K B Tamang

K B Tamang

बुद्ध धम्म

बुद्ध धर्म होईन बुद्ध धम्म सिद्धार्थ गौतम बुद्ध को उपदेशमा आधारित धम्म, बौद्ध धर्म नाम ले प्रख्यात छ । धम्म लाई धर्म को नाम ले प्रचार प्रसार हुनमा धम्म बारे ज्ञान नहुनेहरु को प्रयास हुन सकिन्छ या त धम्म हिन्दु धर्म अन्तर्गत हो भनि प्रचार प्रसार गर्नेहरुको दुषप्रयास हुन सक्छ । सत्य के हो भने धर्म र धम्म को बिच आकाश र जमिन को फरक रहेको छ । धर्म अन्तर्गत सर्ब शक्तिमान संसारको सृष्टिकर्ता ईश्वरलाई पुजिन्छ र जगतको पालन र नियन्त्रण कर्ता ईश्वर भयको बिश्वास गर्दछ । धर्मले आत्मा अमर रहेको र यो अविनासि आत्मा सबै प्राणिहरुमा भयको बिश्वास गर्दछ । धर्ममा अन्ध बिश्वास तथा बलि प्रथा प्रचलन रहेको छ ।

बुद्ध धम्मको सिद्दान्त

कर्म सिद्धान्त बुद्ध धम्मको आधरभसुात सिद्धान्तहरु मध्य अति महत्वपुर्ण सिद्धान्त हो । यस अबधारणा जटिल र गहन छ । यसको आकर्षक पक्षहरु ले अन्य दार्शनिकहरु, धर्म शास्त्रिहरु र सर्वसाधरण व्यात्तिहरु लाई उत्सुक्ता सिर्जना गरेको छ । कर्म नैतिकता र कारण को आधार बनेको छ र जिवन बुझन को लागि यो महत्वपुर्ण पक्ष को रुपमा रहेको छ साथै यस्।ले दुख को चक्रको स्वभाव बुझन सहयो गर्दछ । कर्म संगै परिणाम जोडियको हुन्छ । जिवनमा सुख शान्ति समृद्धि प्राप्त गर्ने मार्गमा यसको भुमिका अति महत्व रहेको छ ।

मन र शरिरमन

बुद्ध धम्ममा काय, वचन र मन मा नै केन्द्रित रहेको छ । पाप वा पुण्य को सिर्जना गर्ने औजार वा दुख र सुख को मुल स्रोत काय, वचन र मन हुन । वचन काय को अंग बाट हुने हुदां मन र शरिर सकारात्मक वा नकारात्मक कर्म को कर्ता हुने हुन्छ । शरिर पनि मनको ईशारामा चल्ने हुदां बुद्ध धम्मको चालक मन मात्र भएको प्रष्ट देखिन्छ । अतः बुद्ध धम्मको मुटु भन्न सकिन्छ । मन

पंच बिष

बिष भन्नाले ति तत्वहरु हुन जसको हानिकारक प्रकृति हुन्छ र व्यक्तिहरुको मानसिक अवस्थालाई कुप्रभाव पारि तीनिहरुलाई दुख तर्फ लान्छ । पंच बिष अन्तर्गत अज्ञानता, लगाव, घमण्ड, १अज्ञानता अज्ञानता लाई बौद्ध धम्मा पहिलो र आधारभुत बिष (दुखः) मानिन्छ । अज्ञानता सबै दुःखको बिषहरु को जरा को रुपमा हेरिन्छ , किनभने यो गलत धारणा को मुल जरा हो । यसले धेरै अरु नकारात्मक अवस्थाहरूको सिर्जना गर्छन । बौद्ध धम्ममा अज्ञानता लाई महत्वपुर्ण स्थान किन ओगटेको छ भने यसले अरु धेरै सकारात्मक र नकारात्मक कार्य, बिचार र भावनाहरू पत्ता लगाउन मदत दिन्छ ।

बुद्ध धम्मको चार महत्वपुर्ण गुणहरु

बुद्ध धम्म अन्तर्गत प्रेम , करुणा , समानता र अरुको खुशिमा खुशि हुनु महत्वपुर्ण गुणहरु हुन । यि गरणहरु अरेक व्यक्तिहरु को मन भित्र छन । तर थोरै व्याक्तिहरु ले मात्र यस बाट फाईदा लिएका होला । यि चार गुणहरु हरेक व्याक्तिहरुको सफल जीवन लागि अति महत्व छन र यि गुणहरुले जीवनलाई ससुख शान्ति र समृद्धि को मार्ग तर्फ डोर्याउछ । प्रेम प्रेम बुद्ध धम्म को केन्द्रिय बिषय हो । प्रेम बिशाल र गहिरो र बहुआयमिक हो र यस्ले उच्चतम गुण र मानव मुटु प्रतिनिधत्व गर्छ । यो व्याक्तिगत रुपान्तर र बढि गहिराई सत्य को प्रकृति बुझेको दुबै को प्रतिबिम्ब हो । मानव र अरु जीवहरु संग करुणा पुर्बक र बुद्धिमानि पुर्बक सम्बन्ध कसरिे बनाउने सिकाउछ । जव यो पुर्ण बिकास हुन्छ तिनीहरुले हामि भित्र शान्ति को अवस्था

छ पारा मिता

छ पारा मिता ूपारमिता संस्कृत शब्द हो यो साधरणतया महायान बौद्ध धर्ममा गरिने अभ्यास हरु जुन उद्देश्य हाँसिल गर्नको लागि आवश्यक हुन्छ । पारमिताको अर्थ हो पर्णता महायान बौद्ध धर्ममा मोक्ष प्राप्ती को लागि पारमिता छ किसिमका अभ्यासहरु अपनाएको छ । छ पारमिता हरुमा दान, आचारसंहिता, धैर्य, परिश्रम, ध्यान, प्रज्ञा

सहयोगि बुंदाहरु

बुद्धा धम्म लाई अझ प्रष्ट गरि बुझन र यसको उपदेशारु अभ्यासहरु गर्न सहयोग हुन सक्ने केहि बुदांहरु तल उल्लेख गरिएको छ । १ सजगता सजगताः जव स्वस्थ्य संसारमा हाम्रो भित्रि मनको शन्ति र सुख का मार्गमा द्रुत गतिले व्याकुलता ले भरि दिन्छ र यो बिचलित मानसिक अवस्थाले हाम्रो आफनो बिचार, भावना र शरिर बाट बिच्छेद गर्न सजिलो हुन्छ । यस्तो अवस्थमा सजगताको अभ्यास ले हाम्रो जिवनमा धेरै सचेत र उपस्थिति प्राप्त गर्न सहयोग गर्छ जस बाट धेरै भित्रि शान्ति स्वस्थ्य सन्तोष र सुख को अवस्था तिर लग्दछ ।