको लागि अन्तर्निहित भौतिक बस्तु को सिमित्ता र सहि सुख र अर्थपूर्ण आवश्यकता र भौतिक सन्तोष र करुणा र कृतज्ञता प्राप्त गरेमा , लोभको नकारात्मक प्रभावको लागि यो औषधि हुन सक्छ र गुण स्तर जीवन र सदभावना लाई बढवा दिन्छ ।
निचोड मा लोभ धन सम्पति तथा अन्य भौतिक बस्तुहरु पाउने तिब्र ईच्छा ले हाम्रो मनमा जरा गाडिएको हुन्छ । यसले अक्सर गरि अरुको जीवनलाई हानि पुर्याएर भएपनि धेरै पाउने ईच्छा कहिले अन्त हुदैन । भौतिक बाद को कमिकमजोरी वा बेफाइदा लाई बुझेर , अर्थपूर्ण मुल्य हरुलाई ध्यान पुर्याउन सकेमा व्यक्तिहरुले लोभ लालच हटाई अर्थपूर्ण जीवन प्राप्त गर्न सकिन्छ ।
लोभ को नकारात्मक असर
लोभ अरु कसैको सामान प्राप्त गर्ने तिब्र ईच्छा बिशेष गरी भौतिक बादि परिप्रेक्षमा लोभ गर्नाले धेरै किसिमका व्यक्ति र समाजमा नकारात्मक प्रभाव पर्छ ।
मानसिक स्वस्थ्य ः अरु कसै संग भएको सामान को लोभ गर्नाले अपर्याप्तता, डाहा, र निरन्तर असन्तुष्टि ले चिन्ता , डिप्रेशन आत्म अवमुल्यन हुन्छ ।
तनावग्रस्त सम्बन्ध ः जव मानिस लोभि हुन्छ तिनीहरुले साथि र परिवारको सदस्यहरु प्रति आक्रोश वा डाहा पाल्छ । यसले महत्वपुर्ण सम्बन्ध बिच्छेद वा तनावग्रस्त बनाउन सक्छ ।
अनैतिक व्यवहार ः लोभि मानिसले छल कपट गरेर र अरु अनैतिक माध्यम बाट आफनो ईच्छा गरे अनुसार समान प्राप्त गर्छन । यसले व्यक्तिगत इमानदारिता घटाउने तर्फ अग्रसर हुन्छ ।
वित्तिय समस्या ः लोभले व्यक्तिहरुलाई आफनो समर्थ भन्दा टाढा धकेल्छ जसले गर्दा कर्जा, बित्तय तनावग्रस्त , टाट बनाउँछ ।
व्यक्तिगत पहिचान सिध्याउछ ः निरन्तर अरुको सामानहरुको ईच्छा गर्नाले सम्मान र समझदारी तिनीहरुको आफनै किसिमको गुण , मूल्य , आकांक्षा समाप्त पार्न सक्छ ।
मुल्य नाश गर्छ ः लोभले सताएको व्यक्तिहरुले भौतिक सम्पति लाई बढि भन्दा बढि प्राथमिकता दिने हुदा भित्रि मुल्य जस्तै दया, करुणा र बास्तविक सम्बन्ध नाश गर्छ ।
सन्तुष्टि घटाउँछ ः सधै धेरै चाहना गर्नाले व्यक्तिहरुलाई आफुसँग भएको चिजहरु बाट रमाउन रोक्छ , सदा असन्तुष्टि र कृतज्ञता को कमि तर्फ लान्छ ।
व्यक्तिगत बिकास ठप्प ः निरन्तर अरु संग के के छन तर्फ ध्यान केन्द्रित गर्नाले आफनो व्यक्तिगत बिकास र आत्म सुधार ठप्प हुन्छ ।
सामाजिक कलह ः यदि स्सामाजले लोभ लाई प्राथमिकता दिन्छ भने व्यवस्थापकीय मुद्दाहरु जस्तै असमानता, अपराध र अशान्ति समाज बनाउन तर्फ लान्छ ।
वातावरणमा क्षय ः यदि समाज ले लोभ लाई महत्व प्रदान दिन्छ भने समाजले प्राकृतिक स्रोतहरूका विनाश र खेर जाने जसले वातावरणमा प्रतिकुल प्रभाव पार्छ ।
अध्यात्मक कार्यमा कमि ः धेरै आध्यात्मिक परम्परामा लोभलाई आध्यात्मिक बिकासको लागि वाधा को रुपमा लिन्छ । भौतिक सम्पति मा केन्द्रित गर्नु र ईर्ष्या ले आध्यात्मिक तर्फ र भित्रको शान्ति लाई अन्यत्र पुर्याउ ।
मानव ले ईच्छा गर्नु र बढि भन्दा बढि राम्रो वातावरण खोज्नु स्वभाविक हो । तर लोभि पना लाई सिमा भित्र राख्न सकेन भने यसले बिनाशकारी तर्फ लान्छ । ईच्छा र आकांक्षा लाई सन्तुष्टि र कृतज्ञता ले सन्तुलन गर्न सक्नु पर्छ किनभने सुख शान्ति, अस्वस्थ्यकर जीवन र सदभाव पुर्ण समाज नै जीवनको मुख्य आधार हो
४ घमण्ड
बुद्ध धम्मले घमण्ड लाई आफैले आफैलााई गुण, क्षमता वा स्तर अरुहरुको दांजोमा अत्यधिक मुल्याकन गर्ने र यो अरुलाई हानि पुरयाउने र आत्म महत्व लाई बढाई चढाई गर्ने मानसिक अवस्था हो । बुद्ध धम्मको अनुसार घमण्ड मानसिक दुखको मुल कारण मानिन्छ । घमण्ड नकारात्मक भावनात्मक अवस्था हो जसले ज्ञान प्राप्त गर्ने मार्ग बाधा पुरयाउछ र यसले जन्म, मृत्यु पुनर्जन्म लाई निरन्तरता दिन्छ । घमण्ड लाई बुझन यसको प्रकृति र यस बाट हुने परिणामहरु लाई बुझने र यस बाट छुटकारा पाउने उपायहरु पहिचान गर्नु पर्छ ।
धम्ममा घमण्ड लाई निम्नानुसार बर्णन गरेको छन ।
ड्ड श्रेष्ठता को घमण्ड ः आफैले आफैलाई सबै भन्दा श्रेष्ठ भएको बिश्वास गर्ने ।
ड्ड समानता को घमण्ड ः आफैले आफैलाई अरु समान ठान्ने र यस कुरामा घमण्ड गर्ने । म तिनिहरु जति नै असल भएको बिचार गर्ने । यो भन्नुको अर्थ हो समाज का प्रतिष्ठित , बौद्धिक , धनाढय र उच्च पदासिन व्याक्तिहरु संग आफूलाई तुलना गर्दा तिनिहरु भन्दा कुनै क्षेत्रमा पनि कम नभएको ठान्दछ ।
ड्ड हिनता को घमण्ड ः बिरोधभास पुर्बक अरु कसैले पनि घमण्ड अनुभव गर्छ आफैले आफैलाई तल्लो स्तर वा सबै भन्दा खराब सोचेर र यस मामलामा अव्दितिय को अनुभव गर्छ ।
ड्ड अज्ञानताले जरा गाडेको ः अरु पिडादायिक भावनाहरु जस्तै घमण्ड को बास्तबिक स्वभाव र घटनाहरु आधारभुत अज्ञानता ले जरा गाडेको हुन्छ । अज्ञानताको कारण ले व्याक्तिहरु आत्म स्वभाव र अस्थित्व भनि गलत ढंगले बुझेको हुन्छ र अरुहरु भन्दा भिन्न, अहंकारि प्रबृति जसमा घमण्ड नै प्रमुख रहेको हुन्छ ।
घमण्ड को अध्यात्मिक र ब्यबहारिक नतिजाहरु ।
ड्ड सिक्न बाधा ः घमण्डी मानसिकता ले मैले सबै भन्दा बढि जानेको छु भन्ने बिश्वास गर्छ जस्ले गर्दा सांचो कुरा सिक्न र बुझन मा बाधा पुग्छ ।
ड्ड अरुहरु बाट अलग हुने ः अति घमण्ड ले जो कोहि अरुहरु बाट टाढा हुन्छ , सामाजिक असामंजस्य हुन्छ ।
ड्ड कर्मको नतिजा ः घमण्डले उत्प्रेरणा गरेको कार्यहरुले नकारात्मक कर्महरु को संचय हुन्छ र वर्तमान र भविष्य को जीवन लाई प्रभाव पार्छ ।
ड्ड आध्यात्मक प्रगति मा बाधा ः घमण्डले नम्रता को बृद्धि लाई रोक्छ । नम्रता अध्यात्मक प्रगति को लागि महत्वपुर्ण पक्ष हो । नम्रता बिना बुद्ध धम्मलाई स्पष्ट बुझन र ज्ञानको महससुस गर्न बाधा हुन्छ ।
घमण्ड हटाउने ः बुद्ध धम्मको उपदेश र अभ्यास घमण्ड हटाउन धेरै किसिमको उपायहरु प्रदान गरेको छ ।
ड्ड सजगता र आत्म बिम्ब ः सजगताले अभ्यासले आफनो बिचारहरु र घमण्ड आफनो मनमा उत्पन्न भएको जानकारि हुन्छ ।
ड्ड अनित्यको चिन्तन ः सबै बस्तुहरु लगायत आफनो क्षमता, शरिर र उपलब्धिहरु सबै अनित्य हुन भनि मनन र चिन्तन गर्नु पर्छ । यसरि अनित्यको ध्यान गर्दा बस्तुहरु प्रति को लगाव कम हुन्छ र फलस्वरुप घमण्ड पनि कम हुन्छ ।
ड्ड नम्रता को बिकाश ः नम्रा पुर्बक कार्यहरुको अभ्यास, अरुको सेवा, अरुहरुको देन लाई स्विकार गर्ना ले घमण्ड लाई प्रतिबाद गर्छ
ड्ड दया र करुणा आर्जन गर्ने ः जव सांचो तरिका ले अरुहरुको कल्याण र हेर चाह गर्छ घमण्ड लगायत आत्म केन्द्रित प्रबृति कम हुन्छ ।
बुद्ध धम्मको द्दष्टिकोण मा घमण्डले आफैलाई हेर्ने द्दष्टिकोण बिकृत प्रकटिकरण हो । घमण्डिपना को व्यबहार जिवनमा दुखको कारण मात्र नभई ज्ञान प्राप्त गर्ने मार्ग बाधा हुन जान्छ । बुद्ध धम्मको उपदेशहरु र ति उपदेशहरु को अभ्यास ले घमण्ड कम भएको महसुस हुन्छ र यसले घमण्ड लाई जरा देखि उखेलि र सत्य , नम्रता, बुद्धि प्राप्ति र करुणा को मार्ग तर्फ डोहरयाउछ ।
दैनिक जीवनमा घमण्ड को प्रभाव
अति घमण्डिपना ले व्यक्तिहरुमा नतिजा र सम्बन्धमा नकारात्मक असर ल्याउछ । यसको गलत प्रयोग ले बिभिन्न किसिमका प्रतिकुल असरहरु तर्फ लान्छ । अति घमण्डले हुने प्रतिकुल असरहरु निम्न प्रकारका छन ।
अहंकार ः अति घमण्डले क्रोध को सिर्जना गर्छ । जव व्याक्तिहरु अति घमण्डी हुन्छ तिनिहरुमा श्रेष्ठता को भावना को बिकाश हुन्छ , अरुहरुलाई बेईज्जत र तिनिहरुका बिचारहरु बेवास्ता गर्छन । घमण्डले सहयोग मा बाधा पुग्न जान्छ र ब्यक्तिगत र व्यवसायिक सम्बन्धको वातावरणमा खलल ल्याउछ ।
अलग ः अति घमण्डल ले तिनिहरुलाई अरु बाट टाढा बनाउछ । घमण्डले तिनिहरुमा बिश्वास हसुन्छ कि तिनिहरु आत्म निर्भर छन र आफनाो वरपर बाट कुनै सहयोग आवश्यक पर्दैन । यस किसिम एक्लो पनाले सामाजिक सम्बन्ध र सहयोगमा कम हुन जान्छ जस्ले गर्दा मानसिक, भावना, स्वस्थ्य र सुखमा प्रतिकुल असर पर्न सक्ने हुन्छ ।
बृद्धिमा कमि ः अति घमण्ड ले व्यक्तिगत तथा व्यवसायिक बिकास मा बाधा पुग्छ । घमण्डि व्याक्तिहरुमा प्रतिक्रिया वा रचनात्मक आलोचनाको प्रतिरोध गर्छन मानौ तिनिहरु पहिलेनै पुर्ण छन । यस किसिमको प्रतिरोधले तिनिहरुलाई सिक्न सक्ने क्षमतामा प्रतिकुल अवस्था सिर्जना हुन्छ र सुधार गर्ने क्षमतामा सिमित गर्छ अन्तमा तिनिहरुको बिकास स्थिर रहन्छ ा
सम्बन्धमा तनाव ः अति घमण्ड ले सम्बन्धमाहरुमा तनाव हुन सक्छ , अति घमण्डि व्याक्तिहरु आफनो गल्ति स्विकार गर्न वा माफि माग्न संघर्ष गर्छन । यसले समाधान नहुने व्दन्द, आक्रोश र बोलचाल बन्द , व्याक्तिगत र ब्यवसायिक सम्बन्ध मा क्षति गर्छ ।
आफनो छवि लाई अध्याधिक जोड ः घमण्डि व्याक्तिहरु आफो छवि वा प्रष्ठिा बनाईराख्न धेरैनै जोड दिने हुन्छ । आफनो अभिव्यक्ति सहि ठानि प्राथमिक्ता दिने हसुदां अरुहरुले तिनिहरुलाई कम बिश्वास गर्छ जस्ले गर्दा आफुलाई अरुहरु बाट टाढा बनाउछ ।
समुहमा कार्य गर्नु नसक्नु ः सामुहिक प्रयाश मा गरिने कार्यहरुमा प्राय नम्रता र अरुहरुका द्दष्टिकोण र ईच्छा लाई बिचार गर्नु आवश्यक पर्छ । अति घमण्डि व्याक्तिहरुलाई समुहमा प्रभावकारि ढंगले कार्य गर्न धेरै गाह्रो हुन्छ । तिनिहरु सम्झौता लाई प्रतिकार गर्ने वा अरुहरुको लागि योगदान दिने कार्यमा स्विकार गर्न ईच्छा हुदैन ।
तनाव र चिन्ता ः निरन्तर घमण्डिको छबि कायम राखि रख्नु पर्ने चाहानाले, आफनो तनाव र चिन्ता लाई आफैले समाधन गर्न सकिन्छ भनि प्रमाणनित गर्न खोज्छ तर तिनीहरु सफल हुन सक्तैन । यि असफलता को डरले वा अरुहरुले कम्जोरि थाहा पाउछ कि भन्ने डर हुन्छ । यस किसिमको लामो समय सम्मको अवस्थाले तिनीहरु निराशा र मानसिक स्वास्थ्यको समस्याहरु को शिकार बन्दछन ।
सहानुभुति को सिमितता ः अधिक घमण्डि हुदां अरुहरुबाट सहानुभुति कम प्राप्त हुन्छ । घमण्डि व्याक्तिहरु मूख्यरुपले आफनै उपलब्धि र सफलतामा मात्र केन्द्रित हुने हुदां तिनिहरुले अरुहरुले गरेका संघर्ष कम बुझन सकिन्छ र अरुहरुको अनुभव र भावनालाई बुझन कम चासो दिन्छन ।
३ घृणा
बुद्ध धम्ममा वर्णन गरेका पांच बिष मध्य घृणा एक हो । घृणाले आधारभुत मनको प्रति क्रियाशिल प्रवृति प्रधिनिधित्व गर्छ । बुद्ध धम्ममा मुक्तिको मार्गका लागि यसको स्वभाव र नतिजा जान्न अति आवश्यक हुन्छ स। बुद्ध धम्ममा घृणा मानसिक बिकषर््ाण वा अश्विकार को अवस्था हो वा अवस्था जुन अप्रिय को अनुभव हुनु हो । यो आफनो अनुभव मा जे छ त्यसको प्रतिरोधि को रुप हो ।
दुखको स्रोत ः बुद्ध धम्मको सार, चार आर्य सत्य हो जस्ले दुखको प्रकृति र यसको समाप्ति बारे स्पष्ट पारेको छ । घृण को साथ साथै लगाव र अज्ञानता दुखको मुल स्रोत हो । जव नचाहिने अनुभव वा अवस्था संग जुधनु पर्दा घृणको जन्म हुन्छ । यसले मानसिक र कहिले कहि शाररिक कष्ट को बिभिन्न किसिमक रुप तर्फ लान्छ ।
घुण को रुप ः घृणा ले बिभिन्न तरिकाहरु बाट बिभिन्न कुराहरु प्रकट हुन सक्छन । यो सुक्ष्म रुप जस्तो मन्द रिस वा असजिलो देखि रिसले आगो हुने अवस्था र अति घृणाको उत्पन्न गर्छ ।
अज्ञानताले जरा गाडेको ः अरु बिषहरु जस्तै घृणामा सत्यता को सहि स्वभाव र आधारभुत अज्ञानता ले जरा गाडेका हुन्छ । अज्ञानता को कारण ले गर्दा अनित्य र शुन्यता को स्वभावलाई नबुझेर हामिले अवस्था, घटना वा बस्तुहरुलमई गलत ढंगले बुझछौं । फलस्वरुप ति बस्तुहरु स्वभाविक रुपले अप्रिय हुन्छ र ति बस्तुहरुलाई घृणा को द्दष्टिकोण ले हेर्छाैं वा प्रतिक्रिया गर्छौ ।
घृणाको नतिजा ः घृणाको नतिजा बहुआयमिक हुन्छन ।
ड्ड व्यक्तिगत दुख ः घृणले भरेको मन परेशान र दुखि हुन्छ ।
ड्ड नकारात्मक कर्म ः घृणाले हानिकारक बिचार, वचन र कर्म जन्माउछ । जस्तै रिसले कठोर शब्दहरु र हिंसा लाई बढवा दिन्छ ।
ड्ड कर्ममा निहितार्थ ः घृणाले नकारात्मक कर्महरु संचय गर्न उत्प्रेरित गर्छ । यसले वर्तमान र भविष्य को जिवनलाई प्रतिकुल प्रभाव पार्छ ।
ड्ड ज्ञान प्राप्त गर्न बाधा ः निरन्तर घृणा ले संसारिक जालमा (जन्म, बृद्ध र मृत्यु) बाधिन्छ । यसले अध्यात्मिक प्रगतिमा बाधा पर्छ ।
बौद्ध धम्मले घृणालाई सम्बोधन गर्न र बाधा हटाउन बिभिन्न माध्यम र अभ्यासहरु प्रदान गर्छ
ड्ड सजगता को अभ्यासले जो कोहिले घृणा उत्पन्न भएको पहिचान गर्न सकिन्छ र त्यस उपर कार्य न गरि अन्य बिकल्प छान्न सकिन्छ ।
ड्ड प्रेम दया ध्यानको अभ्यास ः प्रेम, दया को ध्यानको अभ्यास ले प्रेम र करुणा वा साहनुभुति प्राप्त हुन्छ । तिनीहरुले प्रत्यक्ष घृणाको औषधि को रुपमा कार्य गर्छ ।
ड्ड अनित्य लाई बुझने ः सबै घटनाहरु परिवर्तन प्रकृतिको हुन्छ भनि बोध भएमा र हरेक अप्रिय अवस्थाहरु अस्थाई भनि महसुस भएमा घृणा भावना मा कम आउछ ।
ड्ड धैर्य धारण ः धैर्य ले घृणा को प्रतिक्रियाको भाव कम गर्छ र घृणा बारे बुझाई लाई बढवा दिन्छ ।
बुद्ध धम्म परिप्रेक्ष्मा अरुहरु लाई पिडा दिने भावनाहरु जस्तै घृणा अज्ञानताको नतिजा हो र यो निरन्तर दुख को कारण हुन । यसको प्रकृति लाई बुिझ बुद्ध धम्ममा उल्लेख गरिएको अभ्यासहरु प्रयोग गरेमा घृणा लाई कम गरि शान्ति सदभाव कायम गर्छ । अन्तमा घृणा लगायत अन्य पिडादायि भावनाहरु लाई जरै देखि उखलेर, बौद्ध धम्मको नजिक भएमा, दुख बाट मुक्ति प्राप्त हुन्छ ।हाम्रो दैनिक जीवनमा घृणा को प्रभाव
घृणा एउटा ब्यातिm व समुह प्रति गम्भिर दुशमनि वा अति मन नपर्ने भावना हो । यो जटिल भावना हो र यो बिभिन्न कारकहरु ले उत्पन्न हुन्छ । खास गरी यसको कारणहरुमा डर, डाहा, अज्ञानता र पुर्बाग्राहहरु हुन । यस्तै गरी घृणा पहिले को अनुभव, बिश्वास, मुल्य आदि बिभिन्न तत्वहरु को कारणहरुले पनि हुने हुन्छ । साथै जाति, जातियता धर्म, यौन मुखिकरण र व्याक्तिहरुको पहिचान को पक्षहरु पनि ब्यातिmहरुमा अरुहरु प्रति घृणा उत्पन्न हुने आधार हुन ।
घृणा प्रभाव ः घृणाले ब्यातिm र समाजमा पुरै नकारात्मक प्रभाव पार्दछ । यस्ले हिंसा भेदभाव र बहिश्कार को बाटो तर्फ डोहरयाउछ । घृणाले भावनात्मक हानि को कारण बन्न सक्तछ जस्तो कि डिप्रेशन चिन्ता र मानसिक आघात
घृणा हटाउने
घृणा हटाउन शिक्षा र साहनुभुति लगायत क्षमा को पनि आवश्यक हुन्छ । बिशेष बिषयमा शिक्षा प्रदान गर्नाले मिथक र गलत धारणा हटाउन मदत गर्दछ र चेतना र बुझाईमा बृद्धि गर्दछ । साहनुभुतिले अरु ब्यातिmहरुको भावना र द्दष्टिकोण बुझन प्रयास गर्छ । यदि तिमि तिनिहरु संग स्विकार्य भएन भने पनि वा तिनिहरुले तिमिलाई चोट दिएको भएतापनि क्षमा गर्नाले ब्यतिm व समुह प्रति रिस र शत्रुता हटिन्छ ।
समाजमा घृणा सम्बोधन
घृणा हटाउन सामुहिक प्रयाशमा शिक्षा, साहनुभुति र सामाजिक न्याय जस्ता क्षेत्रहरु अघि बढाउन आवश्यकता पर्दछ । शिक्षा को पहुच, संचार, प्रोढ शिक्षाको पहल साथै बिबिधता र संस्कृतिको आदान प्रदान गर्न प्रोत्साहित गर्नु पर्दछ । साथै निष्पक्ष र समानता वतावरणको ससृजना हुने गरि निति नियम बनाई कार्यन्वयन गर्नु पर्दछ ।
घृणा बाट हुने नकारात्मक कार्यहरु
हिंसा ः घृणाले प्राय हिंसा निम्ताउदछ । ब्यातिm जस्ले अरुलाई घृणा गर्दछ , उस्ले अरुको भावनामा ठेस र ब्यातिm वा समुहहरु को भौतिक तथा भावना मा चोट पुरयाउदछ । घृणा बाट हुने अपराधिक क्रियाकलापहरु दुखदायि, डरलागदो र बिनाशकारि हुन्छन ।
भेदभाव ः घृणाले भेदभाव तर्फ धकेल्छ । ब्यातिm जस्ले अरुलाई घृणा गर्दछ त्यस्ले उसलाई अनुचित व्यबहार वा अस्विकार गर्छन । यस्ले असमानता र समाजिक अन्याय को चक्र तर्फ लान्छ ।
बिभाजन र ध्रुबिकरण ः घृणाले समाजमा बिभाजन र ध्रुबिकरण को बिकाश गर्दछ । ब्यातिmहरु जस्ले अरुलाई घृणा गर्दछ तिनिहरु ले पनि ति व्यक्तिहरु प्रति बिरुद्धको अनुभव गर्दछ जस्ले गर्दा तिनिहरु बिच बोलि चालि र सहयोग टुटिन्छ ।
भावनात्मक चोट ः घृणाले भावनमा गहिरो चोट पुरयाउछ । जस्ले जस्लाई घृणा गर्छ दुबै पक्ष लाई गहिरो भावनामा चोट पुग्न सक्छ र यस्ले चिन्ता डिप्रेशन र आघातको अनुभव हुसन सक्छ ।
आर्थिक हानि ः घृणाले आर्थिक मा प्रतिकुल प्रभाव पर्न जान्छ । भेदभाव र हिंसाले ब्यातिm र समाजमा आर्थिक मौकाहरु घट्न जाने हुन्छ साथै उत्पादकत्व र आर्थिक बृद्धि मा ह्रास हुने हुन्छ ।
५ ईष्र्या
बुद्ध धम्मको परिप्रेक्ष्यमा ईष्र्या एक जटिल भावना हो । यसले , आक्रोश, असन्तुष्टि र डाहाको भावना समेटेको हून्छ र अरुको दांजोमा आफु कम भएको अनुभव गराउछ । ईष्र्या ले व्यक्तिहरु लाई कष्ट र हैरानि प्रदान गर्छ । त्यस्ता ईष्र्यालु व्याक्तिहरु अरुहरुको फाईदा, उपलब्धि र अरुहरुले सम्पति पाउदा, ति सबै आफलै पाउने ईच्छा गर्छ र अरुहरुले पाएकोमा मन पर्दैन ।
ईष्र्या एक बिघटनकारि मानसिक कष्ट दिने भापना हो र यसले मनलाई धमिलो बनाउछ । जो कसैले मनमा ईर्षा लाई पाल्ने कार्य गरेमा यसले बोधि ज्ञान वा सफलता को मार्ग मा बाधा सिर्जना गर्छ । यसको स्वभाव, उत्पति, उत्पन्न हुने भावनाहरु र यसको औषधि उपचार बारे बुद्ध धम्मको उपदेशहरुमा स्पष्टसाथ व्याख्या गरिएको छ ।
ईष्र्याले अज्ञानता र लगाव को भुमिमा जरा गाडेको हुन्छ ः अन्य अरु बिषहरु जस्तै ईष्र्या मा पनि कष्टदायक भावना हून्छ । ईष्र्या को उत्पति अज्ञानता र लगाव को भुमि बाट उत्पन्न हसुन्छ । अज्ञानता ले सत्यता लाई गलत बुझछ यो प्रष्ट छ । अज्ञानता कारण ले गर्दा बिशेष गरि स्वयम ले स्वयम को सहि प्रकृति नबुझनाले हामि मा अहंकार को बृद्धि हुन्छ । अनि स्वयम को बिम्ब संगको लगाव कम भएको अनुभव लाई बढवा दिन्छ अथवा अरुहरुको दांजोमा आफनोमा कमि भएको अनुभव हुन्छ ।
ईष्र्या को फल ः ईष्र्या ले धेरै किसिमको नकारात्मक नतिजाहरु दिन्छन ।
ड्ड मानसिक कष्ट ः ईष्र्याले मन भित्रको शान्तिलाई खलबलाउछ । यसले मनलाई कष्ट, असन्तोष र असजिलो बनाउछ ।
ड्ड नाता बिगार्छ ः ईष्र्या ले नाताहरु बिच तनाव ल्याउछ जस्ले गर्दा अनबिश्वास, शत्रुता र व्दन्द निम्ताउछ ।
ड्ड अपबित्र कार्यहरु ः ईष्र्या ले हानिकारक कार्यहरु गर्न प्रेरित गर्छ जस्तै ईष्र्या वा प्रतिसपर्धा ले प्रेरित भई निन्दा गर्ने, कुराकाटने र अन्य अरु नकारात्मक ब्यहोराहरु उब्जाउछ ।
ड्ड कर्मनिहितार्थ ः ईष्र्याले प्रेरित गरेका कार्यहरु बाट नकारात्मक कार्यहरुको संचय हुदै जान्छ । फलस्वरुप त्यसता व्याक्तिहरुको वर्तमान र भष्यिको जीवनलाई प्रतिकुल प्रभाव पार्छ ।
ईष्र्या उपर बिजयि ः ईष्र्या लाई सम्बोधन गरि परास्त गर्न बिभिन्न तरिकाहरु बुद्ध धम्मको उपदेशहरु ले प्रदान गर्दछन ।
ड्ड सजगता ः सजगताको अभ्यास गर्ने । सजगता ले आफनो बिचारमा र भावनाहरुमा ईष्र्या उत्पन्न भएको थाहा दिन्छ स। मन भित्र उब्जेका ईर्षा लाई बिना प्रतिक्रिया त्यस लाई गौर गरि हेरिरहदां यसको शक्ति र प्रभाव कम हुसने हुन्छ ।
ड्ड समानुभुति खुशि ः अरुहरुको खूशिमा, उपलब्धिमा र असल गुणमा खुशि हुने बानि बसाल्नु पर्छ । यस बिसिमको खुशि हुने बानि, ईष्र्या को लागि अचुक औषधि हुन्छ ।
ड्ड अनित्यको चिन्तन गर्ने ः सफलता, सौन्दर्य र धनसम्पति लगायत सबै चिजहरु क्षणिक हुन भनि बुझनु पर्छ । फलस्वरुप बस्तुहरुमा लगावमा कमि आउछ । फलस्वरुप मनमा ईष्र्याको उत्पति मा कम हुने हुन्छ ।
ड्ड कृतज्ञता को अभ्यास ः हामिले चाहेको बस्तुहरुको कमि भएको सोचाई ले हाम्रो ईष्र्या जाग्दछ । अतः आफु संग जे जस्तो छन तिनिहरु बाट सन्तोष लिने र त्यसैलाई प्रसंसा गर्ने गरेमा अपर्याप्तता को भावनामा कम हुने हुन्छ ।
बुद्ध धम्मको परिप्रेक्षमा ईष्र्या आफैमा दुखको एक साधन हो र यसले निरन्तर दुखको चक तर्फ लान्छ । अतः यसलाई बुझि, यसको जरा पहिचान गरि बुद्ध धम्मको उपदेशहरु बाट त्यसलाई सम्बोधन गर्नु पर्छ । फलस्वरुप तुरुन्तै ईष्र्या को असर लाई कम मात्र होईन यसले बोधि ज्ञान र आध्यात्मक यात्रा तर्फ डोहरयाउछ साथै सजिलै दुख बाट मूक्ति प्राप्त गर्न सहयोग प्राप्त हुन्छ ।
हाम्रो दैनिक जीवनमा ईर्षा को प्रभाव
ईर्षा एउटा मानविय भवना हो । व्यक्तिहरुमा अरुहरु संग भएको वा प्राप्त गरेको संम्पति, क्षमताहरु र उपलब्धिहरुमा आक्रोस र असन्तुष्टि भावना को उजागर हुनु हो । यो मानवमाको साधरण भावना हो जुन हरेक ब्यातिmहरुले तिनिहरुको जिवनमा कुनै कुनै बेला अनुभव गर्ने गर्दछ ।
ईर्षा बिभिन्न कारकहरुले हुनेहुन्छ । जस्तोकि समाजिक तुलनामा अपर्याप्त, अन्याय जस्तो भएको भएमा र अनुचित बुझिएमा वा लागेमा पनि ईर्षा मनमा उठदछ । जस्तो कि हामिले पाउनु पर्ने अरु कसैले पाएमा ।
कुनै व्यक्ति को अरु कुनै संग पहिले देखि नै मनमा ईर्षा भैरहेको भएमा त्यस व्यक्ति को मनमा त्यस प्रति कटुता र आक्रोस भै रहेको हुन्छ र तिनीहरुको आत्माबलमा कमि हसन्छ र अरुसंगको सम्बन्ध तिनीहरुले तोडन पनि सक्छ । ईर्षालु व्यक्तिहरु पहिले बिचार नगरि आबेगशिल भै र तर्कहिन ब्यबहार गर्छन । जस्तोकि अरुहरुको बारेमा नकारात्मक टिप्पणि गर्ने, गफमा मस्त रहने, निन्दनिय कार्यमा लागिसरहने, झुठोकुरा गरि अरुलाई बदनाम गर्ने र अरु बिफल र दुख पाएको हेर्ने चाहना गर्ने हुन्छ ।
ईर्षाको नकारात्मक प्रभाव ः ईर्षा ले हाम्रो मन र राम्रो भावना लाई नकारात्मक प्रभाव पार्दछ ।
आत्मबलको कमि ः ईर्षाले हरेक ब्यातिmहरुले आफैले आफैलाई निम्न कोटिको ब्यातिm भएको महसुस गर्दछ । यस्ले तिनिहरुको आत्माबल कम गर्दछ । यस्ले मन मनै नकारात्मक कुरागर्ने र आफैमा शंका को भावना को उब्जाई आफ्रै ले आफैलाई र निराशा को अवस्थामा लगिरहेको हुन्छ ।
आक्रोशस् ईर्षा ले आक्रोश पैदा गर्छ । व्यक्तिहरु ले जो ब्यातिm प्रति ईर्षा छ त्यो संग शत्रु ता को व्यबहार गर्छन र तिनीहरु ले ब्यातिmलाई चोट पुरयाउने ब्यबहार को सृजना गर्दछ र तिनिहरुमा बोल चालि बन्द, भेट हुदा टेडो आंखाले हेर्ने हुन्छ । फलस्वरुप दुई पक्षहरु बिच नकारात्मक प्रभाव र सम्बन्ध हुने हुन्छ ।
नकारात्मक बिचार र भवना ः ईर्षा ले नकारात्मक बिचार र भवना तर्पm लग्दछ । जस्तै रिस, निराशा र दुःख तर्फ डोहोरयाउदछ । नकारात्मक बिचार र भावना ब्यबस्थापनमा चुनौतिपुर्ण हुनु सक्छ र अझ बढि नकारात्मक परिणाम तर्फ धकेल्दछ ।
सम्बन्ध कायम गर्न गाह्रो ः ईर्षाले प्रतिस्पर्धाको भावना सृजना गर्दछ जस्ले गर्दा अन्य अरुहरु संग स्वच्छ सम्बन्ध कायम गर्न गाह्रो हुन सक्छ । यसको परिणामस्वरुप साथिका भाईे, परिवार र ब्यबसायिक सम्बन्ध पनि टुटन सक्छ ।
डाहा ः ईर्षाले डाहा को भुमरि तर्फ लान्छ जस्ले गर्दा ब्यातिmहरुमा आफनो सम्पति अरुकसैले लग्ला भन्ने डर हुन्छ । यस्ले नकारात्मक बानि ब्यहोरा जस्तै गफ गर्ने झुठ बोल्ने अरुलाई नोक्सान हुने कार्य गर्छन ।
स्वास्थ को समस्या ः ईर्षाले शरिरलाई असर पार्दछ । जस्तो कि तनावको स्तर, चिन्ता र डिप्रेशन बृद्धि गर्दछ । नकारात्मक भावनाले सम्पुर्ण शरिर र जिवन लाई नै प्रतिकुल प्रभाव पार्दछ ।
ईर्षाको ब्यबस्थापन ः आत्मा बिम्ब आफैले आफुलाई मूल्याकंन गर्ने बानि बसाल्नु पर्छ । असाफनो स्वस्थ्य, मानसिक स्तर बारे हेर बिचार गर्ने अरुसंग सकारात्मक बोलिचालि गर्ने बानिको बृद्धि गर्ने । ईर्षाको अन्र्तिर्नहित मुद्दा, कारण र यसले कसरि र कस्तो कार्य गर्ने गर्छ पहिचान गर्ने र स्वास्थ्यकर ढंगले सामना गर्ने संयन्त्रको बिकाश गर्ने । यस्ले ईर्षा को नकारात्मक प्रभाव घटाउदछ छ । अरुसंग प्रभावकारि रुपले कुराकानि, बिरोध नगरि आफनो भावना रचनात्मक ढंगले ब्यतm गर्ने बानिले अरुसंगको सम्बन्ध सुधार गर्न सकिन्छ ।